समाचार

    Showing 21,871-21,880 of 26,755 items.
  • १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा अर्जुनधाराबाट एक युवक पक्राउ

    बिर्तामोड / झापामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका -७ स्थित  ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका -९ घर भएका ३२ वर्षीय मन्दिप पुरी रहेका छन् । पुरीले ति किशोरीलाई श्रीमान नभएको मौका पारी किशोरीकै कोठामा गई बिहीबार दिउँसो बलात्कार गरेको  भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो । पक्राउ परेका पुरीको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २, २०७९
    • 333 पटक पढिएको
  • १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा एक पक्राउ

    झापा / १३ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका -७ का १९ वर्षका अशोक भन्ने अनिष भुजेल रहेको प्रहरीले जनाएको छ । भुजेलले बालिकालाई आफू काम गर्ने भक्तपुर नगरपालिका -१ दुधपाटीको मम एण्ड पिज्जा हाउसमा बोलाई  विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको उजुरी प्रहरी समक्ष परेको थियो । त्यसपछि युवकलाई ललितपुर महानगरपालिका -९ भुलढोकाबाट पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला  प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 

    • प्रकाशित मितिः असोज २, २०७९
    • 184 पटक पढिएको
  • विज्ञ समूहले बुझायो निजगढमै विमानस्थल बनाउन उपयुक्त हुने निष्कर्षसहित प्रतिवेदन

    झापा / अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेर बहादुर देउवालाई हस्तान्तरण गरेको छ ।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विज्ञ समूहले सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन प्रधानमन्त्री देउवालाई हस्तान्तरण गरेको हो ।सर्वोच्च अदालतको आदेश अनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्‌को गत साउन २६ गतेको निर्णयानुसार विज्ञ समूह गठन भएको थियो ।नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो

    • प्रकाशित मितिः असोज २, २०७९
    • 102 पटक पढिएको
  • निर्वाचन प्रक्रिया सुरु : समानुपातिक उम्मेदवारको बन्दसूची आज पेस गरिँदै

    काठमाडौं / ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आइतबार आजबाट सुरु भएको छ ।  आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगले तय गरेको छ । दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् । दलहरूले प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेश सभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन् ।मिश्रित निर्वाचन प्रणालीअनुसार संघ र प्रदेशमा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र

    • प्रकाशित मितिः असोज २, २०७९
    • 103 पटक पढिएको
  • जबरालाई सर्वोच्चमा प्रवेश नदिन सरकारको निर्देशन, सर्वोच्च मूल गेटमा व्यापक प्रहरी परिचालन (भिडियाेसहित)

    झापा / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।जबराले नियमित जिम्मेवारीमा फर्कने तयारी गरेपछि सरकारले प्रहरी प्रधान कार्यालयलाई आइतबार बिहान सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको हो । सरकारले निर्देशन दिएलगत्तै जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामा खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । जबराविरुद्ध महाभियोग लगाउनुप

    • प्रकाशित मितिः असोज २, २०७९
    • 92 पटक पढिएको
  • काठमाडौंको गैरीगाउँमा ३० वर्षीय युवा मृत फेला

    काठमाडौं / काठमाडौं महानगरपालिका वडा नम्बर -९ गैरीगाउँमा आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३० वर्षीय पुरूषको शव सडकमुनि फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।शव फेला परेपछि घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाको प्रहरीको टोली साथै केनाइन स्कुलबाट तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । चोट लाग्दा टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २, २०७९
    • 162 पटक पढिएको
  • अछाम अपडेट : मृतकको संख्या १७ पुग्यो

    झापा / अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । उनका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ । उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत

    • प्रकाशित मितिः असोज १, २०७९
    • 120 पटक पढिएको
  • अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुग्यो

    झापा / अछाममा पहिरोमा परि  मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।रिजालका अनुसार यस्तै अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो । अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए।अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ । हिड्ने बाटो स

    • प्रकाशित मितिः असोज १, २०७९
    • 42 पटक पढिएको
  • पहिरोले पुरिएर अछाममा ८ जनाको मृत्यु

    झापा / अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।कमलबजार नगरपालिका -६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।ढकारी गाउँपालिका -६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए । उनका अनुसार तीनजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूको उद्धारका लागि हेलिकोप्टर मगाइएको छ । यसअघि  तुर्माखाद गा

    • प्रकाशित मितिः असोज १, २०७९
    • 174 पटक पढिएको
  • झापामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बिर्तामोड / झापाको कनकाई नगरपालिका- ४ स्थित माई खोलाको पुलमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका -५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको मृत्यु रहेको प्रहरीले जनाएको छ । भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००-१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती

    • प्रकाशित मितिः असोज १, २०७९
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.