समाचार

    Showing 21,881-21,890 of 25,205 items.
  • महाराजगञ्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवारको हृदयघातका कारणको निधन

    कपिलवस्तु / कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको छ ।निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा  सोमबार राती १ बजेतिर निधन भएको हो । उम्मेदवारको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको मङ्गलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढ्ने उनले बताए । कुर्मी महाराजगञ्ज नगरपालिका- २, गैडहवाकी बासिन्दा हुन् ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 94 पटक पढिएको
  • दाङमा वडाध्यक्षका उम्मेदवारको निधन

    दाङ / दाङमा वडाध्यक्षका उम्मेदवारको  ५३ वर्षको उमेरमा निधन भएको छ ।  तुलसीपुर उपमहानगरपालिका- १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । चौधरी मिर्गौला र कलेजो सम्बन्धी रोगबाट पीडित थिए । नेकपा (एमाले) बाट उम्मेदवार बनेका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासि बिरामी परेका उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल  लगिएको थियो ।&n

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 76 पटक पढिएको
  • अर्नाको आक्रमणबाट भद्रपुरका मिश्र घाइते

    भद्रपुर / झापाको भद्रपुरमा अर्ना (जङ्गली भैँसी) को आक्रमणबाट एक जना घाइते भएका छन् । जलथल जङ्गलबाट निस्किएको अर्नाको आक्रमणबाट भद्रपुर –२ स्थित कमलधापका कृष्णप्रसाद मिश्र घाइते भएका हुन् । घाँस काट्न जाने क्रममा अर्नाले उनीमाथि आक्रमण गरेको स्थानीय तेज प्रकाश भण्डारीले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 96 पटक पढिएको
  • तीन करोड ठगीको आरोपमा कन्सल्टेन्सी विरुद्ध मुद्दा दायर

    काठमाडौँ / युरोपका विभिन्न मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले कन्सल्टेन्सीका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ ।विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एन्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराई विरुद्ध न्यायाधीकरणमा मुद्दा दायर गरेको हो । विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनील लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ ।ठगीका आरोपी भट्टराई, गुरुङ र लम्साललाई विभागमा खटिएको नेपाल प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियो । विभागले दिएको जानकारी अनुसार ठगीका आरोपीले

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 73 पटक पढिएको
  • क्याम्पसका प्राध्यापकलाई गाउँपालिका अध्यक्षका उम्मेदवारले कुटपिट गरेपछि

    बैतडी /  बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक माथि कुटपिट गरेको आरोपमा डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानाले कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको बताए । घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार ग

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 87 पटक पढिएको
  • २७ गते देखी जिल्ला प्रशासन कार्यालय झापाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    बिर्तामोड / आगामी बैशाख ३० गते हुने  स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले  अत्यावश्यक बाहेकका सबै  बैशाख २७ गते देखी बन्द हुने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका कर्मचारीहरू मतदानमा कार्यमा खटिने भएकाले बैशाख २७ , २८ र २९ गते नागरिकता , राहदानी , राष्ट्रिय परिचयपत्र , र सिफारिस सम्बन्धी सबै सेवा  बन्द गरिएको जानकारी दिएको हो   । 

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 105 पटक पढिएको
  • कञ्चनजंघा हिमाल आरोहण गर्ने क्रममा एक भारतीयको मृत्यु

    ताप्लेजुङ /  कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय नारायणम् आईयर रहेको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिएका छन् । आरोहणका क्रममा उनको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यु भएको प्रहरीको भनाई रहेको छ । उनी पायोनियर एड्भेन्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए । सो कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उनको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको जनाइएको छ ।  

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 61 पटक पढिएको
  • कानुन दिवसको शुभकामना बाँड्दै नेपाल बार

    काठमाडौं / नेपाल बार एसोसिएसनले व्यावसायिक आचरणमा प्रतिबद्ध हुने प्रेरणा प्राप्त होस भन्दै शुभकामना व्यक्त गरेको छ । बारले कानुन दिवसका अवसरमा आफ्नो जिम्मेवारी बहन गर्दा पेसागत दक्षतासँगै व्यवसायिक निष्ठामा समेत प्रतिबद्ध हुन भन्दै शुभकामना सन्देश जारी गरेको  हो । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, व्यावसायिक र मर्यादित बारको प्रमुख लक्ष्य र त्यसको संवर्द्धनका लागि निरन्तर क्रियाशील रहनु पर्ने भन्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरे शुभकामना व्यक्त गरेका छन् ।   घिमिरेले स्वतन्त्र, सक्षम, निष्पक्ष र पारदर्शी न्यायपालिकाको प्रवर्

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 54 पटक पढिएको
  • नेपाल प्रहरीद्धारा अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान आग्रह

    झापा / नेपाल प्रहरीले अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान अनुरोध गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले अपरिचित व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो।  प्रहरीले हिजो (आइतबार) सार्वजनिक सूचना जारी गरी यस प्रकारका घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना प्राप्त भएमा प्रहरीमा खबर गर्न समेत आग्रह गरेको छ । 

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 52 पटक पढिएको
  • धनुषामा एमाले कार्यकर्ताद्वारा राप्रपा उम्मेदवारमाथि साङ्घातिक आक्रमण

    धनुषा / धनुषामा राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका छन् ।धनुषाको सबेला नगरपालिका वडा नम्बर -४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले जनाएको छ ।राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आज विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवार सहित परिवारमाथि नै आक्रमण भएको उल्लेख गरेका छन् । मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 83 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.