विराटनगर / प्रदेश १ सरकारले आठौँ संविधान दिवस प्रदेश भरीका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावली लगायतका कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ । बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको संविधान दिवस मनाउने तयारी सन्दर्भको छलफलमा तीन दिनसम्म विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको हो । जसअनुसार असोज २ गते, प्रदेश भरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूले राष्ट्रिय झण्डाका साथै दिवस केन्द्रित ब्यानर सजाई कार्यालय परिसरको सरसफाइ गरिने र साँझमा दीपावली गरिने भएको छ । यस्तै ३ गते, विराटनगरको रानीदेखि बरगाछिसम्मको क्षेत्रमा रहेको सडकक
काठमाडौँ / प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर निर्णय गरेको छ ।समितिको बुधबार बसेको बैठकले राजनीतिक दलका नेताहरूलाई सोधपुछका लागि नबोलाएर जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका न्यायाधीशलाई बोलाउने निर्णय गरेको हो । समितिमा बयान दिने क्रममा राणाले सर्वोच्च अदालतका न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको नाम लिएर विभिन्न आरोप लगाएका छन् । त्यस्तै जबराले बयानमा एमाले अ
मोरङ / डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर –३ का ३३ वर्षीय विजय दाहाल रहेका छन् । दाहालले मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको रीट समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
बिर्तामोड / झापाको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका –६ का २८ वर्षीय मोहन राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीको कोठाबाट ५ ग्राम ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिए । यसैगरी अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका –५ स्थित मेची पुल छेउबाट ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।&nb
मोरङ / मोरङको बुढीगंगाबाट चोरीमा संलग्न रहेका तीन जनालाई चोरी गरेको समान सहित प्रहरीले पक्राउ गरेको छ । गत भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बुढीगंगा गाउँपालिका –६ का २७ वर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ वर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् । उनीहरूको साथबाट प्रहरीले चोरी भएका बिभिन्न किसिमका सुनका गरगहना बरामद गरेको छ ।
मोरङ / मोरङको बुढीगंगा गाउँपालिका –३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खेदीखोला गाउँपालिका –१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर बस्नेत रहेका छन् । मंगलबार साँझ ७ बजे प्रदेश १–०२–००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री बस्नेतलाई ठक्कर दिँदा उनी घाईते भएका थिए । घाइते बस्नेतको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा संलग्न भेन र चालक विराटनगर –५ का २४ वर्षीय सन्तोष गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ
झापा / संघीय संसद, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी दिन आह्वान गरेको छ । संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले न्यायाधीशमा सिफारिस नीता गौतम, विनोद शर्मा र डीएन पराजुलीविरुद्ध उजुरी दिन आह्वान गरेको हो उजुरीका लागि १० दिनको समय दिइएको छ । सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ। सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।
काठमाडौं / प्रतिनिधि सभाको बैठक दुई घण्टा पर सरेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठक १ बजे मात्र बस्ने भएको हो ।प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारेको बताइएको छ । सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद् बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरवारमा बस्दैछ ।त्यस्तै आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहे
काठमाडौं / पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । हाल देशभर कोरोन भाइरसको सक्रिय सङ्क्रमितको संख्या २२३२ रहेको छ ।
झापा / मुगुमा १६ वर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायानाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ । पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सन्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका- १४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशी र १३ वर्षीय बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार प्रतिवादिहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.