झापा / कञ्चनपुरमा जातीय विभेद गरेको आरोपमा पक्राउ परेका पुजारी धरौटीमा रिहा भएका छन् । गत भदौ १६ गते ऋषि पञ्चमीका दिन भीमदत्त नगरपालिका -५ शुकासाल की २८ वर्षीया सन्जु नेपालीलाई भीमदत्त नगरपालिका-१० गड्डाचौकीका ४५ वर्षीय पुजारी सहदेव भट्टले अपमान गरी जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका थिए । ति महिलाले जातीय विभेद गरेको आरोपमा पुजारी सहदेव भट्टका विरुद्ध भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।पीडितको उजुरीपश्चात आरोपित पुजारीलाई प्रहरीले भदौ १९ गते नै पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरेको थियो ।प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध भदौ २
काठमाडौं / नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा २ थान नक्कली पेस्तोल र सोको ५ थान गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका -६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् ।काठमाडौं महानगरपालिका -३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाइल पसलमा सापकोटा सहित २ जना व्यक्तिहरूले अनलाइन मार्फत मोबाइल किन्छु भन्दै पसलमा गई प्रहरी हौं भनी नक्कली पेस्तोल देखाई ३ थान मोबाइल लुटपाट गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनिँया सभामुख ली चान्सुबीच भेटवार्ता भएको छ ।आज नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल र चीनका राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको हो ।तीन दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका चिनिँया सभामुख लिले आजै प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
झापा / राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई गूप्तचरको प्रमुखमा नियुक्त गरेको हो ।हालका प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि सरकारले बुधबारदेखि लागू हुने गरी थापालाई नियुक्ति गरेको हो । गुप्तचर विभागको प्रमुखका लागि एआईजी ओम जोशी समेत प्रतिस्पर्धामा थिए । तर, सरकारले थापालाई नै प्रमुख नियुक्त गरेको हो ।सोमबार बसेको बैठकले डिआईजी टेकेन्द्र कार्कीलाई समेत एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । थापापछि जोशी र कार्कीमध्ये एक जना गूप्तचरको आईजीपी बन्नेछन् ।
काठमाडौँ / आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । हाल देशभर सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।देशका पहाडी भू -भागका केही र बाँकी भू -भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको
झापा / सरकारले निर्वाचनकै मुखमा गृहसचिव परिवर्तन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर विनोदप्रकाश सिंहलाई गृहमा ल्याएको छ । सिंह प्रदेश नं १ मा प्रमुख सचिव थिए ।यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सरकारले सम्पत्
बिर्तामोड / भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– २ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी लुपुसमङ गम्भीर घाइते छिन् ।मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुलमाथि प्र–१–०१–००१ ख ३६५९ नम्बरको ट्रकले
काठमाडौँ / प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजना पारित गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो ।‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ पारित भएको गृह प्रवक्ता एवं सहसचिव फणिन्द्रमणी पोखरेलले बताए ।बैठकले तहमा सुरक्षा घेरा बनाउने निर्णय पारित गरेको उनले बताए । निर्वाचन आयोगले निर्धारण गर्ने मतदान केन्द्रको आधारमा चुनावमा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या परिचालन गर्ने बैठकले निष्कर्ष निकालेको छ ।निर्वाचन सुरक्षाको पहिलो घ
सरोज निरौला काठमाडौँ / वनलाई पर्यटकीय हव बनाउन सामुदायिक वनहरु लाग्न वन वातावरण तथा भु- संरक्षण मन्त्र शेखर चन्द्र थापाले आवहान गर्नु भएको छ । मन्त्र थापाले डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समुहको २० औं साधारण सभामा बोल्दै जीवन र जनता सँग सरोकार राख्ने विषय जनतालेनै संरक्षण गर्न सक्छ भन्ने अवधारणले सामुदायिक वन निर्माण भएको बताउनु भयो ।कार्यक्रमका प्रमुख अतीथि प्रदेश नम्बर १ का वन, वातावरण तथा भु-संरक्षण मन्त्र शेखर चन्द्र थापाले जङ्गल , जमिन , जनता र जल जीवनका महत्वपूर्ण पक्ष भएका कारण यसको संरक्षणमा सामुदायिक वनले ध्यान दनिु पर्ने बताउनु भयो । जीवनका&n
बिर्तामोड / जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २ जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने अभियुक्तहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका -१ बस्ने २० वर्षीय विकास लिम्बू र सोही स्थान बस्ने १९ वर्षीय मौसम भनिने राजन लिम्बू रहेका छन् । उनीहरु दुवैले १४ बर्षिया र १३ बर्षिया नाबालिकाहरुलाई जबरजस्ती करणी गरेको आरोप छ । पक्राउ परेका दुवैलाई इलाम जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.