समाचार

    Showing 21,931-21,940 of 26,755 items.
  • बिर्तामोडबाट ब्राउनसुगरसहित कालु पक्राउ

    झापा /  झापाको बिर्तामोडबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का १९ वर्षीय कालु दास रहेका छन् । बिहीबार बेलुका साढे ५ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले दासलाई बिर्तामोड –३ बाट पक्राउ गरेको हो ।  शङ्कालागि चेक जाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दासको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ २४, २०७९
    • 173 पटक पढिएको
  • सम्बन्धित निकायले बेवास्ता गरेपछि शनिश्चरे - बिर्तामोड सडकखण्ड बन्द गरिने

     कौशल भण्डारीबिर्तामोड  / शनिश्चरे – सडक निर्माण गर्न सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयवासीले झापाको शनिश्चरे - बिर्तामोड सडकखण्ड बन्द गर्ने भएका छन् । सरोकारवाला निकायको ध्यानाकर्षण  गराउन सडक बन्द गर्नको विकल्प नभएको स्थानीय बलराम निरौलाले बताए । अर्जुनधारा -६ को कप्तानबारीदेखि बिर्तामोड सम्म को सडक भत्किदा पनि सम्बन्धित निकायले चासो नदेखाएपछि  सास्ती खेप्नुपरेको स्थानीयबासीले बताउँछन् ।जिल्लाको मुख्य बजार बिर्तामोडबाट उत्तरी भेग जाने प्रमुख सडक खण्ड रहेको शनिश्चरे–बिर्तामोड सडक किनारमा रहेका घरधनीले बाटो निर्माणको माग राख्दै अवरोध गर्नेभएका ह

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 111 पटक पढिएको
  • सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले दियो अनुमति

    काठमाडौं /  नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।अदालतले पक्राउ अनुमति दिएको प्रहरी उच्च स्रोतले बताएको छ । अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।लामिछाने हाल देश बाहिर छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनले आफ्नो संलग्नता अस्वीकार गर्दै कानुनी सहायताका लागि अनुरोध गरेका छन् ।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 102 पटक पढिएको
  • माछा पोखरीमा डुबेको अवस्थामा ७६ वर्षीया वृद्धा मृत फेला

    बिर्तामोड / मोरङको रङ्गेली नगरपालिका -१ की ७६ वर्षीया कृष्णमाया बस्नेत घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् । बुधवार बिहान घरबाट निस्किएकी वृद्धाको खोजतलास गर्ने क्रममा घर देखि करिव ५०० मिटरको दूरीमा रहेको माछा पोखरीमा मृत फेला परेकी र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 143 पटक पढिएको
  • चोरीको आरोपमा २ जना पक्राउ

    बिर्तामोड / झापाको भद्रपुर नगरपालिका -७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । यही भदौ १ गते दिउँसो गिरीको घरमा चोरी भएको भन्ने सूचनाको आधारमा चोरीमा संलग्नहरूको खोजतलासमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न रहेका २ जनालाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका -१० का २२ वर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका -७ का रोशन राजवंशी रहेका छन् । उनिहरुलाई चोरी भएका मोबाइल र सुनका बिभिन्न किसिमका गरगहना सहित प्रहरीले पक्राउ गरेको हो । चोरीको आरोपमा पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 166 पटक पढिएको
  • अनुसन्धानमा सहयोग गर्ने सन्दीपको प्रतिवद्धता

    काठमाडौँ / बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका छन् ।कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दीपसँग आफूहरू सम्पर्कमा रहेको बताएका छन् । सन्दीपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच सकिएपछि फर्किहाल्छु भनेको छ,’ मल्लले भने – राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरे ।

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 147 पटक पढिएको
  • आज प्रदेश १ सहित अन्य केही प्रदेशमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने

    काठमाडौं / प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा भइरहेको छ । अन्य प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिउँसो देशभरको मौसम आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।राति प्रदेश १ र बागमती प्रदेशको एक - दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशमा हल्का पानी पर्ने सम्भावना छ । 

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 52 पटक पढिएको
  • जयेन्द्र प्रसाईँ साहित्य सेवा कोषद्वारा कृति र प्रतिभा छनौट समिति गठन

    बिर्तामोड  / जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले यो वर्ष पुरस्कृत गरिने कृति तथा विभिन्न पुरस्कारका लागि प्रतिभा छनौट समिति बनाएको छ ।कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कृति तथा व्यक्ति छनौटका लागि समिति गठन गर्नुका साथै पुरस्कारको विधा थप गरेको छ भने यसअघि वितरण गरिंदै आएका पुरस्कारको राशि समेत वृद्धि गरेको छ ।संस्थाले २०७८ सालमा प्रकाशित कृतिहरू मध्येबाट बर्षोत्कृष्ठ कृति छनौटका लागि संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईको संयोजकत्वमा अध्यक्ष गोपीकृष्ण प्रसाईँ र सचिव राजेन्द्र संग्रौला सदस्य रहेको समिति गठन गरेको बैठकले धनमाया सक्रिय महिला पत्रक

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 124 पटक पढिएको
  • भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु

    एजेन्सी / भियतनामको कराओके बारमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ । मुलुकको दक्षिणी  भेगमा  पर्ने सो बारमा लागेको आगलागीमा ११ जना घाइते भएका छन् । गए रातिको उक्त आगलागी भवनको दोस्रो र तेस्रो तल्लामा लागेको थियो । आगलागीबाट निस्केको धुवाँका कारण बारमा रहेका ग्राहक र कर्मचारी ओर्लन नसकेर सिँढीमा फसेका थिए ।आगलागीबाट बच्न भवनको कौसीमा बारका ग्राहकको भीड बढेको थियो । त्यसपछि मानिसको भागाभाग भएको बताइएको छ । केहीले भवनको झ्यालबाट हामफालेर ज्यान जोगाएको बताइन्छ ।आगलागीबाट निस्केको धुवाँको मुस्लोले वरपरको वातावरणसमेत प्रभावित भएको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको ब

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 150 पटक पढिएको
  • राष्ट्रियसभाका रिक्त चार समितिले पाए नेतृत्व, कुनमा को ?

    काठमाडौँ / करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चार विषयगत समितिमा सभापतिहरू चयन भएका छन् । रिक्त समितिहरूमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत सभापति चयन गरिएको हो। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का महासचिवसमेत रहेका बेदुराम भुसालले उम्मेदवारी दिएका छन्। राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेकी पार्वती रावल (दिलकुमारी) को उम्मेदवारी परेको छ। यसअघि पनि उनी नै सभापति थिइन्।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको उम्मेदवारी परेको छ।यसअघि यो समितिको सभापतिमा रामनारायण बिँडारी थिए। उ

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.