झापा / गृह मन्त्रालयले आसन्न निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे प्रहरी प्रधान कार्यालयले तयार पारी पठाएको मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको हो ।प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि प्रहरी हेडक्वाटरले पठाएको मापदण्ड गृहले स्वीकृत गरेको जानकारी दिए । उनका अनुसार अब भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन खुला हुनेछ।स्वीकृत मापदण्डअनुसार असोज ९, ११, १२, १३ र १४ गते ५ दिन भित्र म्यादी प्रहरी छनोट प्रक्रिया पूरा
बिर्तामोड / झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको मेचीनगर नगरपालिका -६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आँउदै गरेको प्रदेश १-०२-०४४ प ३९२९ नम्बरको मोटरसाइकलमा सवार रहेका लेटाङ नगरपालिका -४ मोरङका २१ वर्षीय सनिप राई र २१ वर्षीय पूर्ण प्रकाश मगरको साथबाट ३ ग्राम ब्राउन सुगर बरामद भए सँगै मेचीनगर नगरपालिका -७ का २१ वर्षीय रोहित मंडल समेत संलग्न रहेकोले बरामद गरिएको ब्राउन सुगर सहित तीनै जनालाई पक्राउ गरिएको छ ।दमक नगरपालिका -२ खरखरे स
एजेन्सी / चीनको सिचुवान प्रान्तमा गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।सिचुवान प्रान्तमा स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको बताइएको छ ।भूकम्पको कारण दुरसञ्चार लाइन नराम्रोसँग प्रभावित भएको छ भने पहाडी क्षेत्रमा भुक्षयले गम्भीर क्षति पुर्याएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । कोभिड महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनको कारण सिचुवान प्रान्तको राजधानी छेन्दुमा २ करोड १० लाख मानिस घरमै रहेको समयमा भूकम्प गएको हो ।भूकम्पको केन्द्रबिन्दु छेन्दुबाट २ सय २६
काठमाडौँ / हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तर तर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक - दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।मंगलबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक - दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेस प्रदेशको एक - दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भा
झापा / झापाको मेचीनगरबाट श्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध (ब्राउन सुगर) बरामद गर्न पुगेको प्रहरीले स्रोत नखुलेको साढे १० लाख बढी रकमसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका –१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान अप्सराको घरमा लागुऔषध खनताल गर्न पुगेका थिए । उनको घरबाट लागु औषध बरामद नभए पनि ब्राउनसुगर नाप्ने मिनी डिजिटल तर
खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१४ मा करेन्ट लागेर एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी –४ का ४० वर्षीय नविन्द्र राई रहेका छन् । आइतबार बेलुका साढे ५ बजे नेपाल विद्युत प्राधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत राईलाई तीन धारेमा विद्युतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेको थियो ।करेन्ट लागेर घाइते राईको स्थानीय सनराइज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो ।
झापा / झुटा बिल बनाई भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठ, सव इन्जिनियरिङ दानबहादुर बुद्थापा, सोरु गाउँपालिका -४ का तत्कालीन वडा अध्यक्ष डवले शाही, तथा उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाईँ, सचिव लोकजंग दमाइ र कोषाध्यक्ष भिमलाल दमाइ विरुद्ध मुद्दा दायर भएको हो ।मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ मा तटबन्धन आयोजनाको झुटा बिल बनाई उनीहरूले कामै नगरी काम गरेको कागजपत्र बनाएर भ्रष्टाचार गरेको आयोगले जनाएको छ । कार्यालय प्रमुख समेतको मिलेमतोमा १८ लाख १० हजार रुपैयाँ हि
बिर्तामोड / कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा शिवसतासी नगरपालिका -८ बस्ने ३७ वर्षीय दिप्सन लावतीलाई बिहीबार पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाको २०६३ असोज ३ गतेको फैसलाले जन्म कैद ठहर भएको र पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो ।प्रतिवादी लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए भने १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका उनलाई प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार
बिर्तामोड / गाउँपालिकालाई पूर्ण सरसफाइ युक्त बनाउने उद्देश्यले आजबाट झापाको बुद्धशान्ति गाउँपालिकामा सरसफाइ अभियान सुरु गरिएको छ । गाउपालिका अध्यक्ष मनोज प्रसाईँ ,उपाध्यक्ष भवानी प्रसाद खतिवडा प्रमुख प्रशासकीय अधिकृत युवराज कट्टेल र गाउँपालिकाका अन्य कर्मचारीको संयुक्त सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।गाउपालिका परिसरमा भएको सरसफाइ कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष प्रसाईँले आफ्नो पालिकालाई फोहोर मुक्त पालिका बनाउने र सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने बताए । प्रत्येक महिनाको पहिलो शुक्रबार बिहान १० बजेबाट ११ बजे सम्म बुद्धशान्ति गाउपालिका मातहतका सबै कार्यलय
झापा / वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उनीहरूको त्यहाँ मृत्यु भएको हो । मृत्यु भएकामध्ये १६७ जनाको शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।सोही वर्ष वैदेशिक रोजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरूले ३२ लाख ७५ हजार ७६३ युएई दिराम (करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ) क्षतिपूर्ति वापत प्राप्त गरेको दूतावासको भनाइ छ । दूतावासका अनुसार क्षतिपूर्ति वापत प्राप्त रकम सम्बन्धित पीडितको परिवा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.