समाचार

    Showing 22,011-22,020 of 22,839 items.
  • रेडपाण्डाको छाला सहित दुई पक्राउ

    दाङ / रातो हाब्रे (रेडपाण्डा)को छाला सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका-८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका-७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा रातो हाब्रेको छाला ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा पक्राउ गरिएको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।रिजालका अनुसार पुच्छरदेखि टाउँकोसम्म दुई फिट १० इन्च लम्बाइ भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 86 पटक पढिएको
  • राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुरस्कार प्रदान गरेकी छन्।राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । प्रथम पुरस्कृत हुनेमा कविता महोत्सव-२०७७ मा ‘नेपालको गीत’ शीर्षकबाट नुवाकोटकी भैरवी भूगोल र यस वर्ष ‘देशको नक्सा’ शीर्षकमा भोजपुरकी कविता राई लगायत छन् ।विसं २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ दृतिय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 87 पटक पढिएको
  • गाउँपालिकाको नाम सच्याउन कार्यदल गठन

    ताप्लेजुङ / जिल्लाको सिरीजङ्घा गाउँपालिकाले गाउँपालिकाको नाम सच्याउन एक कार्यदल गठन गरेको छ । पालिकाको नाममा व्याकरणमा सुधार गर्नुपर्ने सारोकारवालाले आवाज उठाएपछि कार्यदल गठन गरिएको हो ।यही असार ३ गते गाउँपालिकाको नियमित गाउँसभा (नवौ)को पहिलो बैठकले पालिकाको नाम परिवर्तनका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेसँगै गाउँपालिकाको नाम सच्याउन लागिएको हो ।लिम्बू भाषा र लिपिका सर्जक त्ये अङ्सी सिरीजङ्घा सिं थेबेको सम्मान गर्दै गाउँपालिकाको नाम राख्ने क्रममा व्याकरणीय दृष्टिले शुद्ध नभएकाले सच्याउनुपर्ने सारोकारवालाहरुको माग भएकाले नाम परिवर्तन गर्नका लागि कार्यदल गठ

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 65 पटक पढिएको
  • विद्यार्थी सङ्गठनद्वारा पेट्रोल पम्प बन्द

    काठमाडौँ / पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन ।नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैटौँका नेता आज बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् । डिपो प्रमुख अभिषेक ठाकुरले विद्यार्थीको धर्नाका कारण ढुवानी रोकिएको बताए । “आज कार्यालय समय शुरु भएसँगै उहाँहरु डिपो गेटम

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 102 पटक पढिएको
  • बर्षाका कारण झोलुङ्गे पुल जोखिममा

    पोखरा / लगातार वर्षाका कारण फुस्रेखोला लगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका-३२ स्थित मालेपाटन र शुक्लागण्डकी नगरपालिका-१ सेराबेँसी जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ । पुलको छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत गर्न समस्या भएको रुद्रबहादुर केसीले बताएका छन्।जोखिममा रहेको पुललाई समयमा नै व्यवस्थापन तथा मर्मत नगर्दा आवतजावतमा समेत समस्या देखिएको उनले बताएका छन् । पुललाई एकतर्फी रूपमा फुस्रेखोलाले कटान गरेपछि शुक्लागण्डकी-१ सेराबेँसी र पोखरा-३२ मालेपाटनमा आवागमन गर्न समस्या हुँदै गएको सेराबेसीका युवा किशोर घिमिरेले बताएका छन्। जोखिममा पर्दै गएको पुलका सम्बन्ध

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 61 पटक पढिएको
  • पाटेबाघको छालासहित दुई पक्राउ

    गोदावरी / कैलालीको मटकौनाबाट पाटेबाघको छालासहित प्रहरीले दुई जना पक्राउ परेका गरेको छ । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका –५ सालघारीका ५५ वर्षीय पूर्णबहादुर बुढामगर र लम्कीचुुहा नगरपालिका –१ का लोकेश सिजापति रहेका छन् । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी)को टोलीले मङ्गलबार कैलालीको गौरीगङ्गा नगरपालिका –७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको को जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा कट्टाभित्र लम्बाइ १० फिट र चौडाइ छ फिट सात इन्च भएको पाटेबाघको छाला फेला परे

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 85 पटक पढिएको
  • गैँडाको आक्रमणबाट महिला घाइते

    चितवन / पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 53 पटक पढिएको
  • आफैँलाई गोली हानी सिपाहीले गरे आत्महत्या

    जलेश्वर / महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका –९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ः०० बजे आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।रणभीम गण प्रकौली (ख) गुल्म दरबन्दी रही सोही ब्यारेकको अतिथिगृहसँगै रहेको कोतमा आज बिहान ३ः०० देखि ६ः०० बजेको ड्युटी बसिरहेका कम्प्युटर कोड नं २८८८६१ भएका सिपाह

    • प्रकाशित मितिः असार ३०, २०७८
    • 641 पटक पढिएको
  • विमला हत्या प्रकरण : पत्रकार सम्मेलनबाट अभियुक्त सार्वजनिक

    ईलाम / उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।सोमबार कार्यालय परिसरकै बलेँसीमा मृत फेला परेकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ । मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक

    • प्रकाशित मितिः असार २९, २०७८
    • 163 पटक पढिएको
  • झापामा हर्दिनाथ हाइब्रिड-१ जातको धानको परीक्षण सुरु

    झापा / झापामा पहिलोपटक गौरादह नगरपालिका-६ मा हर्दिनाथ हाइब्रिड-१ जातको धानको परीक्षण खेती सुरु गरिएको छ । यो धान अन्य जातका तुलनामा दोब्बर फल्ने जिकिर गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भद्रपुरसँगको साझेदारीमा गौरादहको सगरमाथा किसान समूहले स्वदेशमै विकसित उक्त हाईब्रिड धानको पहिलो खेती गरेको हो । अन्य जातको धानको तुलनामा यसको उत्पादन दोब्बर हुने परियोजनाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार यो धानको उत्पादन प्रतिहेक्टर सात मेट्रिक टनसम्म हुन्छ । अन्य जातको धान साँढे तीनदेखि चार मेट्रिकटनसम्म मात्र उत्पादन हुने गरेको छ । र

    • प्रकाशित मितिः असार २९, २०७८
    • 69 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.