समाचार

    Showing 22,031-22,040 of 26,755 items.
  • विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

    झापा  / झापा, दाङ र चितवनबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।दाङको तुलसीपुर उपमहानगरपालिका –५ उद्योग वाणिज्य टोलबाट नियन्त्रित लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका –६ घर भएका २४ वर्षीय जनक बुढाथोकी लगायत चार जना छन्।उनीहरूको साथबाट ट्रामाडोल २५२ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले बुढाथोकीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।त्यस्तै झापाको हल्दिबारी गाउँपालिका–४ जलथलबाट ७ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँ

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 113 पटक पढिएको
  • महानगरले भत्कायो काठमाडौँ मल र आरबी कम्प्लेक्स अगाडिको अवैध संरचना

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नक्सा पासविना बनेका सबै संरचना हटाउने बताएका छन् । बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना अटाउन ठुलो संखयामा प्रहरी र डोजरसहित पुगेका मेयर बालेनले यस्तो प्रतिक्रिया दिएका हुन् । महानगरले बुधबार बिहान सुन्धारास्थित काठमाडौँ मल अगाडि बनाइएका अवैध संरचना भत्काएको छ । संरचना भत्काउन मेयर बालेन्द्र साह र महानगरीय ट्राफिक प्रहरीका डीआईजी मीरा चौधरी पनि पुगेका थिए । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौँ मल अगाडि अनधिकृत रुपमा संरचना बनाई व्यवसायिक प्रयोजनका लागि प्रयोग भैरहेको थियो । महानगरले यसअघि

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 131 पटक पढिएको
  • भदौ १० गतेदेखि समानुपातिक निर्वाचनका लागि दल दर्ता

    काठमाडौँ  / निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ ।आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार १० भदौ देखी १२ भदौंसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नुपर्नेछ ।आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ । आयोगले गत साउनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 145 पटक पढिएको
  • महाअभियोग सिफारिस समितिको तेस्रो बैठक आज बस्दै

    काठमाडौं / निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।२९ भदौ भित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपरान्ह २ बजे बस्नेछ ।मंगलबार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको छ । जसअनुसार राणाले समिति समक्ष यसै साता जवाफ पेश गर्नुपर्ने छ ।समितिले २९ भदौ भित्र जबरा माथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ । प्रस्तावित कार्यतालिका मङ्गलबारको बैठकमा प्रस्तुत

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 117 पटक पढिएको
  • संघ र प्रदेश निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग (भिडियाेसहित)

    झापा  / निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मङ्सिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो ।संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षणको अनुभव भए सोको प्रमाण पेस गर्नुपर्ने आयोगद्वारा आज जारी सूचनामा उल्लेख छ।  आयोगका अनुसार निर्वाचन सम्बन्धी कसूर गरी वा निर्वाचन आचारसंहिता उल्ल

    • प्रकाशित मितिः भदौ ८, २०७९
    • 131 पटक पढिएको
  • तस्कर र सुरक्षाकर्मीबीच झडप, तीन राउण्ड हवाई फायर

    सप्तरी / सप्तरीको बलान विहुल गाउँपालिका –४ स्थित बेल्हीमा मंगलबार अपरान्ह स्थानीय र सुरक्षाकर्मीबीच झडप भएको छ । सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।प्रहरीले ३ राउन्ड गोली समेत चलाएको छ। स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर गरेको प्रवक्ता काफ्लेले बताए । घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको बताइएको छ । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो। झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 158 पटक पढिएको
  • बीमा रकम कुम्ल्याउन आफ्नै टिप्परमा आगजनी, तीन जना पक्राउ

    दाङ  / बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।घोराही उपमहानगरपालिका –१८ बस्ने ४३ वर्षीय टिप्परधनी धनेश्वर भण्डारी, राप्ती गाउँपालिका –८ पिपरिया बस्ने ३२ वर्षीय चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका –७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार बिहान नेपाल बन्दको मौका छोपेर बीमाको लोभमा घोराहीको कुइरेपानी बबई खोलाको पुल नजिक लमही जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिफरमा आगो लगाएका थिए ।जिल्ला प्रहरी कार्यालय दाङले उनीहरूलाई सोधपुछका लागि बोलाउँदा बीमाका लागि आगो लगाएको खुलेको थियो ।

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 123 पटक पढिएको
  • यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णय

    काठमाडौँ  / सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण १६ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न उच्चस्तरीय तलब सुविधा आयोग गठन गरेको छ ।त्यस्तै बालाजु–त्रिशुली सडक खण्डको ५.५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने पनि निर्णय गरेको छ ।यी हुन् मन्त्रिपरि

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 112 पटक पढिएको
  • दुई मन्त्रालयमा ५८४ कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत

    काठमाडौँ / सरकारले दुई मन्त्रालयमा ५ सय ८४ अधिकृत स्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृत स्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 109 पटक पढिएको
  • प्रहरी निरीक्षकहरू नेम्बाङ र अधिकारी साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    झापा / १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुनकुमार अधिकारी साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । उनीहरूलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलवार सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी निरीक्षक नेम्बाङले बूढीगंगा गाउँपालिका –१ बस्ने दिपेन यादवको १ वर्षीया छोरी निकिशा यादवको अपरहण काण्डमा सुक्ष्म अनुसन्धान गरेका थिए । उनले बालिकालाई विराटनगर महानगरपालिका – १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 159 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.