बिर्तामोड / कोरोना महामारीले निषेध भएको आन्तरिक हवाई उडान बिहीबार देखि सुचारु भएसँगै श्री एयरलाइन्सले यात्रुलाई विशेष छुट दिने निर्णय गरेको छ ।एयरलाइन्सले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमलाई प्रोत्साहन गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाएका यात्रुलाई छुट दिने घोषणा गरेको हो ।आन्तरिक उडानका क्रममा कोरोना खोपको दुई डोज लगाएको पत्र टिकट बिक्री काउन्टरमा देखाएपछि यात्रुलाई भाडामा छुट दिइने एयरलाइन्सले जानकारी दिएको छ । छुटको टिकट लिएका तथा खोप कार्ड भएका यात्रुले विमानस्थल प्रवेशको समयमा पनि विशेष प्राथमिकता पाउने एयरलाइन्सले जानकारी दिएको छ ।
भक्तपुर / भक्तपुरमा छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भइ चाँगुनारायण नगरपालिका – ८ सुडाल बस्ने ३१ वर्षीय पुरुष रहेका छन् । गत जेठ १० गते १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा उनलाई महानगरीय प्रहरी विभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बिर्तामोड / जल तथा मौसम विज्ञान विभागले आज देशका अधिकांश भू –भागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।महाशाखाले प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतकर्ता अपनाउन आग्रह गरेको हो । ती प्रदेशका पहाडी भू –भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोख
नवलपुर / पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ । बिहीबार साँझ मोटरसाइकल चल्न मिल्ने गरी निर्माण गरिएको नयाँ डाइभर्सनमा ट्रयाक्टर फसेपछि पुनः अवरुद्ध भएको हो । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको थियो । गैँडाकोट–१० मा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक वीरभद्र नाथले फसेको ट्रयाक्टर निकालेर डाइभर्सन मर्मतको काम भइरहेको जानकारी दिए ।राजमार्ग विस्तारका लागि साना पुल हटाएर नयाँ मोटरेबल पुल निर्माण गर्ने क्रममा सवारी साधन सञ्चालनक
काठमाडौं / बागमती प्रदेश सरकारले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी प्रदान गरेको छ ।बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय हेटौंडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर पुरस्कार प्रदान गरेको हो ।पुरस्कृत हुनेमा पहिलो स्थानमा नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने, दोस्रोमा एसएस कटफ्लाओर नर्सरी काठमाडौंका अन्जना आचार्य, तेस्रोमा लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी, चौथोमा एग्रो एण्ड लाइभस्टक नेपाल प्रा.लि रामेछापका राजनबहादुर लामा र पाँचौ स्थान हुनेमा मेला
वीरगञ्ज / जंगली हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका २ औधापुर बस्ने ४५ वर्षीय रामदेव पटेलको मृत्यु भएको छ ।पटेललाई बिहान आठ बजे खेतमा काम गरिरहेका बेला हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।पर्सा राष्ट्रिय निकुञ्जबाट हात्ती आएको हुनसक्ने प्रहरीले जनाएको छ । पसाहा खोलातिर पसेको हात्ती नियन्त्रणको लागि निकुञ्जबाट प्राविधिक टोली बोलाइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिएका छन्।
काठमाडौं / उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका विष्णु पौडेलले प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।मन्त्री पौडेलले विपद् व्यवस्थापन सम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा त्यस्तो निर्देशन दिएका हुन् ।उनले बैठकमा सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण र पुनर्निर्माण गर्ने कार्ययोजना तयार गरि तीन दिनभित्र पेश गर्न निर्देशन दिएका छन् ।बैठकमा संघीय मामिला, खानेपानी, शहरी विकास, भौतिक पूर्वाधार, अर्थ मन्त्रालय लगायतका सचिव र सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।विपद प्रभावित क्षेत्रमा राह
काठमाडौं / कोरोना भाइरस नियन्त्रणका लागि दुई महिना अगाडि बन्द गरिएको आन्तरिक हवाई उडान आजदेखि सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा उडान मन्त्रालयले आजदेखि नियमित रुपमा उडान शुरु गर्ने जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान मात्रै गर्ने तयारी गरेको छ । पहिलाको तुलनामा ५० प्रतिशत अडानमात्रै हुनेछ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बुद्ध एयरलाई ३१, यती एयरलाइन्सलाई १५, श्री एयरलाइन्सलाई सात, सौर्य एयरलाइन्सलाई तीन तथा स्टकतर्फ उडान गर्ने वायुसेवाका लागि तीन/तीन उडान स्वीकृति दिइएको छ ।कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख
काठमाडौँ / नेपाल राष्ट्र बैंकको नामबाट अनधिकृत फेसबुक पेज सृजना गरी ठगी गरेको पाइएपछि बैंकले आज एक सूचना जारी गरेको छ।बैंकले हालसम्म आफ्नो आधिकारिक फेसबुक पेज नखोलेकाले कुनै किसिमको भ्रममा नपर्न सूचना मार्फत आग्रह गरेको हो। सामाजिक सञ्जाल फेसबुकमा राष्ट्र बैंकको नाम, लोगो र पुरानो भवनको तस्विर राखी विभिन्न पेज मार्फत भ्रामक जानकारी र सूचना पोष्ट गरिएको पाइएपछि बैंकले त्यस्ता पोस्टमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।बैंकले अनधिकृत रुपमा फेसबुक पेज सृजना गरी भ्रामक जानकारी पोष्ट गर्नेगराउनेलाई साइबर अपराधसम्बन्धी कानूनबमोजिम कारवाही गरिने व्यहोरा जानकारी गराएको छ ।
पोखरा / नेपाली कांग्रेस वडा समिति पोखरा-१७ ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएको छ। डेविडफल , गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड तीन मिटर कायम गर्नुपर्ने मागसहित समितिले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो ।मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समितिका सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेका हुन् ।गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेविडफल खोला ( फेवा बाँधदेखि डेविडफल हुँदै फुस्रेखो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.