समाचार

    Showing 22,151-22,160 of 25,221 items.
  • सर्वोच्चद्वारा एआईजी बढुवा विरुद्धको रिट स्थगित

    काठमाडौं  / नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट सोमबार स्थगित भएको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेशी तोकिएकोमा सर्वोच्च अदालतले उक्त पेशी स्थगित गराएको हो ।गत मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेशसहित दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको थियो ।डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दर्ता गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 71 पटक पढिएको
  • २९९.८८ ग्राम सुनसहित विमानस्थलबाट तीन पक्राउ

    काठमाडौं  / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २९९.८८ ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौकुण्ड गाउँपालिका –१ रसुवा घर भएका ३२ वर्षीय सुकुराम लामा, नौकुण्ड गाउपालिका –६ का २७ वर्षीय पेम्‍मा थोक्रा र नौगुण्ड गाउँपालिका –६ रसुवाका २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन् ।एयर अरेबियाको विमानबाट आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।प्रहरीले सुकुरामले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री, पेम्बा थोक्राले लगाएको जिन्सपाइन्टबाट ९९.९६ ग्राम सुनको दुईवटा सिक्री र बुद्धिमान तामाङले लगा

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 97 पटक पढिएको
  • बन्दुकको गोली बोकेर जापान जान लागेकी एक महिला विमानस्थलबाट पक्राउ

    काठमाडौँ / तनहुँकी भानु नगरपालिका-७ की सोविता नेपालीलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । गोली बोकेर जापान जान लागेकी नेपाली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउन्ड गोली फेला पारे लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी ढकालले जानकारी बताए ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 61 पटक पढिएको
  • भारतबाट धान लिएर सर्लाही जाँदै गरेको कन्टेनरभित्र १० हजार किलो चिनी बरामद

    सर्लाही / भारतबाट सर्लाहीको हरिवनमा  धान लिएर जाँदै गरेको कन्टेनरमा १० हजार किलो चिनी बरामद भएको छ ।  सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा १० हजार किलो  चिनी बरामद भएको हो ।भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिएका छन् ।कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले बताए । कन्टेरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख काफ्लेले बताएका छन् ।कन्टे

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 108 पटक पढिएको
  • जनकपुरमा मालपोतका हाकिम ५ लाख रुपैयाँ घुससहित पक्राउ

    जनकपुरधाम / जनकपुरबाट भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका हाकिम पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनील कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पाँच लाख रुपैयाँसहित पक्राउ गरेको हो । एक सेवाग्राहीबाट जमिन पास गराउने सम्बन्धमा घुस मागेको विशेष सूचनाको आधारमा बर्दिबासबाट खटिएको अख्तियारको टोलीले झालाई जनकपुरधाम उपमहानगरपालिका –२ भानुचोकमा रहेको चिया पसलबाट पक्राउ गरेको हो । चिया पसलमा सेवाग्राहीले दिएको ५ लाख रुपैयाँ सहित उनलाई सोमबार बिहान करिब ८ः३० बजे पक्राउ गरेको बताइएको छ । अख्तिया

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 80 पटक पढिएको
  • करेन्ट लागेर खोटाङमा एक जनाको मृत्यु

    खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिका-७ मा विद्युतको नाङ्गो तारमा छुँदा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई गाउपालिका -४ का २६ वर्षीय प्रताप खड्का रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ४ बजे उदयपुरबाट  खोटाङको दिलैचि मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना.३ ख ७०३६ नम्बरको बसको छतमा चढी यात्रुको समान झार्ने क्रममा करेन्ट लागी खड्काको मृत्यु भएको हो । करेन्ट लागि घाइते भएका उनलाई उपचारका लागि उदयपुर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा  गरेका थिए  । चालक उदयपुर त्रियुगा नगरपालिका-१२ का यमराज कटुवाललाई जिल

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 61 पटक पढिएको
  • कैलालीमा श्रीमतीले गरिन् श्रीमानको हत्या

    कैलाली /  कैलालीको मोहन्याल गाउँपालिका-१ मा श्रीमतीले आफ्नै  श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादका क्रममा ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियाले हानेर हत्या गरेकी हुन् । आइतबार राति करिब १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा फूमाले हँसिया प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।प्रवक्ता जोशीका अनुसार सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा स्वयम् उपस्थित भएकी हुन् ।  घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लम्कीबाट प्रहरी निरीक

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 82 पटक पढिएको
  • श्रीमानको हत्या पछि प्रहरी कार्यालय पुगिन एक महिला

    कैलाली / कैलालीमा आफ्नै श्रीमानको हत्या गरेपछि एक महिला प्रहरी कार्यालय पुगेकी छन् । आइतबार राति मोहन्याल गाउँपालिका–१ राक्सा बस्ने थुमा थापामगरले श्रीमान नारायण बुढामगरको हत्या गरेपछि प्रहरी कार्यालय पुगेकी हुन् ।प्रहरीको अनुसार थुमाले श्रीमानको हत्या हसियाँको प्रयोगले गरेकी थिइन् भने सोमबार बिहान प्रहरी कार्यालय पण्डौनमा उनले आत्मसमर्पण गरेकी हुन् ।

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 58 पटक पढिएको
  • कारको ठक्करबाट तीनको मृत्यु

    बिर्तामोड / नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा नेपालगञ्ज-११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको हो । सडकमा हिँडिरहेका तीनै जनालाई प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिएका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएकालाई त्यहीँ कारमा शिक्षण अस्पताल नेपालगञ्ज लगिएको थियो भने त्यसको पन्ध्र मिनेटपछि नै उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ । कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी २८ वर्षीय इन्द्रबहाद

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 69 पटक पढिएको
  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    झापा / झापाको बिर्तामोडमा आइतबार राती ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । बिर्तामोडको राम चोकमा भएको दुर्घटनामा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईँको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका बजगाईँको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मोटरसाइकल र ट्रक इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ

    • प्रकाशित मितिः चैत २८, २०७८
    • 138 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.