समाचार

    Showing 22,161-22,170 of 26,755 items.
  • साफ यू २० : उपाधिका लागि आज भारत र बंगलादेश भिड्दै

    एजेन्सी / भारतमा जारी साफ यू- २० च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोलीले आज बङ्गलादेशको सामना गर्दैछ । खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने राति सवा ७ बजे सुरु हुनेछ । घरेलु मैदानको फाइदा उठाउँदै साविक विजेता भारत उपाधि रक्षा गर्ने योजनामा हुनेछ । पछिल्ला दुई संस्करणमा उपविजेतामै चित्त बुझाएको बंगलादेश पनि जित हात पर्दै पहिलोपटक उपाधि उचाल्ने लक्ष्यमा छ । भारत र बङ्गलादेशले हालसम्म पाँच खेलमा एकअर्काको सामना गर्दा दुवैले समान दुई खेलमा जित हात पारेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 145 पटक पढिएको
  • अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ जना घाइते

    एजेन्सी / दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ , भने ३७ जना घाइते भएका छन् । स्थानीय समयानुसार बिहान १०: १७ बजे ९०११७ (जीएमटी) चारतले भवनमा आगलागी भएको हो । त्यस भवनको चौथो तलामा डायलासिस बिरामीहरू उपचाररत छन् भने दोस्रो र तेस्रो तलामा कार्यालयहरू छन् । अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मी मध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन । 

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 160 पटक पढिएको
  • नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौँ / भक्तपुरमा नक्कली परीक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका -१० घर भएका २१ वर्षीय सुजन भट्टराई रहेका छन् । बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका- ९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका- ६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 124 पटक पढिएको
  • बाघको छालासहित ४ जना पक्राउ

    झापा / बाघको छालासहित  कैलालीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सु प प्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी जोरायल गाउँपालिका- २ का समिर ओली, गाडीमा सवार कैलाली चुरे गाउँपालिका- ६ का टेकबहादुर रावत, धिरेन्द्र रावत र बैतडी डिलासैनी गाउँपालिका- २ का राजेन्द्रसिंह भण्डारी रहेका छन् । बुडरबाट धनगढी तर्फ आइरहेको बोलेरो चेकजाँचका क्रममा बिहीबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेशप्रकाश जोशीका अनुसार उनीहरूको साथबाट बाघको छाला र २ किलो बाघको हड्डी बरामद भएको छ ।पक्राउ परेका सबैलाई थप कारबाही

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 149 पटक पढिएको
  • मतदाता नामावली संकलन आजबाट स्थगित

    बिर्तामोड  / निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ।  सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो।यसअघि अनलाइन प्रविधि मार्फत् मतदाता नामावली सङ्कलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 143 पटक पढिएको
  • झापाको पालिया खोलामा नवजात शिशुको शव फेला

    बिर्तामोड  / झापाको मेचीनगर नगरपालिका –६ स्थित पालिया खोलामा एक नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोका अनुसार आज (शुक्रबार) बिहान पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो । पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको महतोले बताए । शिशु जन्मने बित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । 

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 146 पटक पढिएको
  • नेपालबाट भारततर्फ भन्सार छलेर लादै गरेको सुपारी बरामद

    बिर्तामोड / शुक्रबार बेलुका प्रहरीले झापाको मेचीनगर नगरपालिका वडा नम्बर- ६ स्थित मेचीडाँडा छेउबाट  अवैध सुपारी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ भन्सार छलेर लैजाँदै गरेको १ सय ५० केजी ९० हजार रुपैयाँ मूल्य बराबरको सुपारी बरामद गरेको हो । बरामद भएको  सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरीले नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 122 पटक पढिएको
  • आज सामान्य बदली रही यी स्थानहरूमा हल्का वर्षा हुने

    बिर्तामोड / हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।त्यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहे

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 86 पटक पढिएको
  • संघ र प्रदेशको निर्वाचनको मिति तोकिएसँगै आयोगले रोक्यो मतदाता नामावली दर्ता

    झापा / सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको छ । अयोगले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने जनाएको हो । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेललेका अनुसार जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित भनिए पनि अनलाइनबाट फारम भएकाहरूको हकमा भने आवेदन दिइसकेकाहरूका लागि २१ गते

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 175 पटक पढिएको
  • प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा सुवेदी नियुक्त

    काठमाडौँ  / प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुण सुवेदी नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सुवेदीलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो ।सुवेदी मिलेनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्न लागिपरेका अभियन्ता हुन् । उनी यसअघि भारतको राजदूत बन्न प्रयासरत थिए । तर, सरकारले उनलाई अन्ततः परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।सुवेदी भूराजनीति तथा विदेश मामिलाका जानकार समेत हुन् ।

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 105 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.