समाचार

    Showing 22,181-22,190 of 25,221 items.
  • लङरेन्ज हतियार सहित तीन पक्राउ

    वीरगञ्ज / पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट सशस्त्र प्रहरीको टोलीले लङरेन्ज हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।दुईनाले लङरेन्ज बन्दुक एक थान र त्यसको कार्टिजसहित उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी गराएका छन् ।पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय राहुल ठाकुर र  ५५ वर्षीय  रामजी ठाकुर रहेका छन् । 

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 85 पटक पढिएको
  • सवारी दुर्घटनामा १ जनाको मृत्यु

    विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।बिहीबार राति पौने ९ बजे पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १ च ६३९९ नम्बरको पिकअप भेनले बिपरित दिशाबाट आउदै गरेको को ३२ प ६९३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक  दमक नगरपालिका–३ का २८ बर्षीय राजन धिमालको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।ठक्कर दिने पिकअप र चालक उर्लाबारी–४ का २१ बर्षीय दिपेन्द्र बोहोरालाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 74 पटक पढिएको
  • ब्राउनसुगर सहित १ जना पक्राउ

    बिर्तामोड / झापाको मेचिनगर नगरपालिका –६ मा रहेको पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका–९ का २५ बर्षीय  राजिव रायमाझि रहेका छन् । हिजो दिउसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले  टोलीले  चेकजाँचको क्रममा रायमाझिको साथबाट ८० ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।पक्राउ परेका रायमाझिको  ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत २५, २०७८
    • 69 पटक पढिएको
  • सर्लाहीमा १० वर्षीय बालकको हत्यामा संलग्न रहेको आरोपमा ७ जना पक्राउ , १ फरार

    बिर्तामोड / सर्लाहीमा १० वर्षीय बालकको हत्यामा संलग्न रहेको आरोपमा सात  जनालाई प्रहरीले पक्राउ गरेको छ । मलङ्गवा नगरपालिका-१२ का १० वर्षीय मिठु ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । बालक हराएको चार दिन पछि शव सेप्टिक ट्याङ्कीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो । आइतबार बेलुकीदेखि सम्पर्कविहीन भएका बालकलाई अपहरण  गरि आफ्नै छिमेकीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलले जानकारी दिए । विदेशमा रहेका बालकको मामालाई मेसेन्जरमा नयाँ अकाउन्टबाट म्यासेज गरि १५ लाख रुपैयाँ माग गरिएको थियो । म्यासेज कसले र किन गर्यो भनेर नखुलेपछि

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 75 पटक पढिएको
  • धरानको खानेपानी आयोजनाबारे अध्ययन गर्न समिति गठन

    धरान / एकीकृत सहरी विकास आयोजना अन्तर्गतको धरानको खानेपानी परियोजनाबारे अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । आयोजनाको अवस्थाबारे अध्ययन गर्नलाई सहरी विकास आयोजनाका निर्देशक सुरेन्द्र मोहन श्रेष्ठ संयोजकत्वमा मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । समितिको संयोजकमा सहरी विकास आयोजनाका निर्देशक श्रेष्ठ रहेका छन् भने सदस्य सचिवमा खानेपानी मन्त्रालयका उपसचिव रहेका छन् । त्यस्तै , खानेपानी मन्त्रालयका एक प्रतिनिधि, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल र धरान उपमहानगरपालिकाबाट योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ समितिको सदस्य रहेका छन् । सहरी विकास मन्त्रा

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 62 पटक पढिएको
  • डा . गिरीलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा दिए उजुरी

    धरान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै  प्रहरीमा उजुरी दिएका छन् । विगत केही दिन यता आफूलाई फोन र म्यासेज मार्फत ज्यान मार्ने धम्की आएको डा. गिरीले बताए । बुधबार डा.गिरीले आफूलाई आएको धम्की सहितको म्यासेजहरुको स्क्रिनसटसगँ इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय तथा प्रमुख जिल्ला अधिकारी समक्ष जाहेरी दिएका हुन् ।  प्रतिष्ठानमा आन्दोलित केहीले मेरो घरमा बम समेत राख्ने धम्की दिएका छन् डा. गिरीले बताए । डा. गिरीले बुधबार नै प्रतिष्ठानमा आफूले २ वर्षमा उल्लेख्य सुधार र प्रगति

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 68 पटक पढिएको
  • सशस्त्र प्रहरीको इन्स्पेक्टरको अन्तिम नतिजा सार्वजनिक

    काठमाडौं / शसस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको अन्तिम नतिजा प्रकाशन भएको छ । भदौमा प्रकाशन भएको विज्ञापन बमोजिम भएको इन्स्पेक्टरको परीक्षामा सफल भएका उम्मेदवारको अन्तिम नतिजा चैत्र २४ गते विहीबार प्रकाशन भएको हो ।परीक्षामा उत्तीर्ण भएकालाई चैत्र २५ गते सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यलयमा सम्पर्क गर्न सशस्त्र प्रहरी बलको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाले आग्रह गरेको छ । यस्तो छ उत्तीर्ण उम्मेदवारको सूचीः

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 76 पटक पढिएको
  • सप्तरीमा विद्यालयका कर्मचारीले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित

    राजविराज / सप्तरीको एक  विद्यालयमा  लेखा सम्बन्धी काम गर्दै आएका कर्मचारीले १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित भएका छन् । निलम्बित हुने कर्मचारीमा विष्णुपुर गाउँपालिका वडा नम्बर- ६ स्थित रुद्रनारायण माविका शंकर यादव रहेका छन् । कक्षा ८ मा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागे पछि व्यवस्थापन समितिको निर्णय अनुसार यादवलाई बुधबारदेखि नै निलम्बन गरिएको हो । गत चैत २१ गते फारम भर्न गएको अवस्थामा यादवले दुर्व्यवहार गरेको किशोरीका काकाले बताए छन् । विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवले आफू घटना भएको  दिन बिदामा रहेका कार

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 82 पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा बेलबारीबाट एक पक्राउ

    बेलबारी  / महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोकका कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डागीहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।घटनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत २४, २०७८
    • 32 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.