समाचार

    Showing 22,191-22,200 of 26,755 items.
  • पौडी खेल्ने क्रममा बेपत्ता भएका कमलका खरेल मृत फेला

    बिर्तामोड /  झापाको गौरादह नगरपालिका –९ स्थित कमल खोलामा पौडी खेल्ने क्रममा मंगलबार बेपत्ता भएका युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकका अनुसार कमल गाउँपालिका –१ का १८ वर्षीय उज्ज्वल खरेल आज (बुधबार) बिहान मृत फेला परेका हुन् । खरेल मंगलबार दिउँसो गौरादह नगरपालिका –९ स्थित बैगुन्धुरा सरङ्पाडा भएर बग्ने कमल खोलामा साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा खरेल बेपत्ता भएका थिए ।  १ नम्बर प्रदेश विपद् व्यवस्थापन कार्यालय भद्रपुर, इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र बेस क्याम्प बैगुनधुरा र अस्थायी प्रहरी चौकी बैगुन

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 200 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडक ८ घण्टापछि सञ्चालनमा

    काठमाडौं / पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड ८ घण्टापछि सञ्चालनमा आएको छ । केराबारी मौरीखोलामा खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण गएराती २ बजेदेखि सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको थियो । पहिरोको जोखिम भने उत्तिकै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 104 पटक पढिएको
  • प्रजातन्त्र सेनानी बादेको निधन

    काभ्रे / प्रजातन्त्र सेनानी गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान ३ बजे उनको बनेपास्थित निवासमा नै निधन भएको हो । नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहले शोकसन्तप्त परिवारजन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन ।भारतीय नेता महात्मा गान्धीसहित नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायत नेताको सानिध्यमा बसेका बादेका २ छोरा र २ छोरी रहेका छन् ।बादेको निवास कोइराला र भट्टराईको आश्रयस्थलसमेत रहेको थियो ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 115 पटक पढिएको
  • ब्राउन सुगर सहित एक महिला पक्राउ

    बिर्तामोड / लागूऔषध ब्राउन सगुर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ वर्षीया आइसा गिरी रहेकी छन् । मंगलबार बेलुका अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागूऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी गिरीको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 274 पटक पढिएको
  • सप्तकोसीको बाढी बस्तीमा पस्दा पश्चिम तटीय क्षेत्रका ४ हजार घर परिवार उच्च जोखिममा

    बिर्तामाेड / पूर्वी पहाडमा लगातार वर्षात्सँगै सप्तकोसी नदीमा आएको बाढी उदयपुरको बेलका नगरपालिका –८ लाहुरे खोच डुम्रीबोटबाट बस्तीमा पसेको छ । झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी आज बिहान ४ बजे डुम्रिबोटेबाट पश्चिमतर्फ पस्दा बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तापेश्वरी लगायत बराहक्षेत्र नगरपालिका– ६ का केही बस्तीहरू डुबानमा परेका छन् ।नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थान तर्फ जानका लागि सूचना जारी गरेका कारण मानवीय क्षति भने नहुने आशा गरिएको नगर प्रमुख अशोक काकीले बताए । कार्कीका अनु

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 472 पटक पढिएको
  • बसबाट लडेर एक बृद्धको मृत्यु

    बिर्तामोड / मोरङको कानेपोखरी गाउँपालिका- २ स्थित सडक खण्डमा बसबाट लडेर एक जना बृद्धको मृत्यु भएको छ । आज  बिहान ११ बजे कानेपोखरीबाट रंगेली तर्फ आँउदै गरेको को १ख ४१८८ नम्बरको बसमा सवार रहेका कानेपोखरी- २ मोरङका ७३ वर्षीय बलभद्र पराजुली बसबाट ओर्लने क्रममा लडी घाईते भएका थिए । घाईते पराजुलीको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।उक्त बस र चालक रतुवामाई नगरपालिका- २ का बाबुराम टुडुलाई इलाका प्रहरी कार्यालय रङ्गेलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 152 पटक पढिएको
  • मोबाइल चार्ज लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    झापा / दुधौली नगरपालिका -१४ सिन्धुली घर भई कटारी नगरपालिका- ६ साथीको घरमा आएका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा  १९ वर्षीय बिपिन बि क रहेका छन् । आज दिउँसो १ बजे मल्टिप्लकमा मोबाइल चार्ज लगाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बि क लाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थलमा खटिएर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 143 पटक पढिएको
  • पेट्रोलियम पदार्थमा सरकारको दोहोरो चरित्र

    झापा / पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सरकारको दोहोरो चरित्र देखिएको छ । महङ्गीको मारले उपभोक्ताको ढाडसेक्दा कर कटौती गर्ने घोषणा गरेको सरकारले कर नघटाई नेपाल आयल निगमलाई शोधभर्ना दिइरहेको छ ।अन्तर्राष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले बढाउने र घट्दा नघटाउने गरेको छ । सरकारले इन्धनमा लगाएको कर राजस्व प्रभावित हुने डरले घटाउन आनाकानी गरिरहेको छ ।जसको कारण एकातिर नेपाल अयाल निगमको घाटा ५० अर्ब रुपैयाँ पुगेको छ भने अर्कोतर्फ वस्तुको ढुवानी लागत बढ्दा सर्वसाधारणले चर्को मूल्य वृद्धिको सामना गरिरहेका छन् ।गत असार ११ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले प

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 55 पटक पढिएको
  • बुद्धशान्तिमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा आजबाट ७० वर्षमाथिका ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वार्ड कार्यालयबाटै बितरण गर्न सुरु गरिएको छ । बुद्धशान्तिको वार्ड न- ४  बाट  सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको सुरुवात गरिएको हो ।बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं , उपाध्यक्ष भवानी प्रसाद खतिवडा , वडाध्यक्ष शेर बहादुर राय , वार्ड प्रतिनिधि लगायत सनराइज बैंक बुधबारे शाखाको सहयोगमा भत्ता वितरण कार्यक्रमको सुरुवात गरिएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव गोकुल पौड्यालले जानकारी दिए । आज वार्ड न -४ को वार्ड कार्यलयबाट भत्ता वितरण कार्यक्रमको सुर

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 357 पटक पढिएको
  • लाखौं रकम ठगी गरेको आरोपमा पत्रकार भूमिराजविरुद्ध पक्राउ पुर्जी जारी

    बिर्तामोड / लाखौं  रकम ठगी गरेको आरोपमा पत्रकार भूमिराज पराजुलीलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको छ । वैदेशिक रोजगार विभागले जिल्ला प्रहरी कार्यालय झापालाई पत्राचार गरेको हो ।दमक निवासी पत्रकार पराजुलीले झापासहित विभिन्न जिल्लाका १४ जनाभन्दा बढी व्यक्तिबाट लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेसँगै विभागले पराजुलीलाई पक्राउ गर्न पत्राचार गरेको हो ।दमकस्थित हिमशिखर टेलिभिजनको समाचार प्रमुखका रुपमा कार्यरत पत्रकार पराजुलीविरुद्ध वैदेशिक रोजगार कसुर मुद्दामा पक्राउ पुर्जी जारी गर्दै उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय झापालाई वैदेशिक रोजगार विभागले आग्रह गरको जिल्ला प्रहरी कार्यालय झा

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 87 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.