समाचार

    Showing 22,201-22,210 of 26,755 items.
  • १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    काठमाडौं / काठमाडौंको सिनामंगलमा १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको जावलाखेल स्थित फ्युचर स्टार कलेजमा पढाउने सन्तोष कठेत रहेका छन् ।सिनामंगल स्थित होटलमा छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । बलात्कृत छात्रा ति शिक्षकसँग ट्युसन पढ्थिन् । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 173 पटक पढिएको
  • म्याग्दीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ बेपत्ता

    झापा / म्याग्दीको मालिका गाउँपालिका- २ रुमको तामिङमा आज (मंगलबार)  बिहान पहिरोले घर बगाउँदा दुुई जनाको मत्यु भएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।घामबहादुर बिक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा पुगेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ । गोठे र उनकी श्रीमती गोरी बिक पहिरोमा परेर घाइते भएका छन् ।घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिए ।

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 59 पटक पढिएको
  • पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

    बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका -१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीय फुलसरा ऋषिदेव रहेका छन् । सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखरीमा मृत अवस्थामा फेला पारी उद्धार गरिएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 104 पटक पढिएको
  • मुख्यमन्त्री राईलाई कोरोना संक्रमण

    बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना संक्रमण भएको छ । सोमबार पीसीआर जाँच गर्दा उनलाई कोरोना संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।मुख्यमन्त्रीसहित उनको परिवारका सदस्यहरू, सचिवालय, निवासका सुरक्षाकर्मी र कर्मचारीलगायत १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित उनकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईमा संक्रमण देखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार पोखरेलले बताए ।मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 128 पटक पढिएको
  • भारत तर्फ लैजाँदै गरेको ३६ केजी गाँजा सहित एकजना पक्राउ

    बिर्तामोड / मोरङको जहदा गाउँपालिका- २ बाट नियन्त्रित लागूऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय मुकेश गुरुङ रहेका छन् । जहदा गाउँपालिका- २ हरिनगरा क्षेत्रबाट लागूऔषध गाँजाको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३६ केजी गाँजा सहित गुरुङलाई मंगलबार बिहान राती साँढे १२ बजे पक्राउ गरेको हो । रातको समयमा प्लास्टिकमा गाँजा प्याक गरेर सिमा क्षेत्रबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा गुरुङ पक्राउ परेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 67 पटक पढिएको
  • अवैध रुपमा भारत लैजाँदै गरेको सुपारी बरामद

    बिर्तामोड / झापाका दुई छुट्टाछुट्टै स्थानबाट अवैध रुपमा भारत तर्फ लैजाँदै गरेको ३३५ केजी सुपारी बरामद भएको छ । अवैध रुपमा सुपारी चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ बाट सोमबार बिहान १७५ केजी सुपारी बरामद गरेको तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ बाटै १६० केजी सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केही समय अगि मोरङ प्रहरीले विराटनगरबाट भारततर्फ लैजाँदै गरेको इन्डोनेसियाबाट आयातित ८ करोड

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 114 पटक पढिएको
  • मनसुनी सक्रिय रहँदा आज देशैभरी भारी वर्षाको सम्भावना

    काठमाडौँ / देशभर मनसुनी प्रणाली सक्रिय रहँदा आज पनि देशैभरी भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानै देखि  प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा चट्याङ सहित मध्यम वर्षा भइरहेको छ भने दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको तथा राती बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक - दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।वर्षासँगै पहिरो तथा

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 66 पटक पढिएको
  • खोलाले बगाएर एक पुरुषको मृत्यु

    झापा / उदयपुरको त्रियुगा नगरपालिका- ७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाइँलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको छ । सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कदै गरेका चापागाईँ बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक खोलाले बगाएको भन्ने खबर प्राप्त भएसँगै तत्काल प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोलीले खोजतलास शुरु गरेको थियो । खोजतलासको क्रममा खोलाले बगाएका चापागाइँलाई बगाएको स्थान भन्दा करिव १ किलोमिटर तल मृत अवस्थामा फेला पारेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 123 पटक पढिएको
  • छोराको कुटपिटबाट बुबाको मृत्यु

    झापा / तेह्रथुमको छथर गाउँपालिका- ५ ठकुरी टोलका ५३ वर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ वर्षीय छोरा टङ्क भण्डारीले अचानक धान कुट्ने मुस्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न छोरा टङ्क भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।  

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 104 पटक पढिएको
  • चार लाख ३५ हजारसहित १८ जना जुवाडे पक्राउ

    काठमाडौँ  / ललितपुरको गोदावरीबाट २ लाख २१ हजार रूपैयाँसहित प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ । महाकाल गाउँपालिका –२ मानिखेल घर भई हाल गोदावरी नगरपालिका –१३ स्थित झरुवाराशी बस्ने ६६ वर्षीय बलराम घिमिरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा घिमिरेसहित १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । घिमिरेको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २ लाख २१ हजार रुपैयाँ नगद, ३ बुक तास र १७ वटा कौडा बरामद गरेको छ । त्यस्तै सर्लाहीको बागमती नगरपालिका –३ धरहरास्थित घिस

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 110 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.