समाचार

    Showing 22,231-22,240 of 26,755 items.
  • इन्सुरेन्सको २ करोड ५० लाख भुक्तानी लिन सर्जनको हत्या गर्ने गिरोह पक्राउ

    झापा / योजनाबद्ध रूपमा बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या गरी बिमा कम्पनीबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विककी श्रीमती भनिने सपना मल्लसहित सजीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरेको हो ।विपन्न परिवारका बिकलाई डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजाने भनी सङ्गठित गिरोहले नक्कली विवाह गराइदियो । कागजी विवाहपश्चात् नक्कली पत्नी बनिन् सपना मल्ल । उनैलाई इच्छाइएको व्यक्ति राखेर रिलायन्स इन्सुरेन्समा साँढे दुई करोड रुपैयाँको बीमा गराए ।उनको आम्दानी २ ल

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 275 पटक पढिएको
  • एक हजार चोरेको आरोपमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

    झापा / रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा आफ्नै श्रीमान श्रीमतीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका श्रीमान यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्या

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 110 पटक पढिएको
  • आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

    झापा / बैतडीमा बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मही बनाउने पारो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका ५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी रहेका छन् । लोकराजले पारो प्रहार गर्दा उनकै बुबाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई आज बिहान पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 72 पटक पढिएको
  • भारतमा प्रशिक्षण उडानको क्रममा विमान दुर्घटनाग्रस्त , २ जनाको मृत्यु

    एजेन्सी / भारतको पश्चिमी राज्य राजस्थानमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि- २१ जेट उडानको क्रममा दुर्घटना भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । प्रशिक्षण उडानमा रहेको विमान राजस्थानको राजधानी जयपुरबाट करिब पाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार साँझ दुर्घटनामा परेको थियो । एक अदालतले सो दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको पनि वायुसेनाका अधिकारीहरूले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 99 पटक पढिएको
  • बालयौन दुरुपयोग मुद्दामा फरार रहेका विश्वकर्मा पक्राउ

    बिर्तामोड / बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप- महानगरपालिका वडा नं १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई १ नं प्रदेश प्रहरी कार्यालय विराटनगर आर आइ टि बाट खटिएको प्रहरी टोलीले हिजो खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी  सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।विश्वकर्माको बालयौन दुरुपयोग मुद्दामा सुनसरी जिल्ला अदालतको फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरिवाना भई लगत नं १२१२ मा कैद तथा जरिवाना बेरुजु रहि

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 81 पटक पढिएको
  • सरकारले आयातमा प्रतिबन्ध लगाएको रेडबुल लगायतका पेय पदार्थ बजारमा छ्यापछ्याप्ती

    झापा / सरकारले आयात प्रतिबन्ध लगाएको रेडबुल लगायत क्याफिनयुक्त पेय पदार्थ (इनर्जी ड्रिंक्स) अनधिकृत ढंगले नेपाल भित्राएर बिक्रीवितरण भइरहेको पाइएको छ । आयात प्रतिस्थापन गर्ने भन्दै सरकारले नेपालमा २०७६ सालदेखि नै रेडबुलल गायतका क्याफिनयुक्त पेय पदार्थ (इजर्जी ड्रिक) आयात प्रतिबन्ध लगाउँदै आएको छ ।सरकारले गत १३ वैशाखदेखि कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, जिप कार, मोटरसाइकल खेलौना, तासलगायतका १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ, जुन अहिले पनि प्रतिबन्ध नै छ । यो कदमले विदेशी मुद्राको सञ्चिति आएको कमी सुध्रने र देशको उच्च व्यापार घाटा न्यूनीकर

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 53 पटक पढिएको
  • हरिणको सिङ सहित ऋषिदेव पक्राउ

    मोरङ  / मोरङको बुढिगंगाबाट हरिणको सिङसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका –१ गोकुवा बस्ने ४६ बर्षीय संखर ऋषिदेव रहेका छन् । बिहीबार राती १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका ऋषिदेवको घरबाट प्रहरीले हरिणको २ थान सिङ बरामद गरेको छ । 

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 268 पटक पढिएको
  • करेन्ट लागेर भद्रपुरका भेटलालको मृत्यु

    बिर्तामोड  / झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –७ का ४० वर्षीय भोटलाल गणेश राजबंशी रहेका छन् । भद्रपुर नगरपालिका –४ आमडाँडीमा रहेको इलाम टी प्रोड्युसर प्रा.लि. को भवन निर्माणको काम गर्ने राजवंशी सोही निर्माणधीन भवन नजिकै रहेको खोल्सीमा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाईते राजवंशीको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा बिहीबार बेलुका साढे ५ बजे मृत्यु भएको हो । 

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 133 पटक पढिएको
  • छुट्टाछुटै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका - ६ काँकडभिट्टा स्थित पुरानो मेचीपुलबाट ब्राउन सुगर सहित २ जना भारतीय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत इष्ट सिक्किम बस्ने ३० वर्षीय मेगबिर लिम्बू  र उनकै भाइ २३ वर्षीय बुद्धबिर लिम्बू रहेका छन् । बिहीबार पुर्वान्ह साढे ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले  उनीहरूलाई लागूऔषध ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका  उनीहरुको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।यस्तै उदयपुरको बेलका नगरपालिका १ आम्बासि स्थितबाट लागूऔषध सहित एक ज

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 72 पटक पढिएको
  • विराटनगरबाट पनि अब लाइसेन्सका लागि ट्रायल दिन पाइने

    मोरङ  / प्रदेश नं १ को राजधानी विराटनगरबाट सवारी चालक अनुमतिपत्र वितरण गरिने भएको छ ।प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेका अनुसार यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय विराटनगरमा लिखित तथा प्रयोगात्मक परीक्षा दिने व्यवस्था मिलाइएको हो । विराटनगरका सेवाग्राहीले यसअघि सुनसरीको इटहरीबाट सवारी चालक अनुमतिपत्र लिने गरेका थिए ।यातायात व्यवस्था सेवा कार्यालयल विराटनगर–४ मा सवारी चालक अनुमतिपत्र लिनका लागि अनलाइन फाराम भर्ने कार्य सुरु गरिएको मन्त्री घिमिरेले बताए। कार्यालयले आगामी एक हप्ताभित्र लिखित र प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको छ ।प्रदेशमा स

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.