समाचार

    Showing 22,241-22,250 of 25,221 items.
  • नयाँ दिल्लीबाट देउवा र मोदीले गरे जयनगर–जनकपुरधाम रेल सेवा उद्घाटन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गरेका छन् । देउवा र मोदीले शनिबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको रेल लिंक उद्घाटन गरेका हुन् ।देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि रेल प्रस्थान गरेको हो । कुर्थाबाट घुमेर जनकपुरधाम स्टेसन आएपछि रेलको औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । रेल उद्घाटन भएसँगै आइतबार देखि बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा चल्ने रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । 

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 72 पटक पढिएको
  • आजबाट जिल्लास्तरीय सहकारी सम्मेलन बिर्तामोडमा सुरु

    बिर्तामोड/ झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ ।झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको एक भव्य कार्यक्रमका बीच १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले उद्घाटन गरे ।संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि आङबो, नेकपा एमाले झापाका सचिव शिव ढुंगेल, नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव भवानीप्रसाद दंगाल र सहसचिव कृष्णप्रसाद मिश्रले

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 130 पटक पढिएको
  • मर्निङवाकमा निस्किएका चार जनालाई पिकअपले ठक्कर दिदा एकको मृत्यु, दुई घाइते

    बिर्तामोड /झापाको अर्जुनधारा नगरपालिका -६ स्थित पुस्पलालचोक नजिकै पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका -६ स्थित महानन्द चोकका ५० वर्षीय कृष्ण प्रसाद निरौला रहेका छन । निरौला पेसामा शिक्षक हुन।पुस्पलाल चोकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न. १-०१००१च ९१०७ नम्बरको पिकअपले महानन्दचोकबाट मर्निङ वाक गर्दै पुष्पलाल चोक तर्फ जादै गरेका निरौलालाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो ।उनीसँगै मर्निङ गरिरहेकी निरौलाकी पत्नी सरस्वती लुइँटेल निरौला र खुदुनाबारी घर भइ हाल महानन्द चोक बस्ने अर्जुन उप्रेती  पनि पिकअपको&

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 607 पटक पढिएको
  • १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक पक्राउ

    तनहुँ / १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँबाट एक जनालाई पक्राउ  छ । पक्राउ पर्नेमा  २१ वर्षीय युवक रहेका छन् । बलात्कार गरेको खबर प्राप्त पाउन साथ प्रहरी चौकी तुरतुरेले शुक्रबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 70 पटक पढिएको
  • डिकीभित्र लुकाएर राखेको ३० केजी गाँजा बरामद

    बिर्तामोड /  सशस्त्र प्रहरीले नम्बर प्लेट नभएको गाडीको डिकीभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ३० केजी गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले  पर्साको वीरगञ्ज महानगरपालिका-२० स्थित हर्पतगञ्ज सडकखण्डबाट गाँजा बरामद गरेको हो ।  ।सशस्त्र प्रहरीका अनुसार बरामद भएको गाँजा अहिले प्रहरीलाई जिम्मा लगाइएको  जनाएको छ । गाँजा टाटा इन्डिका गाडीको डिकीभित्र १६ केजी र १४ केजीको दुईवटा रातो प्लाष्टिकमा बेरिएको अवस्थामा गाँजा फेला परेको थियो ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 114 पटक पढिएको
  • साउदीमा १० नेपाली युवा अलपत्र

    बिर्तामोड /  म्यानपावरलाई मोटो रकम तिरेर धेरै धन कमाउन र परिवारका इच्छा परिपूर्ति गर्न साउदी पुगेका १० नेपाली युवा अलपत्र परेका छन्  । १०  नेपाली युवा काठमाडौँ स्थित मेरिडियन म्यानपावर सर्भिस प्रा.ली बाट एक महिना अगि साउदी पुगेका थिए । अलपत्र परेका युवाहरू मध्ये ६ जना करिब १ महिना अघि  र ४ जना दुई महिना अघि साउदीको रादिक भन्ने ठाउँमा पुगेको पीडित राजदूत तामाङले बताए । प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ३० हजारसम्म म्यानपावरलाई रकम तिरेर गएका उनीहरूलाई १२ सय प्लस ३ सय रियाल कमाई हुने आश्वासन दिइएको पीडितहरूको भनाई रहेको छ ।  केही दिन अघि मात्र अर्का कम्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 80 पटक पढिएको
  • मर्निङ वाकमा निस्किएका कांग्रेस नेता देउजाको सवारी साधनले ठक्कर दिँदा मृत्यु

    विराटनगर / मोरङको विराटनगर –९ का एक कांग्रेस कार्यकर्ताको मर्निङ वाका क्रममा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली कांग्रेस वडा नम्बर ९ का सचिव पुष्प देउजा रहेका छन् । उनलाई आज (शुक्रबार) बिहान छ बजे मर्निङ वाक गरिरहेका बेला विराटनगर –१४ स्थित एमएम प्लास्टिक उद्योग नजिकै रोडशेषबाट जोगवनी तर्फ जाँदै गरेको नाम नै नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । सवारीसाधनको ठक्करबाट घाइते भएका देउजाको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।  प्रहरी कार्यलयका मोरङका अनुसार सवारी साधनले ठक्कर दिएर फरार भएका कारण

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 121 पटक पढिएको
  • टिपरको ठक्करबाट एकको मृत्यु , ५ घाइते

    सप्तरी / सप्तरीको खडक नगरपालिका–५ रञ्जितपुरमा भएको दुर्घटनामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने  ५ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका सप्तरीको नेपाल विद्युत प्राधिकरण बोलेरोका चालक बोदे बर्साइन –५ का २६ वर्षीय शिवराज यादवको उपचारका क्रममा मृत्यु भएको हो ।बोलेरो गाडीमा सवार बोदे बर्साइन –१० का ३० वर्षीय शैलेश यादव, महेश चौधरी, २६ वर्षीय वृजेशकुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान–८ का ३५ वर्षीय अरुणकुमार सिंह घाइते भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जनाएका छन् । विद्युत प्राधिकरण बोदे बर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ न

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 81 पटक पढिएको
  • प्रदेश १ मा बम आतंक : मुख्य नाइके खरेल सहित १३ पक्राउ

    बिर्तामोड / पछिल्लो समयमा प्रदेश १ का केही जिल्लामा शसस्त्र विद्रोहका नाममा हिंसात्मक गतिविधि गरिरहेको हिमाल सुरक्षा परिषद नामको सङ्गठनका मुख्य नाइके झापाका खगेन्द्र खरेल पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएका प्रहरीले खरेललाई भारतको नकलबन्दा क्षेत्रबाट भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी बिहीबार बेलुका नेपाल ल्याएको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी गराएको छ ।पक्राउ परेका खरेललाई इटहरी बम विस्फोटनका विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको बताइएपनि सो विषयमा दुवै जिल्ला प्रहरी कार्यालयले भने आधिकारिक रुपमा केही पनि बताएका छैनन्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 853 पटक पढिएको
  • फेरी १६ महिने बालिका बलात्कृत

    बिर्तामोड / मोरङको गछियामा १६ महिने नाबालिकाको बलात्कार पछि हत्या भएको एक महिना बित्न नपाउँदै अर्की एक १६ महिनाकी नाबालिका बलात्कृत भएको सार्वजनिक भएको छ ।कैलालीको टीकापुर नगरपालिकाकी १६ महिने अबोध बालिकाको बलात्कार भएको सार्वजनिक भए लगत्तै प्रहरीले परिवारको उजुरीका आधारमा २० वर्षीय युवकलाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय टिकापुरमा परेको जाहेरीका आधारमा युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 75 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.