समाचार

    Showing 22,261-22,270 of 22,869 items.
  • बजेट : आयो ओलीका सल्लाकार पोस्ने कार्यक्रम

    बिर्तामोड / प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार समेत रहेका उध्योगि मोतीलाल दुगडको नुनको अवैध कारोवारलाई वैधानिक बनाउनका लागि सरकारले बजेट मार्फत नयाँ निती नै ल्याएको छ । सरकारमाथि दुगडले अवैधानिक रुपमा गर्दै आएको आयोडिन युक्त नुनको कारोवारका विषयमा छानविन गर्न र उनी माथि कारवाही गर्न चौतर्फी कुरा उठिरहेको समयमा उनलाई संरक्षण गर्ने गरी सरकारले बजेट मार्फत नयाँ निति नै ल्याएको छ ।  सरकारको पुर्ण स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले धारासायी नै बनाउने गरी ओली निकटका उध्योगि दुगडलाई पोस्ने गरी सरकारले बजेट मार्फत नयाँ निति सार्वजनिक गरेपछि साल्ट ट्रेडिङका कर्मचारीले

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 79 पटक पढिएको
  • हेलिकप्टरद्धारा आगोले जलेकी महिलाको उद्धार

    डोटी / वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेको पहलमा आगोले जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको थप उपचार गर्न काठमाडौँ ल्याउनका लागि हेलिकप्टर जाने भएको छ । अज्ञात व्यक्तिले यही जेठ १२ गते बुधबार राति आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।  घाइते भाटको जिल्लामा उपचार गर्न सम्भव नभएपछि मन्त्री आलेको पहल तथा अर्थमन्त्री विष्णु पौडेल तथा गृहसचिव महेश्वर न्योपानेको समन्वयमा निजलाई थप उपचारका लागि काठमाडौँ ल्याउन लागिएको हो । आगोले जलेर गम्भीर घाइते भएकी निज महिलाको सरकारी क्षेत्रबाट नै उपचार ग

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 86 पटक पढिएको
  • पाँच वर्षभित्र चामलमा आत्मनिर्भर बन्ने सरकारको घोषणा

    काठमाडौँ / धानबाली विज्ञ भन्छन–आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कूल खेतीयोग्य जमीन झन्डै ३१ लाख हेक्टर  छ । सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट पुस्तिकाको बुंदा नं. १०८ मा नेपाललाई आगामी पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । त्यसो त यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि आगामी तीन वर्षमा नेपाललाई चामलमा आत्मनिर्भर बनाइने घोषणा गरिएको भएपनि परिणाम भने प्राप्त हुन सकेन

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 225 पटक पढिएको
  • मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप

    मोरङ / जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौँ सूचना जारी गर्दै  जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरेका हुन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । 

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 293 पटक पढिएको
  • आठ कैदीबन्दीको कैद मिनाहा

    तनहुँ / गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा बहुविवाह मुद्दाका पाँच, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान एक, ओखेटो पहार (जीवजन्तुको हाड छालासम्बन्धी) रहेका छन् । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले गोरखाका एक र तनहुँका सात कैदबन्दीले कैद मिनाहा पाएको बताएका छन्। बहुविवाह मुद्दाका गोरखाका यमु गुरुङ, तनहुँको भानुनगरपालिकाका सुरेन्द्रकुमार श्रेष्ठ र बाबुराम थापा, व्

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 59 पटक पढिएको
  • पत्रकार महासङ्घ सोलुखुम्बुले ‘आपत्कालीन राहतकोष’ स्थापना गर्ने

    सोलुखुम्बु /  नेपाल पत्रकार महासङ्घ सोलुखुम्बु शाखाले ‘पत्रकार आपत्कालीन राहतकोष’ स्थापना गर्ने भएको छ । आइतबार बसेको महासङ्घको बैठकले उक्त कोष स्थापना गर्ने निर्णय गरेको शाखा अध्यक्ष नूतन श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार विभिन्न समस्यामा परेका पत्रकारलाई सहयोग गर्ने उद्देश्यले स्थापना हुने राहतकोष सञ्चालनका लागि निर्माण गरिएको कार्यविधिसमेत सोही बैठकले अनुमोदन गरेको छ । पत्रकार महासङ्घको साधारण सदस्य रहेकालाई उक्त कार्यविधिले समेट्ने बताइएको छ । पत्रकार महासङ्घको सदस्य भई कुनै पनि सञ्चारगृहमा काम गर्ने सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भई अस्पताल लैजानुपरेको अवस्था

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • 56 पटक पढिएको
  • निर्वाचनका लागि यथेष्ट बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षको बजेटको व्यवहारिक र वस्तुगत कार्यान्वयनका लागि प्रक्रिया थाल्ने प्रतिवद्धता जनाएका छन्् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा  उनले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर कार्यान्वयनका लागि पहल लिइहाल्ने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग जोडिएका तीन वटा अध्यादेश जारी गरेपछि  मन्त्री पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । अर्थमन्त्रीले निर्वाचन लोकतन्त्रको प्राण भएकाले त्यसका लागि यथेष्ट बजेट विनियोजन भएको जानकारी दिए । नयाँ सरकार गठनको सबै विकल्प सकिएपछि प्रतिनिधिसभा

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 109 पटक पढिएको
  • बजेट : टेलिकमको सेयर बेच्दै सरकार

    बिर्तामोड / नेकपा एमालेको निर्वाचनको घोषणा पत्रमा नै सरकारी संस्थान र निकायलाई बलियो बनाउने उल्लेख छ तर त्यही दलका अध्यक्ष नै कामचलाउ सरकारको प्रधानमन्त्री रहेको समयमा आएको बजेटमा निजी क्षेत्रलाई प्रवेश गराउने उध्येष्य सहित मुनाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने निती ल्याईएको छ ।एमाले पार्टी र सो पार्टीका नेताहरुले आफ्ना भाषण अनि अर्थतन्त्रका कुरा गर्दा नेपाली कांगे्रसले सरकारी स्वामित्वका कम्पनी र संस्थान धरासायी बनाएको अनि बन्द गराएको भन्दै आलोचना गर्ने गरेका छन् । तर सोहि पार्टीको कब्जामा सरकार रहेको बेला सर्वसाधारणले नबुझ्ने भाषा अनि शब्द प्रयोग गरी कामचलाउ सरकारले टेलिकमको सेयर ब

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 512 पटक पढिएको
  • संवैधानिक इजलासबाट दुई न्यायाधीशलाई हटाउनुपर्नेमा जोड

    काठमाडौं / प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाउनुपर्नेमा वरिष्ठ अधिवक्ताहरुले जोड दिएका छन् ।संवैधानिक इजलासका सदस्यमाथि उगेको प्रश्नमाथि जारी बहसका क्रममा वरिष्ठ अधिवक्ताहरुले यस्तो माग गरेका हुन् । बहसमा सहभागी वरिष्ठ अधिवक्ता हरिहर दाहालले अहिलेको मुद्दाको निवेदक नै नेकपा विवादसम्बन्धी फैसलाबाट प्रभावित व्यक्तिहरु भएकाले उक्त फैसला गर्ने न्यायाधीश संवैधानिक इजलासमा नबस्नु नै उचित हुने बताए ।अर्का वरिष्ठ अधिवक्ता मूक्ति प्रधानले पनि न्यायाधीशद्वय श्रेष्ठ र केसीले आफूलाई अलग गर्ने निर्णय गर्दा राम्रो हु

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 139 पटक पढिएको
  • प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’

    काठमाडौं  / प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई आइतबार पनि हेर्दाहेर्दै मा टुंगिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आइतबार सुनुवाइलाई हेर्दाहेर्दैमा राखेको हो ।सुनुवाइका क्रममा संवैधानिक इजलास गठनसम्बन्धी विवादमा केन्द्रित भएपछि प्रधानन्यायाधीश राणाले समय निर्धारण गरिदिएका थिए । त्यसपछि पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो तर्क र दलिल प्रस्तुत गरेका थिए । संवैधानिक इजलासमा शुक्रबारबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाई सुरु भएको हो ।

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 104 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.