समाचार

    Showing 22,301-22,310 of 22,874 items.
  • संसद विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरुको सुनुवाइ सुरु

    काठमाडौं  / संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो ।पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् ।अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुने गरी तोकेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्या

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 59 पटक पढिएको
  • अबको तीन दिन भारी वर्षा हुने, उच्च सावधानी अपनाउन अनुरोध

    काठमाडौँ / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला निकायलाई अनुरोध गरेको छ । अहिले उक्त चक्रवात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अप

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 221 पटक पढिएको
  • ईश्वर पोखरेलद्वारा सरकारी कागजात दुरुपयोग

    बिर्तामोड / उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकारी छाप र लेटर प्याड दुरुपयोग गरेका छन् । उनले आज बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिनेक्रममा सरकारी छाप र लेटर प्याडको दुरुपयो गरी आफू उपप्रधानमन्त्री तथा नेकपा एमालेको महसचिव भन्ने उल्लेख गरेका छन् ।  सरकारी लेटरप्याडमा एमाले महासचिव भनेर उल्लेख गरेपछि अहिले उनको सामाजिक सञ्जालमा आलोचना भएको छ । 

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 168 पटक पढिएको
  • चक्रवातका कारण लाखौँ मानिस प्रभावित, ११ लाखभन्दा बढीको उद्धार

    काठमाडौँ / पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ । समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझ

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 58 पटक पढिएको
  • हिन्दु राष्ट्रको स्थापना नै आजको आवश्यक्ता– डा. मिश्र

    बिर्तामोड / नेपालका लागि नेपाली पार्टीका प्रवक्ता डा बिजय मिश्रले आफ्नो दलको ओमकार परिवार सहित नेपालमा रहेका सवै धार्मिक समुदायको सह अस्तित्व सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।२५६५ औं वुद्ध जयन्ति , साकेला उभौली र गोरखनाथ पर्वका अवसरमा सो पार्टीका तर्फबाट शुभकामना  वक्तव्य जारी गर्दै महासचिव मिश्रले पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेका हुन् । मिश्रद्धारा जारी वक्तव्यमा महायोगी गोरखनाथकै कृपा र आशीर्वादले नेपाली विश्वमा विर गोर्खाली नामले चिनिएको अनि अंग्रेजलाई परास्त गर्न पनि गोरखनाथकै कृपा रहेको जिकीर समेत गरिएको छ । नेपाल र नेपा

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 449 पटक पढिएको
  • अस्पतालबाट भागेका सङ्क्रमित पक्राउ

    डोटी / जिल्लाको बडिकेदार गाउँपालिकास्थित अस्थायी कोभिड अस्पतालबाट भागेका एक ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो ।कोरोना उपचारका लागि गाउँपालिकाले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल भर्ना भएका निज सङ्क्रमित पुरुष अस्पतालबाट एकाएक भागेपछि खोजीका लागि प्रहरीलाई खबर गरेपछि गए राति पक्राउ गरी पुनः अस्पतालमा ल्याइएको डा सुरज श्रेष्ठले जानकारी द

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 55 पटक पढिएको
  • विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने छ : मन्त्री राई

    विराटनगर / प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने बताएकी छन् । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताइन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले सो कुरा बताएकी हुन् । उनले विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरी प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको बताएकी छिन् । अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन भनेर न्युनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरिको अवधारणा तय गरिएको मन्त्री राईले बताइन् । उनले भनिन्,‘ स

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 76 पटक पढिएको
  • मुलुकका १७० देशमा नेपालको कूटनीतिक सम्बन्ध विस्तार

    काठमाडौँ / नेपालको कूटनीतिक सम्बन्ध १७० देशमा विस्तार भएको छ । पश्चिम अफ्रिकी मुलुक गाम्बियासँग आज दौँत्य सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध १७० मुलुकमा फैलिएको हो ।कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि/राजदूत अमृतबहादुर राई र उक्त विश्वसंस्थाका लागि गाम्बियाका स्थायी प्रतिनिधि /राजदूत लाङ यावौले राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगमा आज बिहान आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई  नेपाल र गाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको जनाउ दिने संयु

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 113 पटक पढिएको
  • भूकम्प प्रभावित आठ जिल्लामा इन्टरनेट क्षमता बढाउछौँ मन्त्री गुरुङ

    काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भूकम्पबाट अतिप्रभावित आठ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेटको क्षमता अभिवृद्धि गरिने बताएका छन् । उनले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने उद्देश्यका साथ दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोट जिल्लाका स्थानीय तह र  वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र  स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट सेवा पु¥याउन नेपाल दूरसञ्चार प्राधिकरण र स्थानीय तहबीच सम्झौता हुने तयारी भइरहेको जानकारी दिए । सञ्चार मन्त्रालयद्वारा यहाँ आज  स्थानीय तहमा इन्टरनेट पु¥याउनेबारे तिनका प्रतिन

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 60 पटक पढिएको
  • धमाधम काम छाड्दै नारायणगढ–बुटवल सडकमा कार्यरत कामदार

    काठमाडौँ / देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहँदा नारायणगढ–बुटवल सडक बिस्तारमा कार्यरत धेरै कामदारले काम छाडेका छन् । गत महिनासम्ममा आयोजनामा पाँचदेखि छ सयसम्म कामदार कार्यरत रहेकामा हाल ६०÷७० जना मात्रै बाँकी रहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।  निर्माण व्यवसायीले क्याम्पमा मिलाएर राखेर काम गराउन चाहेपनि कामदार कोभिडकै कारणले धमाधम निर्माणस्थल छाडिरहेको आयोजनाले जनाएको छ । कतिपय कामदारको परिवारका सदस्य वा आफन्त कोभिड भएकाले काम छाडेको आयोजना प्रमुख रमेशकुमार दृष्टिले बताए । एकै दिन वा एकै पटकभन्दा पनि कामदार बिस्तारै घटेको उनले बताए । उनले भने, “ यो अवस्थामा सुधार नभएसम्

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 66 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.