समाचार

    Showing 22,371-22,380 of 26,755 items.
  • ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    झापा / बर्दियामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका- ६  श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजाली रहेका छन् ।  रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडि लगेर बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानो श्रीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः साउन १, २०७९
    • 76 पटक पढिएको
  • नियन्त्रित लागूऔषध ट्याब्लेट सहित ३ जना पक्राउ

    झापा / उदयपुरको बेलका नगरपालिका- १ बाट नियन्त्रित लागूऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका- ५ का २४ वर्षीय सुदीप राई र २७ वर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका- २ का  २१ वर्षीय ठगिन्द्र मगर रहेका छन् । लागूऔषधको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।  उनीहरूको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान

    • प्रकाशित मितिः साउन १, २०७९
    • 90 पटक पढिएको
  • मेचीनगरबाट ४ लाख मूल्य बराबरको अवैध सुपारी र लत्ताकपडा बरामद

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले अवैध रुपमा भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरेको ३,२०,००० बराबरको ४ पोका  लत्ताकपडा बरामद गरेको छ । आइतबार बिहान ३ : ४५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका -६ स्थितबाट  उक्त मूल्य बराबरको लत्ताकपडा बरामद गरेको हो ।  प्रहरीले सोही स्थानबाट नेपाल देखि भारत तर्फ लादै गरेको २ बोरा ३० , ००० मूल्य बराबरको  ६० के . जि सुपारी  बरामद गरेको छ । यस्तै शनिबार पनि नेपाल देखि भारत तर्फ अवैध रुपमा लादै गरेको सुपारी पचास हजार मूल्य बराबरको ९० के जी अवैध सुपारी प्रह

    • प्रकाशित मितिः साउन १, २०७९
    • 127 पटक पढिएको
  • संसदीय समितिको बैठक आज बस्दै

    काठमाडौँ /  संघीय संसद् अन्तर्गत आज राज्य व्यवस्था तथा सुशासन र प्रत्यायोजित व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक भने ११ः३० बजे बस्नेछ । बैठकमा समितिको आन्तरिक कामकारबाहीका बारेमा छलफल हुने बताइएको छ । 

    • प्रकाशित मितिः साउन १, २०७९
    • 65 पटक पढिएको
  • फेरि तीन महिना थपियो सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद

    काठमाडौँ / सरकारले आजदेखि लागू हुनेगरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद फेरि थप गरेको छ। गत वर्ष साउन १ गतेदेखि लागू हुनेगरि थप गरिएको समय सकिएसँगै सरकारले यो पटक भने तीन महिनाका लागि फेरि म्याद थप गरेको हो ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गत राजपत्रमा सूचना प्रकाशित गर्दै दुबै समितिको म्याद २०७९ असोज मसान्तसम्म थप गरिएको जनाएको छ। दुवै आयोग २०७१ साल माघ २७ गते दुई वर्षका लागि भनेर गठन गरिएको थियो।दुई वर्षमा काम नसकिएपछि एक वर्ष म्याद थप्न सक्ने व्यवस्था गरिएको थियो । तर आयोगले समयमा काम गर्न नसकेपछि पटक पटक गरी झन्डै ९ वर्षसम

    • प्रकाशित मितिः साउन १, २०७९
    • 74 पटक पढिएको
  • जग्गा धानी प्रमाण पुर्जा पाए पछि बुद्धशान्ति बासी दंग

    दिपेन विश्वकर्मा बिर्तामोड / राष्ट्रिय भूमि आयोगले नेपालमै पहिलो पटक झापाको बुद्धशान्ति गाउँपालिकामा जग्गा धानी प्रमाण पुर्जा बितरण गरेको छ ।आयोगले बुद्धशान्ति गाउँपालिकाका भुमीहिन, दलित सुकुम्बासी र अव्यवस्थित  बसोबास गर्दै आएका २८ घर परिवारलाई जग्गा धानी प्रमाण पुर्जा बितरण गरेको हो । गाउँपालिकाले आज शुक्रबार एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति –२ का २८ घरपरिबारलाई जग्गा धानी प्रमाण पुर्जा उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग केन्द्रिय अध्यक्ष केशवकुमार निरौलाले बुद्धशान्ति बासीका लागी आजको दिन ऐतिहासिक दिन रहेको भन्दै अव्यवस्थित बसोबास भएका भुमीहिन

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 177 पटक पढिएको
  • आईजीपी नियुक्ति विवाद : विश्वराजको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौँ / आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्ति र एआईजी बढुवासँग सम्बन्धित सबै रिट शुक्रवार खारेज गर्ने फैसला गरको हो । सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धीरजप्रताप सिंहलाई आइजीपीमा नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।यसका साथै एआईजी बढुवामा वरीयता मिचेको भन्दै ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिट पनि सर्वोच्चले खारेज गरिदिएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 74 पटक पढिएको
  • मेलमिलाप र बेपत्ता छानविन आयोगको म्याद तीन महिना थप

    काठमाडौं  / सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको म्याद थप गरेको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले दुवै आयोगको म्याद तीन महिनाका लागि थप्ने निर्णय गरेको हो । आयोगका पदाधिकारीको म्याद शनिबार अर्थात ३२ असारबाट सकिँदैछ ।शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले दुवै आयोगसम्बन्धी ऐनहरू संशोधन गर्ने र सोहीअनुसार संरचना तय गरी न्यायिक निरुपण गर्ने सहमति भएको थियो ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 57 पटक पढिएको
  • गूप्तचर विभागको एआईजीमा कुलदिप थापा नियुक्त

    काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुलदिप थापा बढुवा भएका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको गुप्तचर विभागमा एआईजी रिक्त भएको तीन महिनापछि सरकारले आज डीआईजी थापालाई बढुवा गरेको हो ।विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मीले वैशाख ९ मा अवकाश पाएदेखि नै एआईजीको दरबन्दी रिक्त थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको उदासिनताका कारण बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन ।बढुवाका लागि डीआइजीहरू थापा, हुतराज थापा, ओम जोशी र टेकेन्द्र कार्कीलगायत प्रतिस्पर्धामा थिए । थापा आगामी साउन ४ गतेसम्म मात्र एआईजी रहन

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 240 पटक पढिएको
  • ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

    ताप्लेजुङ  / ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका –२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा रहेका छन्।मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् । घाइते दुवै जना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७९
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.