समाचार

    Showing 22,441-22,450 of 25,221 items.
  • धादिङमा गाँजासहित दुई जना पक्राउ

    झापा / धादिङको गजुरी गाउँपालिका –२ फुर्केखोलाबाट करिब ९ किलोग्राम गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका– १ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन् । उनीहरूलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरूको साथमा गाँजा फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यस्तै, पर्साको पटेर्वासुगौली गाउँपालिका –३ स्थित सडकबाट करिब २५ किलोग्राम गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।उक्त

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 59 पटक पढिएको
  • विदेश जाने श्रमिकलाई ई-स्टिकर साथैमा बोक्न रोजगार विभागको अनुरोध

    काठमाडौँ / श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ । प्राप्त ई स्टिकर मोबाइलमा डाउनलोड गरेर वा त्यसलाई प्रिन्ट गरेर साथैमा राख्न र विमानस्थलमा श्रम डेस्कमा मोबाइलमा भएमा मोबाइलमार्फत नै पेस गर्न विभागले सूचना जारी गरेको हो ।यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट अब वैदेशिक रोजगारीमा जाने श्रमिकको ई स्टिकरमा यस अघि जस्तो छाप नलगाइने भएको छ ।आज बुधबारदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने न

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 69 पटक पढिएको
  • लमजुङको सुन्दरबजारमा अनिश्चितकालीन निषेधाज्ञा

    लमजुङ / सुन्दर बजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा  जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलवार मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो । फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्ययनरत सनिज श्रेष्ठको निधन भएपछि मङ्गलवार मृतकका आफन्तले विद्यालयको लापरवाही भन्दै विरोध गरेका थिए । भीडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति ल्याउने सम्भावना भएपछि उक्त क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को धारा ६ को उपधारा १(ख) अनु

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 66 पटक पढिएको
  • सिद्धबाबाविरुद्धको जबरजस्ती करणीको मुद्दा आज सुनुवाइ हुँदै

    काठमाडौँ / धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले (आज) बुधबार सुनुवाइ गर्ने भएको छ ।अदालतले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । उच्च अदालतमा २०७७ साल चैत २६ गते सिद्धबाबा विरुद्ध मुद्दा परेको थियो ।सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी ह

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 79 पटक पढिएको
  • चिनियाँ विदेश मन्त्री नेपाल आउने

    काठमाडौं / चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । विदेशमन्त्री वाङ मार्च महिनाभित्रै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको हो । वाङ यी नेपाल आउन दुबैतिर तयारी भइरहेको र मिति तोक्न बाँकी रहेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । एमसीसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन् ।वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए । 

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 65 पटक पढिएको
  • कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौं /  दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति ९ बजे कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५८१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दाङकै राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमही स्थित लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 55 पटक पढिएको
  • सिक्कामा अबदेखि चुच्चे नक्सा र दृष्टिविहीनमैत्री थोप्लो

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले पुरानै डिजाइनमा एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउन लागेको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का भोलिदेखि प्रचलनमा आउन लागेको हो ।सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरू राखिएका छन् । नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नलाई एउटा मोटो थोप्लो पनि राखिएको छ । साथै त्यहाँ हिमाल ,पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेश सहित लिम्पियाधुरा , लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सासमेत राखिएको छ । सिक्कामा चन्द्र , सूर्यका साथै सगरमाथा

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 62 पटक पढिएको
  • एमालेबाट गाउँपालिका अध्यक्ष बनेका नेताले गरे कांग्रेस प्रवेश

    बिर्तामोड / नेकपा एमालेबाट २०७४ को स्थानीय तह चुनाव जितेका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेपाली कांग्रेस प्रवेश गरेका छन् । अध्यक्ष क्षेत्रीले आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यता दिएर पार्टीमा प्रवेश गराएका हुन् ।सिन्धुपाल्चोक एमालेका नेताहरू कृष्ण क्षेत्री , सुवास कर्माचार्य लगायतले पनि कांग्रेस प्रवेश गरेका छन । एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षका आकांक्षी रहेका अध्यक्ष क्षेत्रीलाई एमालेले अध्यक्ष नबनाएपछि उनी असन्तुष्ट भएका थिए ।

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 64 पटक पढिएको
  • घाँटी काटिएको अवस्थामा भेटिएकी महिलाको खुल्यो पहिचान

    काठमाडौं / चाँगुनारायण नगरपालिका–७ बागरेमा घाँटी काटिएको मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ । मृतक महिला करिब २८ वर्षकी जेनिसा नगरकोटी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले बताएका छन् ।समयदेखि चाँगुनारायणमा बस्दै आएकी मृतक महिलाको स्थायी घर काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्बर ९ मा रहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृतक नगरकोटीको घाँटीमा चोट देखिएकाले हत्या भएको देखिएको डीएसपी पाण्डेले बताएका छन् । मृतकको शव पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा पठाइएको छ भने यसबारेमा प्रहरीले थप अनुसन्ध

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 78 पटक पढिएको
  • आज ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

    काठमाडौं / ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरेर आज मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गदै विश्वभर आज महिला दिवस मनाउने प्रचलन रहेको छ ।राजनीतिक तवरबाट शुरु भएको भए पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र लैंगिक समानता, लैंगिक विभेद तथा हिंहा उन्मूलन आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।१९०९ फेब्रुअरी २८ मा मनाइएको नारी दिवस महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आएको छ ।  संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्ट

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 48 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.