समाचार

    Showing 22,471-22,480 of 26,755 items.
  • ट्रकको ठक्करबाट विराटनगरमा साइकल यात्रीको मृत्यु

    बिर्तामोड / मोरङ विराटनगर महानगरपालिका -१३ रोड शेष स्थित कोशी राजमार्गमा भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जू गाउपालिका -२ अमडुवा फारम का ४५ वर्षीय सनेन्दर राय रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ जादै गरेको डब्लु बि २३ बि ४९६१ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको साइकल यात्रीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका रायको उपचारको लागी कोशी अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०७९
    • 60 पटक पढिएको
  • मेचीनगरबाट ३ किलो गाँजा सहित दुई जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका -१ ज्योतीटोल बस्ने ४४ वर्षीय पदम बहादुर दर्जी र २३ वर्षीय चरण लामिछानेलाई प्रहरीले लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । शुक्रबार राती साढे ८ बजे प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट लागूऔषध गाँजा ३ किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछाने सहितलाई पक्राउ गरिएको हो ।पक्राउ परेका दुवैको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असार २५, २०७९
    • 62 पटक पढिएको
  • बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक गर्यो आर्थिक वर्षको बजेट कुन वडामा कति ?

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट आज अनुमोदन गरेको छ । जस अन्तरगत ६२ करोड ९४ लाख ६६ हजार ३ सय ४० बराबरको बजेट अनुमोदन भएको हो । बिनियोजित बजेट मध्ये सबै भन्दा बढी रकम वडा नं ३ लाई १ करोड ३ लाख ५० हजार परेको हो । यसै गरि वडा नं लाई ९६ लाख , २ लाई ९७ लाख ५० हजार , ४ लाई ९६ लाख , ५ लाई ८५ लाख , ६ लाई ८५ र वडा नं ७ लाई ७१ लाख बिनियोजन भएको छ । 

    • प्रकाशित मितिः असार २४, २०७९
    • 231 पटक पढिएको
  • मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३१ जना घाइते

    झापा / सङ्खुवासभाको चैनपुर नगरपालिका- १० दुम्कटामा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरीले जनाएको छ । शुक्रबार खाँदबारी लेगुवा सडक खण्ड स्थित चैनपुर–१० दुम्कटामा को २ त ३९६१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा ४४ जना सवार रहेक

    • प्रकाशित मितिः असार २४, २०७९
    • 91 पटक पढिएको
  • झापामा ट्रयाक्टरले रोकी रहेको अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    बिर्तामोड / झापाको कन्काई नगरपालिकामा ट्रयाक्टरले रोकी रहेको अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका- ३ की ३४  वर्षीया कमला नेपाल रहेको प्रहरीले जनाएको छ । कन्काई नगरपालिका -३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे. १. त ७८३१ नम्बरको  ट्रयाक्टरले रोकी रहेको मे.१. ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा टाउकोमा चोट लागी घाईते भएकी नेपालको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालक कन्काई नगरपालिका- ७ बस्ने २४ वर्षीय यतुवा मर्डीलाई  इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर घटना

    • प्रकाशित मितिः असार २४, २०७९
    • 113 पटक पढिएको
  • तीन देशमा राजदूत नियुक्त, कुन देशमा को ?

    झापा / राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार ओमान, साउदी अरेबिया र श्रीलङ्काका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी, ओमानका लागि डोरनाथ अर्याल र श्रीलङ्काका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएका छन् ।उनीहरूलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 126 पटक पढिएको
  • मेचीनगरबाट ब्राउनसुगर सहित एक जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- १० खयरडाँगी स्थितबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  स्थानीय २३ वर्षीय नोसाद मोहमद रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान (आज) ११ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोहमदको साथबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको थियो । पक्राउ परेका नोसादमाथि इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 84 पटक पढिएको
  • २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा सामुदायिक वनका अध्यक्ष पक्राउ

    झापा / डडेल्धुराको आलिताल गाउँपालिका -३ मा रहेको तुङ्गा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको  आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्वजित् मडै रहेको प्रहरीले जनाएको छ । शुक्रबार अध्यक्ष मडैसँगै सामुदायिक वन उपभोक्ता समितिका कागजपत्र नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल अधिकृत रामविचारी ठाकुरले जानकारी दिए ।‘अनुसन्धान गरिरहेका छौं, मडैले २२ लाख रुपैयाँ खाएको स्वीकार गरिसके । हाम्रो टोली खटिएको छ,’ उनले भने । बिहीबार राति धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले अध्यक्ष मडैलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलेका थिए

    • प्रकाशित मितिः असार २४, २०७९
    • 99 पटक पढिएको
  • यौन हिंसामा परेकाले अब राज्य कोषबाट क्षतिपूर्ति पाउने

    झापा  / यौन हिंसामा परेकाहरूले अब राज्य कोषबाट क्षतिपूर्ति पाउने भएका छन् । आज (शुक्रबार) यौनहिंसा विरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले यौन हिंसामा परेकालाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने व्यवस्था गरेको हो । यसअघि प्रचलित व्यवस्थाअनुसार पीडितलाई पीडकबाटै क्षतिपूर्ति दिलाउने व्यवस्था थियो । तर, यो व्यवस्थाले पीडकले ‘मैले दिएको पैसा खाएर बसेको छ र छे’ भनेको सुनिएको र यसले पीडितलाई थप पीडा हुने र अपहेलित महसुस हुने भन्दै सांसदहरुले पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्ने प्रस्ताव अघि गरेका थिए ।सो प्रस्तावमाथ

    • प्रकाशित मितिः असार २४, २०७९
    • 58 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका अभियुक्त पक्राउ

    काठमाडौं / प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्त पक्राउ गरेको छ । पाल्पाको नगरपालिका- १४ घर भई काठमाडौं महानगरपालिका- १ नागार्जुन बस्दै आएका ५६ वर्षीय विष्णु प्रसाद गैरेलाई शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।उच्च अदालत पाटनले २०७९ जेठ २७ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै ७ लाख ४० हजार जरिवाना सुनाएको थियो । तर उनी उक्त बिगो रकम नतिरिकन फरार भएका थिए ।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 51 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.