समाचार

    Showing 22,491-22,500 of 26,755 items.
  • फौजदारी कसुर सम्बन्धी विधेयक पारित

    काठमाडौँ / फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरिएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सर्वसम्मतले पारित गरेको हो ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए ।निर्णयार्थ प्रस्तुत गरिनु अघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक २४ असार दिउँसो २ बजे बस्न

    • प्रकाशित मितिः असार २३, २०७९
    • 71 पटक पढिएको
  • बिर्तामोडबाट भन्सार छली गरेर ल्याएको ३० लाखको कपडा बरामद

    बिर्तामोड / सशस्त्र प्रहरी बल झापाले भन्सार छलेर नेपाल भित्राइएको करिब ३० लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस स्टेन्ड नजिकैबाट बुधवार बिहान करिब ३ बजे उक्त मूल्य बराबरको १८ पोका कपडा बरामद गरेको हो ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम भण्डारीका अनुसार बिना कागजात ल्याइएको १८ पोका कपडा बरामद गरेको जानकारी दिए।बरामद गरेको कपडा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको डीएसपी भण्डारीले बताए।

    • प्रकाशित मितिः असार २३, २०७९
    • 1,022 पटक पढिएको
  • सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भुको ७० वर्षको उमेरमा निधन

    झापा / सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेका शम्भु तामाङको निधन भएको छ । हरिसिद्दीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा बिहीबार बिहान १० बजे निधन भएको परिवार जनाएको छ ।उनले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सगरमाथा आरोहण गरेका थिए । तामाङले सबैभन्दा सानो उमेरमा सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम राख्न सफल भएका थिए । मूल घर सिन्धुपाल्चोक रिस्याङ्खु भएका तामाङ हाल महाराजगञ्ज काठमाडौंमा बसोबास गर्दै आएका थिए । 

    • प्रकाशित मितिः असार २३, २०७९
    • 110 पटक पढिएको
  • वीरगञ्जबाट २७० किलो गाँजासहित २ जना भारतीय नागरिक पक्राउ

    झापा / वीरगञ्जबाट २७० किलो गाँजासहित  २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी वडा नं -११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ रहेको प्रहरीले जनाएको छ ।वीरगञ्ज महानगरपालिका -२१ परवानीपुरको बाटो हुँदै लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २७० किलो गाजा बरामद गरिएको र उनीहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्ध

    • प्रकाशित मितिः असार २३, २०७९
    • 83 पटक पढिएको
  • मानव बेचविखन तथा ओसारपसारमा संलग्न तीन जना पक्राउ

    काठमाडौं / मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका- १० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका- ३२ पेप्सीकोला स्थायी वतन भएकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका- ७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् । दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढो

    • प्रकाशित मितिः असार २३, २०७९
    • 61 पटक पढिएको
  • राप्रपा नेपालका विद्यार्थी संगठन अध्यक्ष र महासचिव राप्रपामा प्रवेश

    काठमाडौं / कमल थापा नेतृत्वको राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका अध्यक्ष र महासचिव राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । बिहीबार उक्त सङ्गठनका अध्यक्ष कमल बम रजवार र महासचिव सचिन अधिकारीलाई राप्रपाका अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता प्रदान गरे ।

    • प्रकाशित मितिः असार २३, २०७९
    • 77 पटक पढिएको
  • सशस्त्रमा एसएसपीमा बढुवा हुन अव एसपीको सेवा अवधि तीन वर्ष मात्र !

    झापा / सशस्त्र प्रहरी बल, नेपालको नियमावली दोस्रो संशोधन स्वीकृत भएको छ । २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली दोस्रो संशोधन २०७९ मा राखिएका अन्य नियम संशोधन हाललाई थाती राख्दै नियम ४० को संशोधन स्वीकृत गरेको हो ।यसअघि सशस्त्र प्रहरीमा बढुवा प्रावधानका लागि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदबाट वरिष्ठ उपरीक्षक (एसएसपी) हुनका लागि चारवर्ष सेवा अवधि पूरा गरेको हुनुपर्थ्यो । तर, नियमावली संशोधन भएलगत्तै एसपीबाट एसएसपीमा बढुवा हुन अब तीन वर्ष मात्रै सेवा अवधि पूरा गरे पुग्छ ।यो नियमावली संशोधन भएसँगै १ चैत ०६९ मा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका अधिकृतहरूलाई फाइदा प

    • प्रकाशित मितिः असार २३, २०७९
    • 92 पटक पढिएको
  • भन्सार छली ल्याउँदै गरेको सुन र चाँदी सहित एक पक्राउ

    झापा / रूपन्देहीमा भन्सार छली ल्याउँदै गरेको सुन र चाँदी सहित पक्राउ एक जना पक्राउ परेका छन् ।  लुम्बिनी सांस्कृतिक नगरपालिका- ३ लंकापुरबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २ तोला सुन र डेढ किलोग्राम चाँदी सहित भारत घर भएका ४० वर्षीय बृजेश कुमार सुनारलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ आर ५०४० नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार बृजेशलाई उक्त सामान र मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २३, २०७९
    • 65 पटक पढिएको
  • १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

    झापा / बर्दियामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको खजुरा गाउँपालिका- २ बस्ने २० वर्षीय अब्दुल खाँ रहेको प्रहरीले जनाएको छ ।   ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा  बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार २३, २०७९
    • 86 पटक पढिएको
  • छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु

    झापा / काठमाडौंमा भएका छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । शंकरापुर नगरपालिका -९ खुमलटारमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय दीपक केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । साँखुबाट ईन्द्रायणीतर्फ जाँदै गरेको केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंको सानोभर्याङमा गएराति स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार चितवनका अन्

    • प्रकाशित मितिः असार २३, २०७९
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.