हेटौंडा / हेटौंडा उपमहानगरपालिका १० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामणि थानाबेला- १० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरी रहेको प्रहरीले जनाएको छ । बस्तिपुरबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना २ ह १५०८ नम्बरको आटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक चौधरीलाई पक्राउ गरेको हो । बिहीबार साँझ पक्राउ परेका चौधरीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
झापा / लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका- १ स्थित एक स्कुलमा सञ्चालन भइरहेको परीक्षा सामेल रहेका कास्की पोखरा महानगरपालिका- २ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटीलाई पक्राउ गरेको छ । महोत्तरी साविक पोखभिण्डा गाविस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको झोलाबाट
काठमाडौँ / सवारी साधनमा साउन १ गते भित्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान नभए साउन १ गतेबाट कारबाही हुने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ । १ साउन पछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड प्लेट जडान
एजेन्सी / भारतमा एक युवतीले आफैसँग विवाह गर्ने भएकी छन् । पश्चिम भारतकी ब्लगर २४ वर्षीया क्षमा बिन्दुले आफैसँग विवाह गर्ने घोषणा गरेकी हुन् । विवाहका सबै प्रक्रिया पूरा हुनेछ तर त्यहाँ दुलाहा हुने छैनन् । कारण उनी आफैसँग विवाह गदै छन् । आफूले आफैसँग विवाह गर्नुको कारण भने उनले आफूले आफैलाई प्रेम गर्ने बताएकी छन् । धेरै मानिसले आफूलाई रोजेको भएपनि उनले उनीहरूलाई नभएर आफैलाई रोजेको बताएकी छन् । पछिल्लो समय पश्चिमा मुलुकमा यो प्रवृत्ति तीव्र गतिमा बढ्दै आएको छ । जहाँ विवाहका सबै प्रक्रिया पूरा गरेर आफूले आफैसँग विवाह गरेका हुन्छन् । तर भारतमा भने यो पहिलो एकल विवाह हो ।जहाँ ती युवतीले आफैला
झापा / डडेल्धुराको आलिताल गाउँपालिकाको प्रशासन कक्षमा शुक्रबार बिहान आगलागी भएको हो । आगलागीमा परि पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केही कागजातसमेत जलेर नष्ट भएको आलिताल प्रहरी चौकीका इन्चार्ज भिमराज भट्टले जानकारी दिएका छन् । पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागी भएको बताए । हाम्रो परिवार पालिकाको क्यान्टिनमै बस्दै आएको छ । आगलागी भएको थाहा पाउनेबित्तिकै निभाउन तिर लागेँ। र, थप क्षति हुन पाएन । आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
झापा / बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती गर्न लागिएको हो । यस अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट यस अवधिमा दैनिक आधामात्रै उडान हुने छन् ।वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइने भट्टले बताए। सप्तकोसी निर्माण सेवा कम्पनीले विमानस्थल मर्मतसम्भारको ठेक्क
झापा / बैतडीमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पाटन नगरपालिका- ६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थी र सिगास- १ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी रहेका छन् । बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भीरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका- ६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले बताए ।यस्तै धामी भने स्थानीय गाजरी बजार नजिकै मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिएका छन् ।
काठमाडौँ / आज साँझ भर्चुअल रुपमा नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ । आजको केन्द्रीय कमिटी बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा गर्दै संसदीय चुनावसम्म कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि माओवादी केन्द्रले देशभरबाट निर्वाचित भएका जनप्रतिनिधिलाई बुधबार र बिहीबार प्रशिक्षण दिएको थियो । पार्टी केन्द्रीय कमिटीको बैठकअघि जनप्रतिनिधिलाई दिशाबोध गर्ने कामलाई उच्च प्राथमिकतामा राखिएको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
झापा / देशको अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।हाल प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आङ्शिकदेखि सामान्य बदली भई प्रदेश नं १ को केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले प्रदेश नं १, बागमती प्रदेश, गण्ड
बिर्तामोड / मोरङको विराटनगर महानगरपालिका - ४ बाट राजश्व छली अवैध रुपमा विराटनगरबाट इटहरी तर्फ लैजाँदै गरेको ४० लाख बराबरको समान सहित एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोगवनी टिकुलियाका ३४ वर्षीय श्याम चौधरी रहेका छन् ।चौधरीले बि आर ३३ जी बी २६२७ नम्बरको ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिनरी पार्टस पुर्जा र कपडा लगायतका सामान अवैध रुपमा राजस्व छली गरी इटहरीतर्फ लादै गरेको अवस्थामा बिराटनगर- ४ बाट प्रहरीले बुधवार साँझ पक्राउ गरेको हो । अवैध समान सहित पक्राउ परेका चौधरीलाई बरामद भएको समान र ट्याक्टर सहित आवश्यक कारवाहीको लागि विरा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.