समाचार

    Showing 23,081-23,090 of 25,258 items.
  • अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी, लाखौँको क्षति

    झापा / महोत्तरी जिल्लाको एकडारा गाउँपालिका –३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन् ।आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकँुडा, ग्यास सिलिन्डर, चुल्हा र घरसमेत जलेर रु पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन् ।

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 72 पटक पढिएको
  • २८ वर्षपछि फरार प्रतिवादी पक्राउ

    झापा  / जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस –७ र हाल दोरम्बा सैलुङ गाउँपालिका –४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए ।निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुर बाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ

    • प्रकाशित मितिः पुस १३, २०७८
    • 80 पटक पढिएको
  • अश्लिलता फैलाएको आरोपमा युटुबर पक्राउ

    काठमाडौँ  / युट्युब मार्फत अश्लिलता फैलाएको भन्दै साइबर ब्युरोले ‘युटुबरहरुलाई’ पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमा अश्लिल शीर्षक राखेर भिडियो मार्फत समाजमा अश्लिलता फैल्याएको भन्दै साथी भाइ अनलाइन टिभीका सञ्चालक राम बहादुर मल्ललाई  नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर १ पाखापानी घर भई काठमाडौंको अनामनगरमा बस्दै आएका मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिको आधारमा पक्राउ गरिएको हो ।उनलाई पक्राउ गरि ५ दिनको म्याद थप गरिएको ब्युरोले जानकारी दिएको छ । 

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 68 पटक पढिएको
  • किशोर–किशोरी झुण्डिएको अवस्थामा मृत फेला

    कैलाली  / कैलालीमा एक किशोरी र एक किशोरी दुई सय मिटरको दूरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । गौरीगंगा नगरपालिका –३ की १६ वर्षीया सन्जु चौधरी र १९ वर्षीय मायाराम चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरूको शव आइतबार साँझ फेला परेको हो ।सन्जु आफ्नै घरभित्र झुन्डिएकी थिइन भने मायाराम दुई सय मिटरको दूरीमा रहेको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । मृतक मायारामका बुबा बाँधुराम चौधरीका अनुसार दुवै परिवार गौरीगंगास्थित जुनेली शिविरमा बस्दै आएका थिए । गौरीगंगा नगरपालिका

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 78 पटक पढिएको
  • बिर्तामोडबाट ब्राउन सुगरसहित एक पक्राउ

    बिर्तामोड  / झापाको बिर्तामोड नगरपालिका –१ स्थित  पूर्व शान्ति टोलबाट ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –४ का २१ वर्षीय अबि शेखर रहेका छन् । उनलाई आइतबार बेलुका ७ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई प्रकाउ गरेको हो । पक्राउ परेका शेखरको साथबाट प्रहरीले दुई ग्राम चार सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको इलाका प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । 

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 78 पटक पढिएको
  • लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु

    पाँचथर /  पाँचथरमा लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका –२ ईम्बुङका इन्द्र कुमार नेम्बाङ रहेका छन् । पौष ९ गते दिउँसो ४ बजे सामान्य घरायसी विषयमा वादविवाद हुँदा नेम्बाङले श्रीमती ४५ वर्षीया जिवन कुमारी नेम्वाङलाई लोहोरोले टाउकोमा प्रहार गरेका थिए । लोहोरोका प्रहारबाट घाइते भएकी जिवन कुमारीको उपचारको क्रममा बिर्तामोडको बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न नेम्बाङलाई नियन्त

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 60 पटक पढिएको
  • एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

    मोरङ  / मोरङको विराटनगरबाट एटिएम तोडफोडमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका –५ का २१ वर्षीय पारस कालिकोटे रहेका छन ।कालिकोटेले आइतबार राती साढे ९ बजे विराटनगर नगरपालिका –३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोड फोड गरेका थिए । एटिएम तोडफोड गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 65 पटक पढिएको
  • सप्तरीमा एक महिलाको हत्या

    सप्तरी / सप्तरीमा एक जना महिलाको हत्या भएको छ । छिन्नमस्ता गाउँपालिका –१ की ५० वर्षीय भुटनीदेवी यादवको हत्या भएको प्रहरीले जनाएको छ । यादवको टाउकोमा बोतल प्रहार गरी हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार आइतबार साँझदेखि हराइरहेकी भुटनीदेवीको शव सोमबार बिहान फेला परेको थियो । 

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 67 पटक पढिएको
  • श्रम मन्त्रीको सल्लाहकारमा बस्याल नियुक्त

    काठमाडौँ  / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा केशव बस्याल नियुक्त भएका छन् । भारतमा रहेका नेपाली आप्रवासी तथा सरोकारको विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल वैदेशिक रोजगारीका मुद्दाहरूमा निरन्तर आवाज उठाउने अभियन्ता हुन् । त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसम्बद्ध बस्याल सेन्टर फर माइग्रेस एन्ड इन्टरनेसनल रिलेसन्स नामक निजी संस्थामा अनुसन्धान निर्देशकसमेत छन् । 

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 46 पटक पढिएको
  • एक करोड पचास लाख बराबरको अवैध सामग्री बरामद

    झापा / जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो ।प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिएका छन । उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए । गत मङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७ र यही पुस महिनाको १० गतेस

    • प्रकाशित मितिः पुस १२, २०७८
    • 82 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.