समाचार

    Showing 23,321-23,330 of 26,772 items.
  • स्थानीय तह निर्वाचन : कुन पालिकाको प्रमुखमा कसले जित्यो ?

    बिर्तामोड / देशभरका स्थानीय तहका मतपरिणाम आउने क्रम जारी छ । स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतपरिणाम अनुसार हालसम्म २४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म नेकपा एमालेले १० पालिका जितेको छ भने, नेपाली कांग्रसले ९ वटाको प्रमुखमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ४ पालिका प्रमुख जितेर तेस्रोमा रहेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेर चौथो स्थानमा छ ।एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेको छ भने अन्यत्र पालिकामा भने मतदानमार्फत सफल्ता हात पारेको हो ।नेकपा एमाले१. से फोक्सुण्डो गाउँपालिका – डोल्पा२. चामे गाउँपालिका – मनाङ३. ङिस्य

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 79 पटक पढिएको
  • कनकाई मत गणना अपडेट : छ हजार ९७१ मत गणना गर्दा कसको कति ?

    बिर्तामोड / झापाको कनकाई नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेद्वारी दिएका जेब्रा चुनाव चिन्हका शेरबहादुर थापा अग्र स्थानमा रहेका छन् । छ हजार ९७१ मत गणना गर्दा कनकाईको प्रमुख पदमा थापाले दुई हजार ८७९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रमुख पदमा एमालेका राजेन्द्रकुमार पोखरेलले दुई हजार ४८, कांग्रेसका उम्मेदवार रुद्रप्रसाद चिमरियाले ९५७, राप्रपाका उम्मेदवार श्यामसुन्दर ओलीले ३१६, तराजु चुनाव चिन्हका भिम प्रसाद अधिकारीले सात र पुतली चुनाव चिन्हका देवी प्रसाद उप्रेतीले एक मत पाएका छन् । यस्तै उप प्रमुख पदमा एमालेकी मञ्जु प्रसाईंले दुई हजार ४२३ मत प्राप्त गरेकी छिन् भने

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 380 पटक पढिएको
  • तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा पुनः खापुङ र तिम्सिना निर्वाचित

    तेह्रथुम / तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र उपाध्यक्षमा गीतादेवी तिम्सिना पुनः दोहोरिएका छन् । ०७४ को निर्वाचनमा पनि फरक–फरक दलबाट अध्यक्ष र उपाध्यक्ष जितेका खापुङ र तिम्सिनाले यसपटक पनि रोचक प्रतिस्पर्धाका बीच विजयी भएका हुन् ।अध्यक्ष उम्मेदवार खापुङ नेकपा एमालेका उम्मेदवार हुन् भने उपाध्यक्ष तिम्सिना नेपाली काङ्ग्रेसकी उम्मेदवार हुन् । यहाँ एमालेको उपाध्यक्ष उम्मेदवार र कांग्रेसका अध्यक्ष उम्मेदवार यसपटक पनि पराजित भएका छन् ।अध्यक्षमा निर्वाचित खापुङले २ हजार ५५ मत ल्याएका छन् भने उनका उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका धनकुमार लिम्बुले २ हजार २१ मत प्रा

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 111 पटक पढिएको
  • भद्रपुर- २ मा गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार कँडेल निर्वाचित

    बिर्तामोड / भद्रपुर नगरपालिका वडा नम्बर- २ मा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले वडा अध्यक्षका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका छन् । एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका भीमबहादुर सुब्बालाई २३९ मतान्तरले पछि पार्दै कांग्रेसका उम्मेदवार कँडेल निर्वाचित भएका हुन् । कँडेलले १३०९ र सुब्बाले १०७० मत ल्याएका छन् । गठबन्धनले वडा अध्यक्ष जितेपनि सबै वडा सदस्यहरू एमालेले जितेको छ । वडा सदस्यहरूमा एमालेका ममता लिम्बू ,  द्रोणविक्रम कोइराला, लीलानाथ निरौला र देवीका बस्याल निर्वाचित भएका छन् । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 99 पटक पढिएको
  • लिङ्देनको निर्वाचन क्षेत्र कचनकवलका दुई वडामा एमाले र कांग्रेस विजयी

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्र झापाको कचनकवल –२ को मत गणना सकिएको छ । वडा नम्बर –२ को वडा अध्यक्षमा नेकपा एमालेका लेखनाथ खत्री विजयी भएका छन् । वडा नम्बर –२ मा दुई हजार ३७७ मत खसेकोमा खत्रीले ७८० मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी राप्रपाका हरिनारायण चौहानले ६८५ मत प्राप्त गरेका छन् ।  त्यस्तै वडा अध्यक्षमा कांग्रेसका सुरज कुमार भट्टराईले ६३१ मत, माओवादीले ४३ र साइकलले ७ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा एमालेका गणेश भण्डारी र मनमाया चौहान, कांग्रेसका धन बहादुर गुरुङ र दलित सदस्य तर्फ राप्रपाका अमृता बोगटी गन्धर्व नि

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 103 पटक पढिएको
  • स्वास्थ्यमा समस्या आएको भन्दै मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

    उदयपुर /  उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्यमा समस्या आएको भन्दै राजीनामा दिएका छन् । निर्वाचनको काम नसकिँदै उनले शनिबार कार्यालयको काम गरिरहेका बेला स्वास्थ्यमा समस्या आएर बेहोस भएपछि खनालले निर्वाचनको बाँकी काम गर्न नसक्ने भनेर निर्वाचन आयोगमा लेखी पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 132 पटक पढिएको
  • अपडेट : बुद्धशान्ति गाउँपालिकामा गठबन्धनका प्रसाईँ अगाडि

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा २७११ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले १०१७ र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले १००९ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले २०२ मत ल्याएका छन् ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ५७९ , गठबन्धन (माओवादी) का खड्ग बहादुर तिम्सिनाले ४२९ , राप्रपाकी इन्दिरा रिजालले १०४ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले १०८० मत ल्याएका छन् । यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले ७७८ मत, एमालेका अनिल वाग्लेले १३३७ र राप्रपाका

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 87 पटक पढिएको
  • काठमाडौंमा बालेन २८२० मतका साथ अग्रस्थानमा

    काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै रहेका छन् ।आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् ।त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । शनिबार सुरु गरिएको मत गणनामा हाल वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 98 पटक पढिएको
  • कचनकवल अपडेट : वडा नं. –२ मा दुई हजार ३७७ मत गणना, कसको कति ?

    बिर्तामोड / झापाको कचनकवल गाउँपालिकामा –२ मा दुई हजार ३७७ मत गणना गर्दा कांग्रेस–एमाले गठबन्धनको अग्रता कायमै रहेको छ । गठबन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका कांग्रेसका कालेन्द्र प्रसाद सिंह राजवंशीले एक हजार २२७ मत प्राप्त गरेका छन् भने एमालेका उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले एक हजार २१ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका अन्जरा आलमले ७५५ मत प्राप्त गरेका छन् भने राप्रपाका उपाध्यक्ष निमसरी राजवंशीले ७७८ मत प्राप्त गरेकी छन् । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार बुद्धि प्रसाद नेपालले ८१ मत र उपाध्यक्ष भागीरथी अधिकारीले ८३ म

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 1,034 पटक पढिएको
  • भारतीय प्रधानमन्त्री मोदी सोमबार (भोलि) नेपाल आउँदैः यस्तो छ उनको कार्यतालिका

    काठमाडौं  / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ६ घण्टाको लागि नेपाल आउँदै छन् । भारतीय प्रधानमन्त्रीको रुपमा पाँचौं पटक नेपाल आउन लागेका मोदी सोमबार सिधै लुम्बिनी आएर त्यहीँबाट सोही दिन स्वदेश फर्कने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार मोदी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा सोमबार बिहान एघार बजेतिर लुम्बिनी आउने छन् । हेलिकप्टरबाट झरेपछि उनी सिधै मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थन

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 143 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.