समाचार

    Showing 23,361-23,370 of 25,279 items.
  • चितवनमा आगलागीबाट दुई बालबालिकाको मृत्यु

    चितवन / चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।मृत्यु हुनेमा रुम्बाका छोराको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीकी तीन वर्षीया नातिनी मनिसा तामाङ रहेका छन् । राप्ती नगरपालिका –१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियो । आगलागीबाट सुरज र मनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको ब्याट्री सर्ट भएर आगलागी भएको उनले बताए ।घरका अभिभावक बाहिर गएका बेला घर

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 76 पटक पढिएको
  • जाजरकोटमा बस दुर्घटना : ५ को मृत्यु, २५ घाइते

    जाजरकोट  / जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका –१० का शेरबहादुर परियार, कुशे गाउँपालिका –९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका –५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका –१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।बस सडकबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी २८ जना घाइते भएका जिल्ला प्रहरी क

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 72 पटक पढिएको
  • आज यी क्षेत्रमा वर्षाको सम्भावना

    झापा / बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ ।  शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भु–भागमा बदली रहने छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्न थालेको छ ।

    • प्रकाशित मितिः मंसिर ११, २०७८
    • 63 पटक पढिएको
  • विराटनगरबाट लागूऔषध सहित एक पक्राउ

    मोरङ / मोरङको विराटनगरबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका –१ का ३० वर्षीय सुजित पौडेल रहेका छन् । आज (शुक्रबार) दिउँसो पौने २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई विराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरेको हो । पक्राउ परेका पौडेलको साथबाट प्रहरीले लुपिजेसिक –८ एम्पुल ,डाईजाल्याब –८ एम्पुल , एभिल –८ एम्पुल, फेनारगन –८ एम्पुल र डाइलेक्स डीसी –१ बोतल लागूऔषध बरामद गरेको छ । 

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 85 पटक पढिएको
  • प्रहरीले माग्यो विभिन्न पदकालागि २ हजार भन्दा बढी जनशक्ति

    काठमाडौं / नेपाल प्रहरीले कार्यालय सहयोगीदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मका लागि दरखास्त आह्वान गरेको छ ।प्रहरीले आज सूचना जारी गर्दै धोबी, कुचिकार, सिलाइबुनाइ, हजाम, भान्छे, प्रहरी जवान र प्रहरी निरीक्षकका लागि २ हजार ३२० जना माग गरेको हो ।जसमा सबैभन्दा बढी प्रहरी जवानका लागि १ हजार ९७१ कोटा छ । प्रहरी जवानमा १ जार ६३ खुलातर्फ पदपूर्ति हुनेछ, भने बाँकी सिट समावेशी समूहका लागि छुट्याइएको छ ।यसैगरी, १४६ जना प्रहरी निरीक्षक भर्ना गरिने भएको छ । जसमा ७९ सिट खुलातर्फ र बाँकी समावेशी समूह तर्फ रहेको छ ।प्रहरीमा १६३ जना भान्छे मागिएको छ । त्यस्तै, धोबी, कुचिकार, सिलाइ/बुनाइ र हजाममा १०/१० सिट

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 83 पटक पढिएको
  • काठमाडौंबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० पक्राउ

    काठमाडौँ / ३३ लटर रक्त चन्दनको तेलसहित प्रहरीले १९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका –६ घरका २३ वर्षीय घनश्याम आलेमगर, हलेसी –९ मै घर भई चाबहिल बस्ने २० वर्षीय जीवन थापा, तनहुँ भानु नगरपालिका –६ घर भई सामाखुसी बस्ने २५ वर्षीय सुदीप भट्टराई लगायत छन्।महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई बिहीबार दिउँसो तिलगङ्गाबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुबेर खापुङले जानकारी दिए । प्रतिलिटर पाँच लाखका दरले ग्राहकसँग ‘डिल’ गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको एसएसपी खापुङले बताए । रक्तचन्दन बिक्री वितरणमा प्रतिबन्ध छ। त्यसको तेल

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 75 पटक पढिएको
  • जंगली हात्तीको आक्रमणमा परी एकको मृत्यु

    झापा / झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका –९ का ६० वर्षीय राम बहादुर बुर्जा मगर रहेका छन् । उनको बिहीबार साँझ ६ : ३० बजे मेचीनगर –१४ शनिबारे स्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्दै गरेको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणमा परी मगरको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 65 पटक पढिएको
  • भद्रपुरबाट ब्राउन सुगरसहित सात पक्राउ

    झापा / झापाको भद्रपुरबाट ब्राउन सुगरसहित प्रहरीले सत जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भद्रपुर –७ का १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, २० वर्षीय राहुल ठाकुर, २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड –८ का १८ वर्षीय सुदिप श्रेष्ठ, ३१ वर्षीय प्रताप योन्जन र अर्जुनधारा –१ का २८ वर्षीय राज श्रेष्ठ रहेका छन् । बिहीबार दिउँसो चार बजे बोक्तोबारी प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट प्रहरीले खैरो हिरोइन ४ ग्राम ६१० मिलिग्राम, नाइट्रोजन ट्याबलेट १, ड

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 653 पटक पढिएको
  • विमानस्थलबाट सुन सहित ताप्लेजुङका जीवन पक्राउ

    बिर्तामोड / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ लिङखिम–७ स्थायी घर भएका २२ वर्षीय जीवन लिम्बू रहेका छन् ।प्रहरीले उनलाई विमानस्थलबाट एउटा बाला र दुई वटा औँठीसहित पक्राउ गरेको हो । उनी नेपाल एयरलाइन्समार्फत कतारको दोहाबाट काठमाडौं आउने क्रममा पक्राउ परेका हुन् ।विमानस्थलमा चेकजाँचका क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई सुन ल्याएको अवस्थामा उनलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 92 पटक पढिएको
  • कानुन भन्दा माथि आरती स्ट्रिप्स : सञ्चालक सिंघलमाथि भएन कारवाही

    विराटनगर / आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि सांघातिक हमलामा संलग्न सञ्चालक सञ्जय सिंघलमाथि कानुनी कारवाही अघि नबढाई प्रहरीले रिहा गरेको छ । नेपालमाथि आक्रमणमा संलग्न सिंघल पक्राउ परेको केही घण्टामा नै रिहा भएका हुन् ।  घाईते नेपालमाथि सांघातिक हमलामा संलग्न सिंघललाई उच्च सरकारी अधिकारी र नेपाली कांग्रेस सहित ठूला पार्टीका उच्च नेताको दबाबमा प्रहरीले कानुनी कारवाही अघि नबढाई रिहा गरेको हो ।बुधबार बेलुका सिंघल नेतृत्वको समूहले नेपालमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका नेपाल गम्भिर घाईते भएका छन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ  ।आक्रमणमा संलग्न सिंघललाई प्रहर

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.