समाचार

    Showing 23,391-23,400 of 25,279 items.
  • राजनीति गर्ने पत्रकारको सदस्यता खारेज गर्न महासङ्घको चेतावनी

    काठमाडौँ / नेपाल पत्रकार महासङ्घले विभिन्न राजनीतिक दलका सङ्गठनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा अहिले भइरहेका चुनावमा पत्रकार महासङ्घका सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको र प्रतिस्पर्धा गरेको भन्दै महासङ्घले सदस्यता खारेज गर्ने चेतावनी दिएको हो । पत्रकार महासङ्घको विधानले पत्रकार महासङ्घका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको छ । कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारित

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 68 पटक पढिएको
  • भरुवा बन्दुकसहित एक पक्राउ

    धनकुटा / धनकुटाको छथरजोरपाटी गाउँपालिका –३ चिउरीबोटेबाट भरुवा बन्दुक प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय राजन लिम्बु रहेका छन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सँगै राई पक्राउ गरिएको हो । 

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 99 पटक पढिएको
  • १६ केजी गाँजा सहित एक पक्राउ

    मोरङ  / मोरङको रंगेली नगरपालिका –१ विशाल बजार चौक स्थितमा को १ ह ४८०२ नम्बरको टेम्पोबाट १६ केजी गाँजा बरामद भएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो । गाँजा फेला परे पश्चात टेम्पो चालक मोरङ बेलबारी नगरपालिका –३ का २४ वर्षीय बुद्दराज राईलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 79 पटक पढिएको
  • झापाबाट ब्राउन सुगर सहित तीन पक्राउ

    झापा / झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –५ का २४ वर्षीय अभिसेक राजवंशी, ताप्लेजुङको श्रीजंगा गाउँपालिका –३ की २० वर्षीया अनिसा भट्टराई र इलाम नगरपालिका –६ की २८ वर्षीय मनिस राई रहेका छन् । शनिबार बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका –११ स्थित बसपार्कबाट राजवंशीलाई पक्राउ गरेको हो । राजवंशीको साथबाट प्रहरीले ३ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।&n

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 1,854 पटक पढिएको
  • दमकबाट साढे दुई लाख नगदसहित ६ जुवाडे पक्राउ

    झापा / झापाको दमक नगरपालिका –४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट साढे दुई लाख नगदसहित प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –६ का ६६ वर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ति गाउँपालिका –३ का ४५ वर्षीय सोनी तामाङ, होटल सञ्चालक दमक नगरपालिका –४ का ४७ वर्षीय शेर बहादुर कार्की, सोही स्थानका ५३ वर्षीय रेवत वुढाथोकी, ४६ वर्षीय चेत बहादुर कुँवर र  दमक नगरपालिका –९ का ४६ वर्षीय रविन श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार राती साढे १० बजे उक्त ह

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 219 पटक पढिएको
  • मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

    उदयपुर / उदयपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका –५ की ७० वर्षीया इच्छा कुमारी राई रहेकी छिन् । शनिबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट राई गम्भिर घाईते भएकी थिइन् । घाइते राईको धरान घोपामा उपचारको क्रममा शनिबार राती साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो दुर्घटनाबाट मोटरसाइकल चालक सप्तरी सप्तकोसी नगरपालिका –१ का ३५ वर्षीय आलोक राई समेत घाईते भएका छन् । उनको सोही अस्पतालमानै उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 62 पटक पढिएको
  • कानून व्यवसायीहरुद्धारा गृहमन्त्री खाँडको राजीना माग

    काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रीएका कानुन व्यवसायिहरुले आज गृहमन्त्री खाँडको पनि राजिनामा माग गरेका छन् । सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग भएको भन्दै कानुन व्यवसायीहरूले गृहमन्त्री बालकृष्ण खाँणको राजिनामा माग गरेका हुन् । गत कात्तिक १४ गते देखि प्रधानन्याधिश विरुद्ध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनमा गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन् ।कानुन व्यवसायिहरुकाे मंसिर २ गतेको विराेध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 126 पटक पढिएको
  • २२ एसपीको सरुवा , कस्को कहाँ ?

    काठमाडौँ / नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसपटक मानव बेचविखन अनुसन्धान ब्युरोका अनुराग कुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौँका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ ।यस्तै अबि नारायण काफ्लेलाई अख्तियारबाट सप्तरी,

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 86 पटक पढिएको
  • दाङमा बुस दुर्घटना हुँदा २९ यात्रु घाइते

    दाङ / दाङमा बुस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाडौं आइरहेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको यात्रुबसलाई बस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका –३ नारायणपुरमा दुर्घटना भएको हो । बस दुर्घटनामा २९ यात्रु घाइते रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनका अनुसार घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ।उनीहरूलाई उपचार गर्न राति नै बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको छ।केही घाइतेको लमहीमै उपचार भइरहेको छ। थप चार घाइतेलाई भने उपचार गर्न कोहलपुर मेडिकल कलेज नै पठाइएको छ। ए राति पौने २ बजे बसको अ

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 74 पटक पढिएको
  • करेन्ट लागेर महिलाको मृत्यु भएपछि ६ पुरुष पक्राउ

    पाल्पा / पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक महिलाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै प्रहरीले ६ जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा –२, सोमादीका ३५ वर्षीय हुमबहादुर घर्तीमगर, ४४ वर्षीय हरिप्रसाद पाण्डे, २४ वर्षीय अनिल बुढा, ३२ वर्षीय पदमबहादुर गाहा र २७ वर्षीय धनबहादुर गाहा र रिब्दीकोट–१, बस्ने ३० वर्षीय केशब आले रहेका छन् । घटनामा संलग्न  रैनादेवी छहरा–२, का ३५ वर्षीय सूर्य गरम्जा र सोही स्थानका २८ वर्षीय लालबहादुर बुढाथोकी फरार रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।गत कात्तिक ३० गते घरबाट घाँस काट्न भनेर  गएकी रैनादेवी छहरा

    • प्रकाशित मितिः मंसिर ४, २०७८
    • 74 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.