विराटनगर / जिल्ला कारागार मोरङमा शनिबार बिहान एक कैदीको मृत्यु भएको छ । विराटनगर महानगरपालिका –१० का ६३ वर्षीय गोपाल शर्माको कोसी अस्पतालमा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । कान दुख्ने समस्या भोगिरहेका शर्मालाई रक्तचाप कम भएका कारण कोसी अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए । उनी जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी प्रमाणित भएपछि ८ वर्षदेखि मोरङ कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
उदयपुर / उदयपुरको उदयपुरगढी गाउपालिका –७ स्थित गाईघाट–कटारी सडकखण्डमा ट्रक दुर्घटना २४ प्रहरी घाइते भएका छन् । शुक्रबार राती करिब ९ बजेको समयमा कटारीबाट गाईघाट तर्फ आउँदै गरेको प्रहरी कार्यालयको बा १ ग २१६७ नम्बरको ट्रकको ब्रेक फेल भई दुर्घटना भएको हो । दुर्घटनापछि घाइते प्रहरीहरूको उद्धारगरी उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेद प्रसाद गौतमले जानकारी दिए । घाइते प्रहरीहरूको नोवेल अस्पताल विराटनगरमा उपचारमा भइरहेको बताइएको छ । घाइतेहरू मध्ये दुई जनाको अवस्था चिन्ताजनक र अन्यको अवस्था सामान्य रहेको जनाइएको छ ।
नेपालीलाई आफ्नो मुलुकको सेनामा भर्ना गर्दै आएको बेलायतले स्वास्थ्य क्षेत्रमा पनि नेपालीलाई अवसर दिने भएको छ । सरकारी बेवास्ताले वैदेशिक रोजगारमा जानेले राम्रा अवसर गुमाईरहेको समयमा बेलायतले आकर्षक सेवा सुविधा दिने गरी १० हजार नेपाली श्रमिक लाने भएको हो ।वैदेशिक रोजगारीमा कोरोनाका कारण संकट आएका बेला कतारबाट सुरक्षाकर्मीका लागि आएको अवसर गुमाएका नेपालीका लागि बेलायती प्रस्तावले वैदेशिक रोजगारीको क्षेत्रमा नयाँ ढोका समेत खोल्ने छ । बेलायतले नेपाली नर्स लगे अन्य मुलुकले समेत लाने सम्भावना बढ्ने भएकाले स्वदेशमा नै न्युन पारिश्रमिकमा काम गर्दै आएका नर्सको सेवा सुविधा वृद्धि गर्न समेत यो
रौतहट / रौतहटको कटहरिया बजारमा हावा भर्ने ट्यांकि पड्किएर शुक्रबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा ग्यारेज सञ्चालक कटहरिया नगरपालिका –५ का २० वर्षीय समसुल मियाँ रहेका छन्।पड्केको ट्याङ्कीको फलामको टुक्राले लागेर समसुलको टाउकोमा लाग्दा उनी घाइते भएका थिए । घाइते मियाँको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका सइ बिरेन्द्र यादवले जानकारी दिए । मृतक समसुलसँगै ग्यारेजमा बसिरहेका स्थानीय २५ वर्षीय जैसी यादव सामान्य घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेको छ । घाइते यादवको स्थानीय अस्पतालमा उपचार भइरह
काठमाडौं / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दु्ई केजी सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहनी रहेका छन् । पक्राउ परेका दुवैजना आज बिहान नेपाल एयरलाइन्स ९.४५ को विमानबाट काठमाडौँ आएका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।उक्त सुन त्रिभुवन विमानस्थलको सुरक्षा टोली र अपराध महाशाखाको टोलीले बरामद गरेको हो । बरामद भएको सुुन परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ। यस्तै सोही विमानबाट आएका व्यक्तिबाट १५० ग्राम सुन लिँदै गरेको अवस्थामा कञ्चनपुरका धर्मबहादुर सुनार र खोटाङका हरी
काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा वकिल लक्ष्मी पोखरेल लगायत केही कानुन व्यवसायीहरू घाइते भएका छन् । कानुन व्यवसायीहरू नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरूबीच झडप भएको हो । उनीहरूले ‘अदालत परिसर हाम्रो हो, दंगा प्रहरी फिर्ता जाउ, कानुन व्यवसायीको एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ । स्वतन्त्र न्यायपालिका कायम गर, नेपाल बार एसोसिएसन जिन्दावाद’, लगायतका नारा लगाएका छन् ।
धनुषा / ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्रयाक्टर पल्टिएको हो । दुर्घटनामा परी भारतको विहार राज्य सीतामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्रयाक्टर ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाक
ताप्लेजुङ / ताप्लेजुङमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फुङलिङ नगरपालिका -८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट जाँदै गरेको वान्टेड ट्याक्टर अनियन्त्रित भई सडक देखी अन्दाजी ३० मिटर तल झरी दुर्घटना भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक मोरङ मिक्लाजुङ गाउपालिका-९ मधुमल्लाका २७ वर्षीय पुष्प बि.क.रहेका छन् । बिहीबार बेलुका साढे ६ बजे भएको दुर्घटनाबाट गम्भिर घाईते भएका उनको उपचारको लागी बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
काठमाडौँ / नेपाल प्रहरीका आठ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।डीएसपी जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट बढुवामा सिफारिस भएका छन् ।
काठमाडौँ / काठमाडौँको थापाथलीस्थित प्रसुती गृह अस्पतालमा पछिल्लो ६ महिनामा ३६३ नवजात शिशुको मृत्यु भएको छ । देशभरकै सबैभन्दा वढी प्रसुती गराउने प्रसूति गृहमा गत वैशाखदेखि असोज सम्ममा १२५ बालक र ११२ जना नवजात बालिकाको मृत्यु भएको हो । स्वस्थ आमाबाट जन्मेका केही समयमा शिशुहरूको मृत्यु हुने गरेको अस्पतालले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । ६ महिनामा १ सय २६ नवजात शिशुको मृत्यु भएको छ । ६९ शिशु बालक र ५७ नवजात बालिका शिशुको मृत्यु भएको हो ।समय नपुगी बच्चा जन्मनु र मृत्यु हुनुमा आमाको स्वास्थ्यमा समस्या हुन सक्ने अस्पतालकी नर्सिङ प्रमुख आशालक्ष्मी प्रजापति बताइन्। आमाको स्वास्थ्य अव
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.