समाचार

    Showing 23,441-23,450 of 26,772 items.
  • हेटौंडामा मोटरसाइकलको ठक्करबाट ६० वर्षीय वृद्धाको निधन

    हेटौंडा / मोटरसाइकलको ठक्करबाट हेटौंडामा  ६० वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१५, शिखरपानीकी मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।हिजो साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौंडा- ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताइएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 62 पटक पढिएको
  • ललितपुरमा एमाले उम्मेदवारको गाडी तोडफोड

    ललितपुर / ललितपुरको भट्टेडाँडामा एमालेका वडा सदस्य उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती- ३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका- ३ बुलाका नारायण भोम्जन को गाडी तोडफोड भएको हो ।कांग्रेसका कार्यकर्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरेका छन् । उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौ ।’खड्काले गाडीको झण्डा पनि निकालेर फ्याँकिएको बताए । उनले भने,‘साँझ ७ बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कँदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’निर्वाचनको क्रम

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 84 पटक पढिएको
  • कालीगण्डकी नदीमा पौडी खेल्न गएका १२ वर्षीय बालक बेपत्ता

    तनहुँ / कालीगण्डकी नदीमा सोमबार पौडी खेल्न गएका १२ वर्षीय बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा घिरिङ गाउँपालिका- ५ धेनुङका ईश्वर बिक रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको आज पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पुट्टारबाट स्याउलीबजार जोडिएको झोलुंगे पुलबाट केही तल तीन जना पौडी खेल्न गएकामा बिक नदीले बगाएर बेपत्ता भएका हुन् । अन्य दुई भने नदी तर्न सफल भएका थिए ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 67 पटक पढिएको
  • मोटरसाइकल जलाएको आरोपमा वाइसिएलका दुई कार्यकर्ता पक्राउ

    रुकुम / पश्चिम रुकुमको आठबीसकोटमा कांग्रेस कार्यकर्ताको मोटरसाइकल आगजनी गरेको आरोपमा बाइसिएलका दुईजना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका- १० घर भएका २३ वर्षीय विशाल ओली र १८ वर्षीय प्रेम प्रकाश ओली छन् । सोमबार आठबिसकोट नगरपािलका- १० मा झडप हुँदा उनीहरूले कांग्रेसको चुनाव प्रचारमा प्रयोग गरिएको मोटरसाइकल जलाएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 68 पटक पढिएको
  • रोल्पामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप

    झापा / रोल्पामा नेपाली कांग्रेस र  नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच सोमबार राति झडप भएको छ । रोल्पाको गंगादेव गाउँपालिका- ५ मा भएको झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर रहेको प्रहरीले जनाएको छ । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गंगादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए । तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घट

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 84 पटक पढिएको
  • मतदाता परिचयपत्र नहुँदा पनि मतदान गर्न पाउने

    बिर्तामोड / निर्वाचन आयोगले मतदाता परिचयपत्र नभएकालाई पनि मतदान गर्न मिल्ने व्यवस्था गरेको छ । मतदाता नामावलीमा नाम भएपनि मतदाता परिचय पत्र नभएकाले पनि आधिकारिक कागजातका आधारमा मतदान गर्न पाउने भएका हुन् ।परिचय खुल्ने आधिकारिक कागजात पेस गरेको खण्डमा मतदान दिन मिल्ने गरि तयारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । नियमित पत्रकार सम्मेलनमा पौडेलले ५ सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ८ जना र ५ सयभन्दा थोरै मतदाता भएका केन्द्रमा ७ जना कर्मचारी खटिने आयोगले जनाएको छ ।आयोगले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएका निर्वाचन आचारसंहिता विपरीतका सामग्री

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 281 पटक पढिएको
  • मतदान केन्द्र र मतगणनास्थलमा त्रिपालको व्यवस्था गर्न आयोगको निर्देशन

    काठमाडौँ /  निर्वाचन आयोगले सबै मतदान केन्द्र र मतगणनास्थललाई वर्षाको पानीबाट जोगाउन पालको व्यवस्था गर्न सबै पालिकालाई निर्देशन गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार चुनावको दिन देशभर पानी पर्ने भएपछि आयोगले पालको व्यवस्था गर्न आग्रह गरेको हो । ‘वर्षाको पानीबाट मतदान कार्य र मतगणना प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्नका लागि सबै पालिकाले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत निर्देशन दिने

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 57 पटक पढिएको
  • महाराजगञ्ज नगरपालिकाकी उपप्रमुख उम्मेदवारको हृदयघातका कारणको निधन

    कपिलवस्तु / कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको छ ।निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा  सोमबार राती १ बजेतिर निधन भएको हो । उम्मेदवारको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको मङ्गलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढ्ने उनले बताए । कुर्मी महाराजगञ्ज नगरपालिका- २, गैडहवाकी बासिन्दा हुन् ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 100 पटक पढिएको
  • दाङमा वडाध्यक्षका उम्मेदवारको निधन

    दाङ / दाङमा वडाध्यक्षका उम्मेदवारको  ५३ वर्षको उमेरमा निधन भएको छ ।  तुलसीपुर उपमहानगरपालिका- १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । चौधरी मिर्गौला र कलेजो सम्बन्धी रोगबाट पीडित थिए । नेकपा (एमाले) बाट उम्मेदवार बनेका चौधरीको काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासि बिरामी परेका उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल  लगिएको थियो ।&n

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 79 पटक पढिएको
  • अर्नाको आक्रमणबाट भद्रपुरका मिश्र घाइते

    भद्रपुर / झापाको भद्रपुरमा अर्ना (जङ्गली भैँसी) को आक्रमणबाट एक जना घाइते भएका छन् । जलथल जङ्गलबाट निस्किएको अर्नाको आक्रमणबाट भद्रपुर –२ स्थित कमलधापका कृष्णप्रसाद मिश्र घाइते भएका हुन् । घाँस काट्न जाने क्रममा अर्नाले उनीमाथि आक्रमण गरेको स्थानीय तेज प्रकाश भण्डारीले जानकारी दिए । 

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 99 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.