बारा / बाराबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महागढीमाई नगरपालिका –५ का ३५ वर्षीय मनोज प्रसाद जैसवाल रहेका छन्।उनलाई प्रहरीले बारागढी गाउँपालिका –३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । उनको साथबाट प्रहरीले पेस्तोलसँगै एक राउन्ड गोली पनि बरामद गरेको छ । प्रदेश–३–०२–०१०प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी लिँदा कम्मरबाट पेस्तोल बरामद भएको मिश्रले बताए।
काठमाडौँ / रेडियो नेपालले कर्मचारी भर्नाका लागि दरखास्त आव्हान गरेको छ । लोकसेवा आयोगको सहमतिमा रेडियो नेपालले इन्जिनियर देखि संवाददातासममका पदहरूमा दरखास्तका लागि आह्वान गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मातहतमा सञ्चालन हुँदै आएको रेडियो नेपालले इन्जिनियर, प्रशासकीय अधिकृत, व्यापार अधिकृत, कार्यक्रम अधिकृत, सम्पादक, संवाददाता, लेखापाल वाद्यवादक, कार्यक्रम सहायक लगायत पदमा ३९ जनाका लागि विज्ञापन खुलाएको छ । विज्ञापन प्रकाशित भएको मिति कात्तिक २६ गतेदेखि २१ दिनभित्र दरखास्त बुझाउन सकिन्छ । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि दरखास्त बुझाउन सकिने रेडियो नेपालले जनाएको
सप्तरी / इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ ।कोरोना संक्रमित तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।उनलाई दशैँ अघि कोरोना पोजेटिभ भएको थियो । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर दरबन्दी भएका उनी केही महिनायता इलाका प्रहरी कार्यालय कञ्चनपुरमा काजमा खटिएका थिए । उनी भक्तपुरकै निवासी हुन् ।
लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु झापा पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका – ५ लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रदेश १– ०२ –०४१ प २००० नम्बरको मोटरसाइकल गएराति पौने १ बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो । शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका – २० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी
एजेन्सी / सामान्यतया गर्भधारण भएको ९ महिना शिशु जन्मिन्छन् । तर, दक्षिणपूर्वी राज्य अलाबामा एक शिशुले निकै कम समयावधिमै जन्म लिएका छन् । ती शिशु २१ हप्ता अर्थात् १४७ दिनमा जन्मिएका हुन्।निकै कम समयमा जन्मिएका ती शिशुले संसारकै कम समयमा जन्मिने शिशुको रुपमा प्रमाणपत्र पाएका छन् । कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिँदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ ।करिब १९ हप्ताअघि नै आमा माइकल बटलरको गर्भबाट जन्म लिएका हुन् । बटलरले जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टि
काठमाडौँ / उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ । उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो ।मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । उनका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ ।पुराना ट्युबवेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उनले बता
बाजुरा / बाजुराको छुट्टाछुट्टै स्थानबाट दुई पुरुष मृत फेला परेका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका –६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका –४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् । चदारा बूढीनन्दा नगरपालिका –५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए । कटुवालको शव परीक्षणपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको छ भने चदाराको शव परीक्षणका लागि कोल्टी प्राथमिक स
काठमाडौँ / भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानसेनापति शर्माले जयशंकरलाई उनको कार्यकक्षमा भेटेका हुन् ।भेटपछि एक तस्वीर ट्वीट गर्दै जयशंकरले भनेका छन्, ‘उनको भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई झल्काउँछ ।’ शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरेका छन् । नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ ।
कैलाली \ कैलालीको लम्कीचुहा नगरपालिका – १ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा लम्कीचुहा –३ चिसापानीका २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धीरज शाही, लम्कीचुहा –१ का २२ वर्षीय कपिल श्रेष्ठ तथा १८ वर्षीय किशोर, टीकापुर नगरपालिका –१ बस्ने २३ वर्षीय प्रवीण रिमाल, २१ वर्षीय रोहित आले र २६ वर्षीय सोहन शाह रहेका छन् । बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले हि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.