दिक्तेल / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल बजारमा पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट १५ जना घाइते भएका छन् ।कुकुरको टोकाइबाट घाइते भएकाहरूको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो ।भुस्याहा कुकुरको ब
बिर्तामोड / झापाको कनकाई नगरपालिका –९ स्थित लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका –३ का २७ वर्षीय निश्चल खनाल रहेका छन् । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खनालको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।
धादिङ//धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ। सुर्खेतबाट काठमाडौं जाँदै गरेको ना ६ प १४७१ नम्बरको बसमा इलेक्ट्रिक सट भएर आगलागी भएको बताइएको छ। आइतबार राति २ बजे गजुरीमा आगलागी भएको हो। बसको अधिकांश भाग जलेको तर मानवीय क्षति भने हुन् नपाएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी गराएका छन्। बाहिर निकाल्न नसक्दा केहि यात्रुका लगेज चलेको उनले बताएका छन्।
विराटनगर / इटहरीका एक व्यक्ति कोसी नदीमा हामफालेर आत्महत्या गरेका छन् । इटहरीका ५८ वर्षीय तिलक प्रसाद दाहालले कोसी ब्यारेजको १३ नम्बर गेट नजिकैबाट हामफालेका हुन् । उनी हामफालेको ठाउँमा प ९२५५ नम्बरको मोटरसाइकल, चप्पल र पर्स भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५८ वर्षका तिलक प्रसाद दाहाल नाम गरेको परिचय कार्ड पनि फेला परेको छ । प्रहरीले बोटको सहायताले दाहालकाे शव नदीमा खोजी गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
दाङ / दाङको देउखुरीमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।घाइते हुनेमा १७ वर्षीया मीना घर्ती, १५ वर्षीया रबिना घर्ती, १० वर्षीय विजय घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सीराम न्यौपाने रहेका छन् । प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका –७ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरूको लमहीमा नै उपचार भइरहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरी
सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –७ स्थित कट्कुवा सामुदायिक वनमा वम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका –६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् । आज (शनिबार) बिहान पौने १० बजे एक्कासि बेवारिसे बम बिस्पोट हुँदा वनमा घाँस काट्न गएका दिदीभाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।घर्तीका अनुसार बम कसले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । घाइतेहरूको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको उनले बताए ।
बिर्तामोड / केही दिन देखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी एक सय ११ जनाको मृत्यु भएको छ भने अझै ३३ जना बेपत्ता रहेका छन् । मृत्यु हुनेमा प्रदेश १ मा ६६, सुदूरपश्चिममा ३४, कर्णालीमा ८, लुम्बिनीमा दुई र बागमती प्रदेशमा एक जना गरी जम्मा १११ जनाको मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बाढीपहिरो र डुबानमा परी सुदूरपश्चिम प्रदेशमा २०, प्रदेश १ मा ९, लुम्बिनीमा २, प्रदेश २ र कर्णालीमा एक/एक जना बेपत्ता भएका छन् ।साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा एक जना ग
मुगु / दसैँको अवसर पारेर मुगुको रारा ताल घुम्न गएका पर्यटकहरू सात दिन देखि अलपत्र परेका छन् । लगातार परेको वर्षाका कारण जहाज नचल्दा ताल्चा विमानस्थलमा पर्यटकहरू अलपत्र परेका हुन् । कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ ।बाँकेको नेपालगञ्जका सृजन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा मोटरसाइकल बिग्रियो । उनका साथीहरू जहाजमार्फत नेपालगञ्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतिरक्षामा छन् । निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँ
जनकपुरधाम / अस्पतालले मृत घोषित गरेका एक पत्रकार दाहसंस्कारको लागि घर ल्याएपछि जीवितै रहेको पाइएको छ ।मस्तिष्कघात भएर विराटनगरमा उपचार गराइरहेका नेपाल पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष रमानन्द गुप्तालाई अस्पतालले शुक्रबार मृत घोषणा गरेको थियो । गुप्ताको निधन भएको भन्दै दाहसंस्कारका लागि लैजान लाग्दा उनको शरीर चल्न थालेकाे परिवारका एक सदस्यले जानकारी दिए । उनलाइ हाल उपचारका लागि लाहान अस्पताल पुर्याएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ की उपाध्यक्ष ज्योति झाले जानकारी दिइन् ।
ताप्लेजुङ / ताप्लेजुङमा प्रेमिकाको हत्या गरेको आरोपमा एक युवकलाई कारागार चलान गरिएको छ ।प्रेमिकाको हत्या गरेको आरोप लागेका फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिम घर भएकी प्रेमिका १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या गरेको आरोपमा गत असोज १० मा कार्की पक्राउ परेका थिए । हत्या गरिएकी पुष्पाका आफन्तले दिएको किटानी जाहेरीपछि पक्राउ परेका कार्कीलाई जिल्ला अदालतको थुनछेक आदेशअनुसार शुक्रबार ताप्लेजुङ कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सदरमुकाम फुङ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.