नुवाकोट / नुवाकोटको किस्पाङमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।भाल्चेबाट काठमाडौं जाँदै गरेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ –५ स्थित मानेगाउँमा दुर्घटना भएको नुवाकोटका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका ३० जनालाई नै उदार गरी अस्पताल पठाइएको प्रवक्ता ओलीले बताए । बस अनियन्त्रित भई पहाडको भित्तामा ठोकिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
धनगढी / आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो । सोमबार राति गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए ।पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।अहिले गोदावरी नगरपालिकाको डोजरको सहायताले पहिरो पन्छ्याउने काम भइरहेकाले अझै राजमा
बिर्तामोड / झापाको भद्रपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर –१० केन्द्र मोडकी ५४ वर्षीया कल्पना राई रहेकी छिन् । सोमबार बिहान ८ बजे आफ्नै घरबाहिर हात्ती धपाउन लगाइएको विद्युतीय तारबाट करेन्टलागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
बिर्तामोड / झापाको बुधबारेमा पिकअप पल्टिँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा चालक इलाम सुर्योदय नगरपालिका –१० बस्ने २३ वर्षीय पवन रिजाल रहेका छन् । आज बिहान एक बजे बुद्धशान्ति –३ स्थित जयगंगा धर्मकाटा नजिकै मेची राजमार्गमा इलामबाट बिर्तामोड तर्फ आउँदैगरेको ३–०१–०२४ च५९०९ नम्बरको पिकअप अनियन्त्रित भइ सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भिर घाइते भएका रिजालको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।
बिर्तामोड / नेपालमा अहिले बंगालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेको छ । हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको छ। सोमबार देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदे
संखुवासभा / संखुवासभामा मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारत बिहार का ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपीका –४० वर्षीय श्रीनिवास सिंह रहेका छन् । हिजो बेलुका ८ बजे चिचिला गाँउपालिका –३ केराबारी स्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको ध्द्य ज्ञज्ञत्ऋ ण्द्दढट नम्बरको गाडी गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसि दुर्घटना भएको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ ।
संखुवासभा / संखुवासभाको मादी नगरपालिका –१ तीनजुरे स्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर भिरबाट खसेर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालिगुरास नगरपालिका –१ घुर्मुसे का ३७ बर्षीय रमेश दाहाल रहेका छन् । आज बिहान १ बजे टुटेबाट गुफा तर्फ जादै गरेको इल् त्भ्क्त् ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट बायाँ अन्दाजी ३०० मिटर तल भिरमा खसि दुर्घटना हुँदा चालक दाहालको घटनास्थलमानै मृत्यु भएको हो ।
काठमाडौं //देशका विभिन्न स्थानमा भएका दुर्घटनामा कम्तीमा १२ जनको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका-४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज.१२ प २९६१ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश २-०१-००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने २८ वर्षीय बिजय कुमार महतो र ज. १२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका-३ बस्ने २७ वर्षीय सुरज तामाङ रहेका छन् । बिजयको शुभ स्वस्तिक अस्पताल र सुरजको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्
मुगु // मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१३६ नंम्बरको यात्रुवाहक बस छायाँनाथ रारा नगरपालिका -७ पिना गाउँसातमोडमा दुर्घटना भएको हो।नेपालगन्जमा उपचारको क्रममा चारसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएकाहरुको नेपालगन्जमा उपचार भइरहेको बताइएको छ। बसको टायर पन्चड हुँदा बस सडकदेखि दुई सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी रोम महतले जानकारी गराएका छन्।
धनगढी / कैलालीमा विङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।दुर्घटनामा परी मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका –१५ का लक्ष्मण चौधरीसहितका १२ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत धनगढीबाट जाँदै गरेको से १ ज ११०५ नम्बरको वीङ्गरले से ६ प ५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरूमध्ये मोटरसाइकल चालक चौधरीको अवस्था गम्भीर छ भने अन्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.