समाचार

    Showing 23,651-23,660 of 25,279 items.
  • आगलागीमा ७० लाखको क्षति

     बिर्तामोड // झापाको बिर्तामोडस्थित नमस्ते प्लाइ उद्योगमा लागेको आगो केहीबेर अघि नियन्त्रणमा आएको छ। बिर्तामोड नगरपालिका ,भद्रपुर नगरपालिका ,मेची नगरपालिकाबाट पुगेको दमकल, उद्योगमा सञ्चित पानी र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो। बिर्तामोड नगरपालिका- २ मा रहेको उक्त उद्योगमा बिहीबार साँझ आगलागी भएको  इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताएका छन् । आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको  उद्योगका सञ्चालक राजु जैनले बताएका छन् ।  

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 130 पटक पढिएको
  • झापामा सुरु भयो परिवेश अनलाइन पत्रिका

    बिर्तामाेड / झापाकाे बिर्तामोडबाट परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन पत्रिका paribeshmedia.com औपचारिकरूपमा सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अनलाइनको शुभारम्भ गरेका हुन् ।सञ्चालनमा आएको अनलाइन पत्रिकाको पत्रकार पुष्प खड्का सम्पादक र लक्ष्मी प्रसाद बाँस्कोटा प्रबन्ध निर्देशक रहेका छन् ।अनलाइनको शुभारम्भ गर्दै अध्यक्ष गिरीले ज्ञान, सीप र प्रविधिको प्रयोगमार्फत विश्वसनीय समाचार उत्पादनमा लाग्न सुझाव दिएका छन् । उनले अनलाइन मिडियाले पत्रकारलाई स्वरोजगार बनाउँदै लगेको भन्दै झापामा थपिएका अनलाइन मिडियाले प्रदेशमा

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 280 पटक पढिएको
  • सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं / गल्छी गाउँपालिका  –७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी –७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।यातायात अवरुद्ध हुँदा दसैंका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी नौबिसे–नागढुङ्गा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्ध भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 83 पटक पढिएको
  • विचौलिया बनेर बढी भाडा लिन ९ पक्राउ

    काठमाडौं / यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग विचौलिया बनेर मोलमोलाइ गरी बढी भाडा लिँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भरतपुर चितवनका समीर श्रेष्ठ, धनकुटाका किरण लिम्बू र सुनसरीका सविन राई, राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ र कैलालीका रमेश कठायत रहेका छन् । पक्राउ परेका ६ जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । यसैगरी कलंकी

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 101 पटक पढिएको
  • श्राद्ध सकेर पिण्ड सेलाउन जाँदा मर्स्याङ्दीमा डुबेर एकको मृत्यु

    गोरखा / श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ।मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए।बुधबार अपरान्ह ३ः३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए।घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ।बेपत्ता भएको स्थल

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 87 पटक पढिएको
  • सर्वोच्चले माग्यो तारागाउँको ३४ रोपनी जग्गाको सक्कली फाइल

    काठमाडौँ / सर्वोच्च अदालतले मालपोत कार्यलय चावहिलसँग तारागाउँको ३४ रोपनी जग्गाको सक्कली फाइल माग गरेको छ । २०३४ सालमा सरकारले अधिग्रहण गरेको तारागाउँ विकास समितिको स्वामित्वमा रहेको ३०४ रोपनी जग्गामध्ये ३४ रोपनी जग्गामा आफ्नो भएको दावी गर्दै गोप कुमारी थापा र कुवेर शम्सेर थापाले मुद्दा दायर गरेका थिए । सोही मुद्दाको विषयमा बुधबार सर्वोच्चले मालपोत कार्यालय चावाहिलसँग सबै सकल फाइल मगाउने गरी पत्र काटेको हो । गोप कुमारी थापा र कुवेश शम्सेर थापाले वडा नम्बर ६ को कित्ता नम्बर ६,९,११,१२, १३, १७,१८,६४,१४ तथा १०२,१०३,११६,९५,९६ र २५१ नम्बरको प्लटको जग्गा आफ्नो भएको दावी गर्दै आएका

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 88 पटक पढिएको
  • चार तले घरबाट आमफाल्दा नेपाल वायु निगमका पूर्व अध्यक्ष चतुर्वेदीकाे मृत्यु

    बिर्तामोड / नेपाल वायु निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । उनको शव काठमाडौँ –७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि फेला परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । एसएसपी सिंहका अनुसार उनले सोही निर्माणधीन घरको चार तलाबाट आम फालेको नजिकै रहेको सीसी क्यामरामा कैद भएको छ । सिंहले भने, –‘क्यामरामा चतुर्वेदी घरको माथि गएको र झरेको दुवै कैद भएको छ ।’चतुर्वेदी डिप्रेसनको शिकार रहेको प्रहरीको दाबी छ । तर, उनले आफैँले किन हामफाले भन्ने कुरा अहिले सम्म खुल सकेको छैन । प्रहरीले चतुर्वेदीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 348 पटक पढिएको
  • पुरुषलाई ‘हनिट्रयाप’ मा पारेर लुट्ने दुई युवती पक्राउ

    बिर्तामोड / पुरुषलाई हनिट्रयापमा पारेर लुटपाट गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककी युनिसा मगर उर्फ र सुनिता तामाङ उर्फ (रोशनी) रहेका छन् ।उनीहरूले हनिट्रयापमा पारेर दोलखाका एक पुरुषको साढे तीन तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । सनितासँग ती पुरुषको तीन महिना अघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । केही दिन अघि सुनिता र उनकी साथी युनिसाले ति पुषलाई फेन गरेर होटलमा भेट्न बोलाएका थिए । युनिसाले टिकटक बनाउँछु भन्दै पुरुषको ३७ दशमलव ५ ग्रामको सुनको सिक्री मागेर भागेकी थिइन् । युनिसा भागेपछि सुन

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 143 पटक पढिएको
  • सुनसरीमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुईको मृत्यु

    सुनसरी / ईटहरी उपमहानगरपालिका-१६ लायन्स चौक  स्थित पुर्व(पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक ईनरुवा नगरपालिका २ का २५ बर्षीय सुसान्त भट्टराई र संखुवासभा चिचिला गाऊपालिका २ का २० बर्षीय बिबिसन बिक रहेका छन् । बुधवार राती सँवा ११ बजे ना ६ ख ५६८१ नम्बरको ट्रकले बिपरित दिसाबाट जादै गरेको  को २० प ६७४७ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ गम्भिर घाईते भएका भट्टराई र बिकको उपचारको लागी न्युरो अस्पताल विराटनगर लाने क्रममा बाटैमा मृत्यु भएको हो । ट्रक र ट्रक चालक मकवानपुर मनहरी नगरपालिका ९ का ३१ बर्षीय अर्जुन गिरी ईलाका प्रहर

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 108 पटक पढिएको
  • बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

    धनकुटा / धनकुटा पाख्रिबास नगरपालिका ४ स्थित मध्यपहाडी  लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ वर्षीय धन बहादुर पाठक रहेका छन् । बुधवार दिउसो ११ बजे भोजपुरबाट धरान तर्फ आउँदै गरेको गुडिरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण गाउपालिका ७ का ३५ वर्षीय दुर्गा बहादुर श्रेष्ठ इलाका प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.