काठमाडौं / यातायात व्यवस्था विभागले केही समय पहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउनेलाई उत्तीर्ण गरिने गरी परीक्षासम्बन्धी कार्याविधि जारी गरेको थियो । प्रदेश कार्यालयले भने सतप्रतिशत नै ल्याउनेलाई मात्रै सो परीक्षामा उत्तीर्ण गराइरहेको छ । सङ्घीय ऐनमा पाँचपाँच वर्षमा चालक अनुमतिपत्र नवीकरणको व्यवस्था छ । वाग्मती प्रदेश सरकारले बनाएको ऐनमा भने १०/१० वर्षमा नवीकरण गर्ने व्यवस्था छ । यसैगरी विदेशमा बनाइएका ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली चालक अनुमतिपत्र दिइने व्यवस्था सङ्घीय ऐनमा छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा नेपालीकरणको व्यवस्था भए पनि प्रदेश अन्तर्
बिर्तामोड / गृह मन्त्रालयले चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । गत असोज १० गते सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित गृहमन्त्रालयका अधिकारी जयनारायण आचार्यसहितको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।समितिले दिएको सुझावको आधारमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले जानकारी दिए । स्रोतका अनुसार सीमा क्षेत्रमा उब्जेका केही विषयहरूमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिइएको छ ।उक्त समितिमा नापी विभागका उपमहान
बर्दिया / बर्दियाको बबई नदीमा डुबेर सोमबार एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बाग्लुङ घर भएका हुकुम बिक रहेका छन् । त्यस्तै नदीमा डुबेर बर्दियाका लेखनाथ पौडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।कार्कीका अनुसार बेपत्ता भएका पौडेलको खोजी गर्न बबई नदी तटीय क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
बिर्तामोड / नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा सामान्य बदली रहि अन्य प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको ९ एन ए एन एफ जहाज पार्किङबाट रनवेतर्फ गर्दा दुर्घटनामा परेको छ ।नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको जहाज आज (मंलबार) बिहान १० बजे रनवेमा चिप्लिएर दुर्घटना भएको हो । उडानको लागि करिब ८० जना यात्रु लिएर अघि बढ्दै गरेको जहाजको एउटा टायर धसिएको थियो । धसिएको जहाजको चक्का निकाल्ने काम भइरहेको विमानस्थलका महानिर्देशक प्रताप तिवारीले जानकारी दिए ।तिवारीका अनुसार यात्रुलाई अर्को जहाजमा राखेर पठाउने तयारी भइरहेको छ ।
काठमाडौँ / पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकसाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिएका छन् । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौँ ल्याएको खुलेको छ । काठमाडौँबाट खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ / कान्तिपुर पब्लिकेसन लिमिटेडद्वारा प्रकाशित कान्तिपुर दैनिकको असोज १८ गते सोमबार प्रकाशित पत्रिकामा एउटा पेज नै गायब भएको छ ।कान्तिपुर दैनिकको आज प्रकाशित पत्रिकाको १२ नम्बर पेजको साटो गत असार ८ गतेको पत्रिकाको पेज सामेल गरिएको छ ।कान्तिपुर दैनिकले आज प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरालाई पनि मन्त्रीलाई भागबन्डा गरिएको खबर ब्यानर न्युज बनाएर प्रकाशन गरेको थियो । उक्त समाचारको बाँकी भाग पेज नम्बर १२ मा उल्लेख भएको बताइएपनि पेज नम्बर १२ मा गत असार ८ गतेको समाचार र विज्ञापन रहेको देखिएको छ ।कान्तिपुर दैनिकको कार्यालयमा यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा ‘सिस्टमको कारण
काठमाडौं / उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात जनालाई प्रहरीले पक्राउ गरेको छ। २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । महानगरीय प्रहरी परिसरका अनुसार दसैँ लक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमध्ये एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ। बाँकी ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।प्रहरीका अनुसार उनीहरूलाई चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो,
बिर्तामोड / यस वर्षको वर्षायामको सुरुदेखि अवरूद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ।विगत तीन महिनादेखि अवरूद्ध बेंसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङ बासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो। दसैँ अगाडि सदरमुकाम चामेसम्म सडक पुनः सञ्चालमा ल्याउने लक्ष्य पूरा भएको छ, अब तलेखु–भ्राताङ भिरमा सडक बनेपछि खाङ्सार हुनेछु, प्रजिअ लामिछानेले भने।भ्राताङ–पिसाङबीचमा
कैलाली / जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन्। उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो। विसं २०७५ भदौ २० गतेदेखि उनी फरार रहेका थिए।प्रहरीले कैलालीकै बर्दगोरिया–६ बस्ने वर्ष २२ का अशोक चौधरीलाई पनि पक्राउ गरेको छ। उनलाई जबर्जस्ती करणीको कसूरमा अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको थियो। उनी २०७२ असार २१ बाट फरार रहेको प्रहरीले जनाएको छ। त्यसैगरी कैलाली जिल्ला अदालतबाट लागुऔषध मुद्दामा २०६६ वैशाख १२ गते ५०० रूपैयाँ ज
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.