बिर्तामोड / बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएको हत्या र सुन तस्करीको मुद्दामा यतिबेला जिल्ला अदालत मोरङमा अन्तिम सुनवाई भइरहेको छ । सुन तस्करीमा संलग्न उर्लावारीका सनम शाक्यको हत्यासँग जोडिएको मुद्दामा सोमवार सरकारी वकिलको बहस सकिएको छ ।शाक्यको हत्यापछि सरकारले गरेको अनुसन्धानमा दोषी पाइएका ७३ जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङले मुद्दा दायर गरेको थियो । सुन तस्करीसँग जाडिएको मुद्दामा मुख्य प्रमाण मानिएको ३३ केजी सुन प्रहरीले फेला पार्न नसकेकाले मुद्दा कमजोर बन्ने अनुमान गरिदै आएको छ ।तस्करीमा जोडिएका धेरै यसअघि नै अदालतको आदेशमा छुटेकाले जारी बहस पछि थुनामा रहेका पनि छुट्ने अ
वीरगञ्ज / सीमा नाकाबाट भन्सार छली ल्याएको सुपारीलगायतका सामानसहित जिल्ला प्रहरी पर्साले ट्रक तथा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । विषेश सूचनाको आधारमा मेडिकल सामाग्री लगायत अन्य किराना सामानहरू भन्सार छली गरी वीरगञ्जबाट नेपालगञ्जतर्फ लाँदै गरेको ना.२ ख. ००२५ नम्बरको मालवाहक ट्रक प्रहरी टोलीले २०७८ असोज १० गते नियन्त्रणमा लिएको हो । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकमा उल्लेखित नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड रहेको मालवस्तुहरुको बिलविजक नरहेकोले चालक सहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।पक्राउ परेका चालक मकवानपुर हेटौँडा उ.म.न.पा.वडा न
रुपन्देही /रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज(मंगलबार) बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिएका छन् ।उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको बारेमा विस्त
काठमाडौँ / नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पु¥याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो ।विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिन्छ । नेपालमा विसं २०७३ देखि नेपाल डेरी एशोसिएशनले पहिलोपटक सुरु गरेको थियो । विसं २०७८
चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले ठगी मुद्दामा एक जना कानून व्यवसायीलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधिवक्ता रामचन्द्र देवकोटालाई पक्राउ गरेको हो ।देवकोटाका विरुद्धमा उजुरी परेपछि प्रहरीले पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको सूचनामा प्रहरीमा परेको उजुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही रु तीन लाख माग गरेपछि उनीविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठगी उद्योगमा जाहेरी दिनुभएको हो । सोपश्चात् देवकोटालाई पक्राउ गरिएको सूचनामा उल्लेख छ ।सूचनामा भनिएको छ, “राहुल गुप्तासमेतका आठ ज
बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डीलाई १४६ ग्राम ब्राउनसुगर र रु दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् ।सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१
रौतहट // घाँस काट्न गएका एक ५० वर्षीय वृद्धको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई रौतहट प्रहरीले सार्वजनिक गरेको छ। मुख्य योजनाकार भने फरार भएका छन्। चन्द्रपुर नगरपालिका–३ का ४५ वर्षीय प्रल्हाद फुयाँल, पसाको पर्सागढी नगरपालिका–१ सिर्जनाटोलका २४ वर्षीय रमेश पहरी र नवलपरासी पूर्वको कावासोती नगरपालिका –८ का २३ वर्षीय सूर्य भण्डारीलाई हत्या आरोपमा पक्राउ गरि सार्वजनिक गरेको हो। घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका –४ कप्तान टोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।१८ वर्ष अघिको रिसइबी लिएर उनीहरूले गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरप
बिर्तामोड / जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि उक्त परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा सङ्लग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो । आइतबार भोटेकोशीबाट सुरु गरिएको कार्यक्रम मङ्गलबार त्रिशूली र शुक्रबार कर्णालीमा शुभारम्भ गरिने नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)का महासचिव शिशिर खनालले राससलाई जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत रिभर गाईड र कर्मचारीले नदी सफा र
ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका –४, तेल्लोकमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय इन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पूर्वबाट पश्चिम आउँदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले पैदल यात्री भट्टराईलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बू इलाका प्रहरी कार्यालय तेल्लोकको नियन्त्रणमा रहेको छ ।
सुरुङ्गा / झापाको सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी –१० मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका –९ का ४० वर्षीय नेत्र खड्का रहेका छन् । पूर्ववाट पश्चिम तर्फ जादै गरेको को २ च २६३२ नं को बोलेरोलाई सोही दिशाबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।टिपर चालक मकवानपुरको थाहा नगरपालिका –८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.