काठमाडौँ / पशुपतिनाथ मन्दिर क्षेत्रका एक साधुमाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान विश्वरुपा मन्दिर नजिकै २५ वर्षीय सन्तोष बाबामाथि खुकुरी प्रहार भएको हो ।बाबा शौचालयतर्फ जाँदै गर्दा एक अज्ञात व्यक्ति आएर माल निकाल भनेर गाँजा मागेका थिए । तर, बाबाले छैन भनेपछि ती व्यक्तिले खुकुरी प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशील राठौरले जानकारी दिए । ती व्यक्ति खुकुरी प्रहार गरेर फरार भएका छन् भने, खुकुरीको प्रहारबाट घाइते भएका बाबा ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागिर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । सरकारले यस वर्षको दशैँका लागि घर जानेका लागि अग्रिम टिकट बुकिङ खुला गरेसँगै पश्चिमको धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको सिराहा, सप्तरी, ताप्लेजुङ, इलाम, झापा, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको बसपार्कमा लाइन देखिन थालेको छ । गत वर्ष कोरोना सङ्क्रमणका कारण अग्रिम टिकट बुकिङ खुला गरिएक
बिर्तामाेड / काठमाडौँबाट विराटनगर प्रस्थान गरेको एक जहाज दुई घण्ट पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगर तर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं नै फर्किएको हो । उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँ तर्फको पाङ्ग्रा नखुलेपछि पुनः काठमाडौँ नै फकीएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । महानिर्देशक क्षेत्रीका अनुसार अहिले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको छ ।&nbs
सिरहा / पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका –३ स्थित गागन खोला पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख १३१ नं को ट्रकले विपरीत दिसातर्फ जाँदै गरेको स७ प ९१८५ नं को मोटरसाइकललाई आज बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको कञ्चनरुप नगरपालिका –७ का ३० वर्षीय अभिषेक कटुवाल र ३७ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रकको ठक्करबाट गम्भीर घाइते कटुवालको उपचारका क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहर
हुम्ला /अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पुर्याएको हो ।हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए ।हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।
बिर्तामोड / गैरआवासीय नेपाली संघ एनआरएनएको दशौँ महाधिवेशनका लागि कुल आचार्यले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत आचार्यले उम्मेदवारी घोषणा गरेका हुन् । अघिल्लो निर्वाचनमा उनी कुमार पन्तसँग पराजित भएका थिए ।आचार्यले एनआरएनएलाई पद्धति सम्मत, संस्थागत र पारदर्शी रूपमा अघि बढाएर प्रतिष्ठित बनाउनका लागि उम्मेदवारी घोषणा गरेको बताएका छन् ।उनले भने, –‘संस्थामा अनियमितता र दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको छ । त्यसैले आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउने नदिने प्रतिवद्धता व्यक्त गर्छु ।’उनले कसै पनि दोष लगाउन नचाहेको, तर संघको नेत
सप्तरी / सप्तहरीमा पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका –१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी न
मोरङ / मोरङको सुन्दरहरैचामा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका –९ का ६३ वर्षीय डिल्ली दर्जी रहेका छन् । आज (शनिबार) बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायिक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर दर्जी गम्भिर घाईते भएका थिए । घाइते दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ / बिराटनगर महानगरपालिका १४ जतुवा कि २५ बर्षीया आरती देवी यादवलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । आज(शनिवार) दिउसो साढे १२ बजे बिशेष सुचनाको आधारमा प्रहरीले उनको घरबाट लुकाई राखेको १७ केजि गाँजा बरामद गरेको हो । गाँजा बरामद भए पश्चात आरती देवीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकाशेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुक्रबार नन्दी स्कुलमा आकाशेपानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गरेका हुन् । प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकाशेपानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको शाक्यले बताए । “अहिले डिप बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट्यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ”, कामपा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.