काठमाडौं / काठमाडौँको ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । तीन महिना देखि ठमेलको बिहानी होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट बिहीबार राती होटलको कोठाभित्र मृत फेला परेका हुन् । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिसामा नेपाल आएको प्रहरीको भनाइ छ । केटी साथीले फोन गर्दा उनको फोन नउठेपछि प्रहरीमा खबर गरेकी थिइन् । त्यसपछि खोजी गर्ने क्रममा उनी होटलको कोठाभित्र ओछ्यानमा मृत फेला परेका थिए ।
बिर्तामोड / पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका मिलन दुलाल, समीर तामाङ, मोहित दाहाल, प्रदीप यादव, शंकर खडा, देव तामाङ, यमबहादुर तामाङ, रामेछापका सन्जिव खड्का, मकवानपुरका रोज राई, मकवानपुरका राजीव गुरुङ, र रामेछापका निरज नेपाली रहेका छन् ।गत असोज १ गते नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् ।उनीहरु तीन वर्षदेखि चोरीमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले
बिर्तामोड / समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरूले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएको परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिए ।राजीनामा दिएको विषयमा र आफूहरूले गरेका कामको विषयमा जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलन आयोजना गरिएको खातीले बताए ।
काठमाडौँ / उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै अदालतले समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो ।रिट निवेदक भट्टले पूर्वसूचनाबिनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाइ छुटेको तथा विद्युत् अनियमित हुँदा आम नागरिकले दुःख पाएको जनाउँदै प्राधिकरणविरुद्ध रिट दायर गरेका थिए । न्यायाधीशद्वय राजेश्वर तिवारी र चन्द्रबहादुर सारुको
बिर्तामोड / झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुवेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह रहेका छन् ।बिहीबार बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका –११ बसपार्कको एक होटलबाट सुवेदी र कार्कीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट प्रहरीले ६ ग्राम ७०० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको छ । त्यस्तै दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका
इलाम / इलामको सोयाङमा पिकअपले किचिरे एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाइ गाउँपालिका –५ का ५७ वर्षीय खीर बहादुर तामाङ रहेका छन् । बिहीबार बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअपले पछाडि सर्दा किचेर तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो । पिक अप र चालक इलाम सन्दकपुर गाउँपालिका –२ माइपोखरीका ३० वर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय इलामको नियन्त्रणमा रहेको छ ।
पर्वत / यहाँ सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी–१ को उत्पादन विगत तीन सातादेखि ठप्प बनेको छ । गत भदौ १७ गते राति आएको बाढीले आयोजना क्षतविक्षत बनाएपछि उत्पादन ठप्प बनेको हो ।युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा सञ्चालित यो आयोजना तत्काल मर्मत गर्न नसकिने गरी क्षतविक्षत बनाएकाले उत्पादन सञ्चालन हुन नसकेको आयोजनाले जनाएको छ । बाढीले आयोजनाको नहर, बाँधस्थल, सेयर वाल, स्ल्याबलगायतका संरचनामा क्षति पुगेको छ । विद्युत् उत्पादनगृहमा कुनै क्षति नपुगे पनि नहरबाट पानी पास गराउन समय लागेको हो ।उक्त आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनको चार नम्बर टावरसमेत पह
चितवन / चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् ।निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ५९ वर्षीय नाङ्गे तामाङ लामा रहेका छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०७६ भदौ ३१ गते निकुञ्जको बाँदरझुला पोष्टको मर्दीघोलमा तस्करले गैँडा मारेका थिए । उक्त घटनाको अनुसन्धानका क्रममा १५ जना संलग्न रहेको खुलेको थियो । त्यसमध्ये पाँच जना यसअघि नै पक्राउ परेका थिए । अधिकारीक
मोरङ / मोरङको बुढीगंगा गाउँपालिका –१ शान्ति चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका ८ डागिहाटका ५१ वर्षीय देवेन्द्र पन्त रहेका छन् । हिजो बेलुका ६ बजे विराटनगर आउँदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जाँदै गरेको साइकललाई पछाडिबाट ठक्कर दिदा पन्त गम्भिर घाईते भएका थिए । घाइते पन्तको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको हो । बस र चालक सुनसरी रामधुनी नगरपालिका –५ का ५३ वर्षीय शिव बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।
चितवन / मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार यहाँ आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताएका छन्। पक्राउ परेकाहरुको वयान उद्धृत गर्दै उनले भने, “ग्राहकको मागअनुसारका ब्राण्ड, रङ, मोडल खोजीखोजी चोरी गरेको पाइयो ।” कार्यालयले विगत एक महिनादेखि सु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.