बिर्तामोड / झापाको मेचीनगरबाट ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका –४ का १८ वर्षीय दिल बहादुर मगर रहेका छन् । हिजो (आइतबार) बेलुका ६ बजे प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ९ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
बैतडी / सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप दुर्घटना हुँदा आज नौ जना घाइते भएका छन् । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका–५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिंह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका–२ का जयबहादुर बोहरा छन् । चालक चन्दको अवस्था गम्भीर रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा
बिर्तामोड / आठ वर्षमा सरकारले विभूषणका लागि छनोट गरेका एक सय ९२ जनाले पदक नलिएको पाइएको छ । विस २०६७ देखि २०७५ सालसम्म सरकारका विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक सय ९२ जनाले पदक नलिएको गृहमन्त्रालयको वेबसाइटमा उल्लेख छ । पदक नलिनेहरुको सूची:
बिर्तामोड / आईओएस र आईप्याडओएस १५ भोली (सोमबार) देखि प्रयोगकर्तालाई डाउनलोड तथा इन्स्टलका लागि उपलब्ध हुने भएको छ ।नयाँ उपलब्ध हुने सफ्टवेयरमार्फत आईओएस तथा आईप्याड ओएसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् । जसमा फेसटाइम फिचर एक हो ।फेसटाइममा एन्ड्रोइड तथा कम्प्युटर प्रयोगकर्ता पनि जोडिनसक्ने जनाइएको छ । यसका साथै आईम्यासेजको परिष्कृत भर्सनसमेत उपलब्ध हुनेछ, जसमार्फत साथीभाइले पठाएको फोटा तथा लिंक सहजै ट्रयाक गर्न सकिनेछ ।सफ्टवेयर डाउनलोड गरी इन्स्टल कसरी गर्ने ?जब एप्पलले आईओएस १२ र आईप्याड ओएसको अपडेट उपलब्ध गराउने छ, तब तपाईंले सामान्य अन्य सफ्टवेयर अपडेट गरेजस्तै अपडेट गर्न सक्नुहुनेछ ।जब अपडेट
बिर्तामोड / झापा कारागारमा कैदीबन्दी बस्ने नयाँ भवन निर्माण गरिएको छ ।प्रशासनिक भवन निर्माणका लागि सङ्घीय सरकारले विनियोजन गरेको बजेटमा संशोधन गरेर कारागार परिसरको दक्षिणी खाली भागमा रु ६४ लाखको लागतमा दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ । भवनको भुइँतलामा पक्की छत र माथिल्लो तलाको छानो जस्तापाताको लगाइएको छ । नयाँ भवनको तल्लो तलामा ज्येष्ठ र अशक्त कैदीबन्दीलाई राखिनेछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले गत फागुनमा शिवरात्रिको अवसर पारेर भवनको शिलान्यास गरेका थिए । आज उनले नै संविधान दिवसको अवसर पारेर भवनको उद्घाटन गरेका छन् ।भद्रपुर नगरपालिका–८ मा पाँच द
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकावासी नेवार जनसमुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक पर्वले विविध जातजाति, भाषभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरेकी छिन् । कुमारी इन्द्रजात्रा पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी हुन् । उनले समृद्ध इतिह
बिर्तामोड / सरकारले संविधान दिवसको अवसरमा पत्रकारहरूलाई पनि विभिन्न मानपदवी तथा पदकबाट विभूषित गर्ने भएको छ । पत्रकारिता मार्फत आ–आफ्नो क्षेत्रमा योगदान पुर्याउने ५० जना पत्रकारहरूलाई सरकारले मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएको हो ।तर पत्रकार हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमीले भने सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । थापा र सायमीले सामाजिक संजालमा मार्फत आफूहरू विभूषण ग्रहण नगर्ने घोषणा गरेका हुन् ।सरकारले थापालाई सुप्रबल जनसेवाश्री बाट र सायमीलाई प्रवल जनसेवा श्री’ पदकद्धारा विभूषित गर्ने घोषण गरेको थियो । पत्रकार थापाले यसअघि सरकारले पटक प
बिर्तामोड / मलेसियाबाट आज (शनिबार) नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले ज्यान गुमाएका १८ जना नेपालीको शव नेपाल ल्याइएको हो । शव ल्याउन नसकिएका एक जनाको भने अस्तु मात्रै ल्याइएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले मलेसियामा अलपत्र परेका नेपालीको शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको हो ।
काठमाडौँ / निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आन्तरिक उडानका यात्रुका लागि वातानुकूलित दुई विद्युतीय बस सेवा सञ्चालनमा ल्याएको छ । यही असोज १ गते शुक्रबारदेखि आफ्नो नियमित उडान सुरु गरेको कम्पनीले आन्तरिक विमानस्थलमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ १० हेलिकोप्टर सहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।नेपालीको महान् चाड दशैं, तिहारलगायत चाडलाई लक्ष गर्दै उक्त एयरलाइन्सले दशैँको मुखमा उडान सञ्चालन गरेको हो । यात्रुलाई सुरक्षित र भरपर्दो सेवा दिन तयार रहेको र यसका लागि कुनै कसर बाँकी नराख्ने कम्पनीका प्
काठमाडौँ / नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराए । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए । कूल १७ सदस्यीय परिषद्मा हाल १४सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ । नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् भने सदस्यमा चार्टर्ड एकाउ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.