समाचार

    Showing 23,811-23,820 of 26,772 items.
  • बलात्कार मुद्धा : अदालतद्धार युवतीलाई नै जेल पठाउन आदेश

    बिर्तामोड / सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ ।अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो ।ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन् । गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 97 पटक पढिएको
  • प्रदेश नं १ : महिला निर्वाचन अधिकृत न्यून

    बिर्तामोड / निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ का दश पालिकाको निर्वाचन अधिकृतमा महिलालाई खटाएको छ ।प्रदेशमा १३७ पालिका रहेका छन् । आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको सङ्ख्या ज्यादै कम हो । आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । त्यसमा एक जना पनि महिला पर्न सकेनन् ।आयोगले प्रदेशका १४ जिल्लामा १४ मुख्य निर्वाचन अधिकृत र १२३ निर्वाचन अधिकृत नियुक्ति गरेको छ । मुख्य निर्वाचन अधिकृतलाई आफू कार्यरत जिल्लाको एउटा पालिकाको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि हुनेछ ।निर्वाचन आयोगका सूचना अधिकृत शालिग्राम शर्मा पौडेलले सम

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 72 पटक पढिएको
  • गुडिरहेको मालबाहक ट्रकमा आगलागी

    चितवन / भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो ।ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 93 पटक पढिएको
  • व्यवसायी आन्दोलित : एलपी ग्यासको बिक्री बन्द

    बिर्तामोड / नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास आयात सम्म रोकेर आन्दोलन गरिरहेका ग्यास उद्योगले आज बिहीबारबाट बिक्रेताहरुलाई ग्यास बिक्री वितरण समेत बन्द गरेका छन् ।राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार बिहीबारबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्यास र पेट्रोलियम

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 128 पटक पढिएको
  • लागूऔषध सहित मेचीनगरबाट २ जना पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउपालिका -४ का ४३ वर्षीय कशोर सुनुवार र काठमाडौँ महानगरपालिका- ५ का ३१ वर्षीय सन्त महर्जन रहेका छन् । लागू औषध नियन्त्रण युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पूर्वबाट पश्चिमतर्फ आउदैँ गरेको ३-०१-००६ ख ०६२६ नं को बसमा चेक जाँच गर्ने क्रममा लागूऔषध फेला परेको र हाल उनीहरूलाई इलाका प्रहरी कार्यलय काँकडभिट्टामा राखी थप अनुसन्धान भइ

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 61 पटक पढिएको
  • राजश्व अनुसन्धानको फन्दामा सिलिगुडीका व्यापारी

    काँकडभिट्टा  / भारतको पश्चिम बङ्गालको सिलिगुडीका एक व्यवसायी राजश्व अनुसन्धान विभागको फन्दामा परेका छन् । राजस्व अनुसन्धान विभागले करछलीमा संलग्न भएको भन्दै ७ करोड ६० लाख ६५ हजार ७०४ रुपैयाँ बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।सिलिगुडीका स्थायी बासिन्दा समेत रहेका ३२ वर्षीय भारतीय नागरिक अमितकुमार अग्रवालले काठमाण्डौमा बसेर कारोबार गर्ने क्रममा करछली गरेको भन्दै विभागले अदालतमा मुद्दा दायर गरेको हो ।काठमाण्डौमा रहेको अग्रवालको फर्मले राजस्व चुहावट गर्ने मनसायले बिजक जारी नगरी अर्डर र इस्टमेट लुज बिल जारी गरी कारोबार गरेर करछली गरेको अनुसन्धानका क्रममा खुलेको विभागले जनाए

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 369 पटक पढिएको
  • इटहरीका सुकुम्बासीद्वारा निर्वाचन बहिष्कारको घोषणा

    इटहरी /  इटहरी उपमहानगरपालिका क्षेत्रभित्र भोट बैंक मानिएका सुकुमबासीले भूमि सम्बन्धी समस्या समाधान नगरेको भन्दै आसन्न स्थानीय निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।बुधबार उपमहानगरपालिकाको कार्यालय घेराउ सहित प्रदर्शन गर्दै उनीहरूले स्थानीय सरकार भूमिहीनको माग प्रति उदासिन भएको भन्दै माग पूरा नभए निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।स्थानीय सरकारका जनप्रतिनिधिले निर्वाचनमा भोट लिनका लागि झुटो आश्वासन मात्रै दिने गरेको भन्दै आफूहरूको माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने उनीहरूले नगरपालिका घेराउका क्रममा स्थानीय सरकारलाई चेतावनी दिएका छन् ।नेपाल बसोबास बस्ती संरक्षण समाजको

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 78 पटक पढिएको
  • बिर्तामोडमा दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम सुरु

    विर्तामोड / आसन्न स्थानीय सरकारको चुनावमा महिला सहभागिता बढाउन पत्रकारको भूमिकाका विषयमा झापाको बिर्तामोडमा दुई दिवसीय खोजमूलक पत्रकारिता तालिम आज बुधबारबाट सुरु भएको छ । बिर्तामोड नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले समय सापेक्ष दुई दिवसीय तालिम सञ्चालन गरेको हो ।कार्यक्रमको अध्यक्षता नारी सञ्चार गृह झापाकी अध्यक्ष भिमा सिवाकोटीले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा जिल्ला प्रशासन कार्यलय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई निमन्त्रणा गरिएको थियो । कार्यक्रमको औपचारिक सञ्चालन नारी सञ्चार गृह झापाकी कोषाध्यक्ष जोष्ना श्रेष्ठले गरेकी थिइन् ।त्यस्तै कार्यक्रमको औपच

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 67 पटक पढिएको
  • झुटो प्रचार : माओवादी र एकीकृत समाजवादीले एक सिट जिते सम्पत्ति दान गर्ने घोषणा

    भक्तपुर /  विवादास्पद छविका व्यवसायी एवं एमालेका नेता दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पुरानो पार्टी माओवादी केन्द्र र एमालेको विभाजन पछि बनेको एकीकृत समाजवादीले एक स्थानमा मात्रै विजय पात्र गरे आफ्नो सम्पूर्ण सम्पति दान गर्ने सार्वजनिक घोषणा गरेका छन् ।आफ्ना अभिव्यक्तिका कारण सँधै विवाद र आलोचनामा तानिने गरेको झापाको बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक समेत रहेका प्रसाईँले भक्तपुरको सूर्य विनायकमा जग्गा लिजमा लिएर १५ वर्षका लागि सुरु गरेको तरकारी बजारको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गरेका हुन् ।तरकारी बजारका लागि आफूले दुई अर्ब लगानी

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 532 पटक पढिएको
  • बजारमा खाना पकाउने ग्यासको हाहाकार

    बिर्तामोड / खाना पकाउने एलपी ग्यासको मूल्य समायोजनको माग राखी उद्योगीले भारतबाट आयात गर्न छाडेपछि बजारमा ग्यास अभाव सुरु भएको छ ।पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण ढुवानीमा समस्या आएको भन्दै मूल्य समायोजनको माग राखी विगत ११ दिन अघिबाट उद्योगीले ग्यास आयात गर्न छाडेका थिए ।ग्यासको आयात रोकेर उद्योगी आन्दोलनमा उत्रिएपछि बजारमा खाना पकाउने ग्यासको अभाव सुरु भएको हो । डिजेलको मूल्य बढ्दा भाडादर बढेको भन्दै उद्योगीले ग्यासको मूल्य समायोजनको माग राखी गत फागुन १९ गतेदेखि आन्दोलन थालेका थिए ।ग्यास उद्योगहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले उद्योगी– व्यवसायीको मागलाई सरकारले वेव

    • प्रकाशित मितिः चैत १६, २०७८
    • 94 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.