समाचार

    Showing 23,831-23,840 of 25,279 items.
  • प्रहरीलाई टिकटक चलाउन बन्देज

    ओखलढुङ्गा  / ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 100 पटक पढिएको
  • बुढीगंगामा कार दुर्घटनाहुँदा चारजना घाइते

    विराटनगर/ मोरङको बुढीगंगामा आज (बिहिवार) कार अनियन्त्रित भइ दुर्घटना हुँदा चारजना गम्भिर घाइते भएका छन् । कोशी राजमार्गमा विराटनगरतर्फ आइरहेको बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भई पाईनियर उद्योग अगाडि बिजुलीको पोलमा ठक्कर खाँदा चारजना घाइते भएका हुन् ।दुर्घटनामा कार चालक बेलकारी नगरपालिका–१ का ३८ वर्षीय बाबुराम कार्की, ४३ वर्षीया गीता लिम्बु, ३० वर्षीया चन्द्रकला राई र ५५ वर्षीया कानी धिमाल घाइते भएको इलाका प्रहरी कार्यालय निमुवाले जानकारी दिएको छ । घाइतेमध्ये कार्की र लिम्बुलाई भित्री चोट लागेको र बोल्न सक्ने भएपनि राईको बाहिरी चोट नदेखिएको र बोल्न नसक्ने तथा धिमाललाई समेत बाहिरी

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 183 पटक पढिएको
  • ट्रिफरको ठक्करबाट बालिकाको मृत्यु

    सुनसरी / सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिफरको ठक्करबाट एक  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत वेस्ट बङ्गालका रफिकुल इस्लाम की छोरी ९ वर्षीया बबिता खातुन रहेकी छन् । बुधवार बेलुका को १ ख ५४५१ नम्बरको ट्रिफरले बालिकालाई ठक्कर दिँदा घटनास्थलमानै उनको मृत्यु भएको थियो । ट्रिफर र चालक धनकुटा सहिद भूमि गाउपालिका ४ का ३० वर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 107 पटक पढिएको
  • सुन तस्करी : सुन तस्करलाई सजिलो बन्यो श्रीएयर

    बिर्तामोड / सुन तस्करीमा संलग्नले स्वदेश भित्र समेत तस्करीका लागि श्री एयरलाइन्स सहितका जहाज र विमानस्थल प्रयोग गर्ने गरेको पाइएको छ । केही दिनको फरकमा भएका सुन बरामदका घटनाले तस्करीमा संलग्नले विमानस्थल र निजी वायु सेवा कम्पनीका जहाज प्रयोग गर्ने गरेको खुलेको हो ।तस्करी भएर काठमाण्डौ सम्म आएको सुन अन्य शहरमा पुर्याउन तस्करीमा संलग्नले त्रिभुवन विमानस्थल र निजी कम्पनीका जहाज प्रयोग गर्ने गरेको पुष्टि भएको छ । दुई साताको अवधिमा विमानस्थल क्षेत्रबाट नै ठुलो परिमाणमा अवैध सुन बरामद भएपछि तस्करीमा संलग्नले विमानस्थल प्रयोग गर्ने गरेको पुष्टि भएको हो ।प्रहरीले नेपालगञ्ज र काठमाण्डौ विमानस्थलबाट करि

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 107 पटक पढिएको
  • आगामी तीन दिन सम्म देशका अधिकांश स्थानमा वर्षा हुने

    बिर्तामोड / न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव सँगै मनसुन न्युन चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागमा मौसमविद् मिन कुमार आर्यालले बताए । “आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, उनले भने ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि म

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 76 पटक पढिएको
  • पाँच किलो चाँदीसहित दुई पक्राउ

    सिरहा / ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभास बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताएका छन् ।  

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • 114 पटक पढिएको
  • खोलाले बगाएर काभ्रेपलाञ्चोकमा बालकको मृत्यु

    बनेपा / काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोशी गाउँपालिका–५ का प्रकाशकुमार लामाको छोरा आठ वर्षीय अवि तामाङ रहेका छन् । विद्यालयबाट घर फर्किने क्रममा मङ्गलबार रोशी गाउँपालिका–९ कालोपुलस्थित पौडी खेल्ने क्रममा सो खोलाले बगाएर उनी बेपत्ता भएको थियो । खोजतलासका क्रममा मङ्गलबार बेलुका सोही गाउँपालिकाको वडा नं ११ कालढुङ्गास्थित रोशी खोलाको किनारामा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।तामाङ स्थानीय विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । शव परीक्षणको लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 79 पटक पढिएको
  • जुवाको खालबाट आठ पक्राउ

    खैरहनी / इलाका प्रहरी कार्यालय खैरहनीले मङ्गलबार साँझ जुवा खेलिरहेको अवस्थामा आठलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित उनीहरुलाई कृष्ण श्रेष्ठको घरबाट नगद रु एक लाख ४४ हजार १७० सहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट एक बुक ताससमेत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय घर धनी श्रेष्ठ खैरहनी नगरपालिका–६ का ४४ वर्षीय नवीन श्रेष्ठ, खैरहनी ८ का ४१ वर्षीय विष्णु सुनार, राप्ती नगरपालिका–६ का ३९ वर्षीय सुदिप गिरी, वर्ष २८ का दिपेश बर्तौला, राप्ती ३ का ३६ वर्षीय चुडामणि थपलिया, राप्ती ४ का ६८ वर्

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 104 पटक पढिएको
  • निजी क्षेत्रको रेल पहिलो पटक वीरगञ्जमा

    काठमाडौँ / हिन्द टर्मिनल प्रालिको भारतीय रेल बुधबार पहिलो पटक वीरगञ्ज सुख्खा बन्दरगाहमा निजी क्षेत्रको रेल आएको छ।  नेपाल–भारत रेल्वे सम्झौता भएसँगै पहिलो पटक  ‘हल्दियाबाट एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे सुख्खा बन्दरगाह आइपुगेको हो ।खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जनाएका छन् ।  नेपाल आउने सामान ल्याउने कार्गो रेलमा भारतीय कम्पनीको सिन्डिकेट तोडिएको छ। २००४ सालमा नेपाल–भारत रेल सम्झौता भए पनि यसले पूर्णता पाएको थिएन। सम्झौतामा दुई पक्षीयबाट केही संशोधन गरेपछि यो कार्यान्वयनमा आएको

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 90 पटक पढिएको
  • एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरमा एकको मृत्यु

    कञ्चनपुर / कञ्चनपुरमा म १ च २८८ नं को एम्बुलेन्सले दूध बोकेको साइकललाई ठक्कर दिँदा आज (बुधवार) एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐररहेका छन् । एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेलेले बताएका छन् । एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका– १६ का अन्दाजी ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्व–पश्चिम राजमार्गको गुलरिया क्षेत्रमा

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • 101 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.