समाचार

    Showing 23,871-23,880 of 26,772 items.
  • खोलामा डुवी हल्दीवारीका बालकको मृत्यु

    बिर्तामोड /  उदयपुरको त्रियुगा खोलामा डुवी हल्दीबारी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको हल्दीबारी घर भई त्रियुगा नगरपालिका(७ स्थितिमा बस्दै आएका गौर बहादुर मगरको ५ बर्षीय छोरा निस्पल मगर रहेका छन् ।  हिजो(बिहिवार) साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा बालक डुवीरहेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुर हो ।

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 86 पटक पढिएको
  • लेटाङ घटना : प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा थप २१ पक्राउ

    बेलबारी / लेटाङको खेरुवा स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलको यौन दुव्र्यवहारको विषयलाई लिएर महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटनामा संलग्न भएको अभियोगमा प्रहरीले थप २१ जनालाई पक्राउ गरेको छ ।विध्यालयकी १२ वर्षिया छात्राले पौडेलका विषयमा उजूरी दिएपछि विध्यालयमा आयोजित सर्वपक्षीय छलफलका क्रममा स्थानिय र प्रहरी बिच भएको झडपमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको विषयमा अनुसन्धान गरीरहेको प्रहरीले उनीहरुलार्ई पक्राउ गरेको हो ।विध्यालय क्षेत्रमा भएको हिंस्रक घटनाका विषयमा अनुसन्धान गरीरहेको प्रहरीले यसअघि ९ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङ घ

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 829 पटक पढिएको
  • भाउजूको हत्याको आरोपमा ३५ वर्षीय बिन्दा पक्राउ

    रौतहट / रौतहटबाट भाउजूको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका –२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतो रहेका छन् । महतोलाई ४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको आरोपमा बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । पुरानो रिसिवीको कारण गत चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउँदा रमकुम्री गम्भीर घाइते भएकी थिइन् । घाइते रमकुम्रीको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 104 पटक पढिएको
  • युवकमाथि खुकुरी प्रहार गर्ने ५ जना पक्राउ

    काठमाडौँ / ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ नपर्नेहरूमा रामेछाप मन्थली घरभइ जडिबुटी बस्ने १९ वर्षीय राजेश बुढाथोकी, दोलखा नाम्दुका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर थिमिका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे घरभइ राधेराधे बस्ने २३ वर्षीय प्रविण नेपाल र रामेछाप खाँडादेवी घरभइ जडीबुटी बस्ने २७ वर्षीय सञ्जिव मोक्तान रहेका छन् ।घटनामा प्रयोग गरेको खुकुरी र मोटरसाइकलसहित उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आर्थिक

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 451 पटक पढिएको
  • लेटाङको शिक्षा विकास माविमा अध्ययनरत एक छात्राले गरिन आत्महत्या

    झापा / मोरङको लेटाङमा रहेको शिक्षा विकास माविका एक शिक्षकले १३ वर्षीया छात्रामाथि गरेको जबरजस्तीकाे घटना सेलाउन नपाउँदै सोही विद्यालयमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् । शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत छात्रा लेटाङ नगरपालिका –६ कि १७ वर्षीया किशोरी सुनिता वाइबा तामाङले झुन्डिएर आत्महत्या गरेकी हुन् । तामाङ आज (विहिबार) आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी लेटाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टम लागि पठाइएकाे छ।  

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 160 पटक पढिएको
  • फेरी लोडसेडिङ : उद्योगीको फाइदाका लागी प्राधिकरण डुबाउने खेल

    रुस – युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइला र इन्धनको मूल्यवृद्धि भएसँगै नेपालमा उर्जा र वित्तिय संकट सुरु भएको छ भने  सुख्खायाममा भारतबाट विद्युत आयात गर्दै आएको नेपालमा फेरि लोडसेडिङ गर्नु पर्ने अवस्थामा प्राधिकरण पुगेको छ ।दैनिक १८ घण्टा सम्म लोडसेडिङ झेलेको मुलुकले ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङ रहेका बेलामा अन्धकारको युगबाट मुक्ति पाएको थियो । वर्षौ घाटामा रहेको प्राधिकरण समेत उनीहरूकै पालाबाट नाफामा समेत गएको थियो । युद्धका कारण भारतले विद्युत उत्पादनका लाग

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 193 पटक पढिएको
  • पूर्व डीआईजी कोइराला विरुद्धको मुद्दा डेढ वर्षपछि आज सुनुवाइ हुँदै

    काठमाडौँ / सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । श्रीमतीको गीता ढकालको हत्या गरेको आरोप लागेका डीआईजी कोइराला विरुद्धको मुद्दा दर्ता भएको डेढ वर्षपछि सुनुवाइका लागि आज पेसीमा चढेको हो । महान्यायाधिवक्ताको कार्यालयले दिएको पुनरावेदन निवेदन बिहीबार न्यायाधीश आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमा रहेको पूर्ण इजलासमा पेसी तोकिएको हो । श्रीमतीको हत्या कसुरमा जिल्ला अदालत काठमाडौँले कोइरालालाई जन्मकैद फैसला सुनाएको थियो। तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले को

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 144 पटक पढिएको
  • मधेश प्रदेशमा विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटियो

    बिर्तामोड \ मधेश प्रदेशमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ जना ग्राहकको लाइन काटिएको छ ।  मधेश प्रदेशका ८ वटा जिल्ला स्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा महसुल नबुझाउने ग्राहकको लाइन काटेको  हो । लामो समय सम्म विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटिएको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यलय जनकपुरका प्रमुख इ मुनिन्द्र ठाकुरले  जनाएका छन् ।  लाइन कट्टा गरिएका मध्ये ९ हजार ७१४ जना ग्राहकले ४२ करोड ९२ लाख ३९ हजार १९० महसुल तिरेर पुन: लाइन जडान गरेको  कार्यलय प्रमुख इ मुनिन्द्र ठाकु

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 130 पटक पढिएको
  • तातोपानी नाकाबाट बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रियो

    सिन्धुपाल्चोक \ तातोपानी भन्सार  नाकाबाट बुधबार २३२ मेट्रिक टन रासायनिक  युरिया  मल नेपाल भित्रिएको छ ।तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमका अनुसार सिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । बोलपत्र पाएपछि छ महिनाअघि सिल्कले पहिलो  पटकमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।  हिजो आएको मल आज राजधानी पठाइने गौतमले बताएका छन् । रासायनिक मलको अभाव सहँदै आएका नेपाली कृषकलाई यसले राहत दिने बताइएको छ । बाँकी रहेको आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको सिल्क मार्केटले जनाएक

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 68 पटक पढिएको
  • सप्तकोसी नदीमा हामफालेका ब्यक्तिको जीवितै उद्धार

    सुनसरी / सप्तकोसी नदीमा हाम फालेका ब्यक्तिको उद्धार गरिएको छ । बुधवार राती विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका-८ का ६८ वर्षीय बुनई यादवको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको हो । प्रहरी चौकी कोशी ब्यारेजबाट खटिएको प्रहरी टोलीले यादवको जीवितै उद्धार गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 210 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.