समाचार

    Showing 23,901-23,910 of 25,279 items.
  • चोरीको आरोपमा चार पक्राउ

    बिर्तामोड / चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले झापबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर  –१४ का २७ वर्षीय कृष्ण बिर्जा, १९ वर्षीय शैलेश राजबंशी, २० वर्षीय विष्णु भण्डारी र १९ वर्षीय कमल विक रहेका छन् ।गत भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन भद्रपुर नगरपालिका –९ का अशोक तिम्सिनाको घरमा गएर चोरी गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।तिम्सिना मन्दिर गएको समयमा ११ बजे राती झ्यालको रड काटेर प्रवेश गर्न खोजिरहेको समयमा तिम्सिनाकी श्रीमतीले थाहा पाएपछि फरार भएका उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 110 पटक पढिएको
  • ट्याक्टरले किचिरे सह–चालकको मृत्यु

    पाँचथर / पाँचथरको मिक्लाजुङ गाउँपालिका –२ लक्ष्मी चौकमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका  २९ वर्षीय अभिषेक आङदम्बे रहेका छन । आइतबार दिउँसो ३ बजे लसुने खोलाबाट ढुंगा लोड गरी आउँदै गरेको प्रदेश नम्वर १–०१–००१ त ९०३४ ट्याक्टर रोक्ने क्रममा ट्रयाक्टरका सहचालक आङदम्बे ओर्लंदा पछाडिको चक्काले किचेर गम्भिर घाईते भएका थिए । घाइते आङदम्वेको उपचारको लागी आधारभुत अस्पताल रवि लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।  ट्याक्टर र चालक सोही स्थानका २८ वर्षीय आईतहाङ आङदेम्र्वे इलाका प्रहरी कार्यालय रविको नियन्त्रणमा रहेको जिल्ला प्रहर

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 97 पटक पढिएको
  • वर्षाले जलमग्न काठमाडाैँ : ४ सय घर डुबानमा , १ सय ५० को उद्धार

    काठमाडौं / गएराती देखि लगातार परेको वर्षाका कारण काठमाडौं उपत्यका सहित आसपासको क्षेत्र जलमग्न भएको छ ।  उपत्यका सहित आसपासका क्षेत्रमा रहेका नदी र खोलामा पानीको सतह समेत उच्च बनेको छ ।काठमाडाैँ उपत्यकाका बाग्मती, विष्णुमती, इच्छुमति, धोबीखोला, बल्खु खोला, मनोहरा खोला र सामाखुशी खोला लगायतका नदी र खोलामा आएको बाढीले नदी आसपासको बस्ती प्रभावित बनेको छ ।लगातारको वर्षा र बाढीका कारण उपत्यकामा करिब ४ सय घर डुबानमा परेका छन् भने सुरक्षाकर्मीले डुबान रहेका क्षेत्रबाट करिव १ सय ५० जनाको उद्धार गरेको छ । वर्षा र बाढीले नदी तथा खोला आसपासको क्षेत्रमा रहेका सुकुम्बासी बस्ती जोखिममा परेको छ ।उपत

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 96 पटक पढिएको
  • चट्याङमा परि ७ घाईते

    ओखलढुंगा  / ओखलढुंगामा गएराती परेको चट्याङ्गमा परि ७ जना घाईते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।  सिद्धिचरण नगरपालिका १० बेतिनीका घरमा परेको चट्याङ्गका कारण उनीहरु घाईते बनेको प्रहरीले बताएको छ ।घाईते मध्ये विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भिर अवस्थाका उनीहरूलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ । चट्याङले बेहोस भएका अन्य चार जनाको अवस्था भने सामान्य रहेको छ ।चट्याङका कारण एक दर्जन घरमा क्षति पुगेको र गाई – भैँसी सहितका चौपाया मरेको बताईएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढु

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 87 पटक पढिएको
  • विराटनगरमा एक युवा मृत फेला

    बिर्तामोड / मोरङको विराटनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३५ वर्षीय युवक विराटनगर –१३ स्थित डिएभी स्कुल अगाडि आज (सोमबार) बिहान मृत अवस्थामा फेला परेका हुन् । मृतक युवा आइतबार साँझ डिएभी स्कुल अगाडि हिँडडुल गरेको स्थानीयले बताएका छन् । मृतक युवकको पहिचान भने नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । शवको पोस्टमार्टमका लागि विराटनगर स्थित कोशी अस्पतालमा लैजाने तयारी भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । 

    • प्रकाशित मितिः भदौ २१, २०७८
    • 176 पटक पढिएको
  • अनलाइन सामान विक्रेता दराजले ठगि गरेको आरोप लगाउँदै शाखा कार्यालयमा तालाबन्दी

    विराटनगर  //अनलाइन सामान विक्रेता दराजले ठगि गरेको आरोप लगाउँदै विराटनगरको तिनपैनी स्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गर्दिएका छन् ।अनलाईन अर्डर मार्फत सेवाग्राहीलाई सामान उपलब्ध गराउँदै आएको दराजले ठगि गरेको आरोप लगाउँदै शाखा कार्यालयमै सेवाग्राहीले तालाबन्दी गरेका हुन्।ईसेवा मार्फत पेमेन्ट गरेको भएपनि दराजको केन्द्रीय कार्यालयले पेमेन्ट नै नभएको जवाफ दिने गरेको सेवाग्राही कुशल कोईरालाले  गुनासो गरेका छन्। यता केन्द्रीय कार्यालयमा फोन गर्दा  हाम्रो गल्ति भयो भन्दै सामान उपलब्ध नहुने बताएको  उनले जानकारी गराएका छन्।  एकसय पिस टेस्ट प्रोडक्ट मगाएको भएपनि

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 111 पटक पढिएको
  • नक्कली सर्टिफिकेटमा अमेरिका जान खोज्ने ६ जना पक्राउ

    बिर्तामोड / शैक्षिक प्रमाण पत्र नक्कली बनाएर पेश गरी ईडीभी परेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका –३ का सुमित रत्न गुभाजु, मोरङको पथरी शनिश्वरे नगरपालिका –६ का अमरबहादुर कट्वाल, नवलपरासीको गैडाकोट नगरपालिका –३ का नरेश केसी, नवलपरासीको देवचुलीका लक्ष्मण पाठक, काभ्रेको बनेपा –१० का दिप बिष्ट र काठमाडौंको टेकूका सोहिली शाही रहेका छन्।उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली बनाएर पेश गरेको पाइएपछि पक्राउ गरेको माहाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए । उनीहरूमध्ये केहीलाई अमेरिकन

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 89 पटक पढिएको
  • दश वर्षीया बालिका बलात्कृत

    इटहरी / दश वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले दुहबी नगरपालिका ४ का ५२ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।दुहबी ४ का ५२ वर्षीय पुरुषलाई बलात्कारमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।घरमा कोही पनि नभएको समयमा बालिकालाई जबरजस्ती बलात्कार गरेको भन्दै बालिकाको परिवारले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।गत भदौ १५ गते भएको घटना परिवारका सदस्यले शनिवार मात्रै थाहा पाएको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 68 पटक पढिएको
  • गाँजा कारोबारीको मोरङ प्रहरीको हिरासतमा शंकास्पद मृत्यु

    विराटनगर / जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थुनामा रहेका एक थुनुवाको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले छानविनको माग गरेका छन् ।  गत शुक्रबार गाँजासहित पक्राउ परेका विराटनगर ११ का ३७ वर्षीय भीम कामतको आइतबार मृत्यु भएपछि  आक्रोशित बनेका आफन्तले मृत्यु शंकास्पद भएको भन्दै छानविनको माग गरेका हुन् । विराटनगरको जनपथ टोलबाट साढे तीन किलो गाँजासहित शुक्रबार कामत पक्राउ परेका थिए ।हिरासतमा रहेकै बेला बिरामी भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको थियो। कामतको उपचारकै क्रममा मृत्यु भएको हो ।मृतककी श्रीमती यशोदा कामत र भाइ विरेन्द्र कामतले प्रहरी हिरासतमा रहेका व्यक्तिको

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 127 पटक पढिएको
  • सशस्त्र प्रहरीको गणमा एटीएम सेवा

    बिर्तामोड / झापाको भद्रपुरस्थित सशस्त्र प्रहरी बलको २ नं. गणमा मेगा बैँकको एटीएम सञ्चालनमा ल्याइएको छ । एक समारोहबीच आज (आइतबार) गणको मूलढोका बाहिर राखिएको एटीएमको उद्घाटन सशस्त्र प्रहरी बल २ नं. हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले गरेका छन् । कोरोना महामारीको यो विषम परिस्थितिमा प्रहरीहरूलाई पैसा झिक्न सजिलो होस् भनेर मेगा बैंकले एटीएम राखिदिएको पाण्डेले बताएका छन् ।गणमा आवद्ध ६०० भन्दा बढीले बैंकमा खाता खोल्ने र एटीएम लगायतको सुविधा उपयोग गर्ने आशा गरिएको बैंकका प्रदेश नं. १ का मेनेजर विवेक न्यौपानेले बताएका छन् । 

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 184 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.