ओखलढुङ्गा /मानेभन्ज्याङ गाउँपालिकामा करेन्ट लागी सोलारको पोलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका ४ का २१ वर्षीय निखिल फुयल रहेका छन् । शनिबार बिहान माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधीन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागेर फुयल पोलबाट लडी घाईते भएका थिए । उपचारको लागी जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्घाखाँची / अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आज(शनिबार) बिहान भएको मिनीबस दुर्घटनामा एकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । काठमाण्डौँबाट सन्धिखर्क आउँदै गरेको बा३ख ८६३९ नम्बरको माइक्रोबस बिहान ५ बजेको आसपासमा शीतगङ्गा नगरपालिका वडा नम्बर ३ ठाडामा दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान–९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । घाइते छ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक
काठमाडौं//चार किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। श्री एयरलाईन्सको काठमाडौ–नेपालगञ्जको नियमित उडानबाट आएका दुई जनाको साथबाट चार किलो सुन बरामद भएको बाँके प्रहरीले बताएको छ। नेपालगञ्ज विमानस्थलमा सुनचाँदी व्यवसायी संघका अध्यक्षसहित पुगेर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी गराएका छन्। प्रहरीले सुनसहित पक्राउ परेका व्यवसायीको परिचय भने खुलाएको छैन।
काठमाडौं//हतियार चोरी गरेको अभियोग लागेर जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहरिएका छन् ।तर ,दुवै जनालाई २०७५ चैत १८ गतेबाट गणना हुने गरी ३ वर्षका लागि पदोन्नति (बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङलाई निर्दोष ठहर गरेको हो। यसअघि उनीहरुलाई हतियार चोरी गरेको आरोपमा सैनिक अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। २ वर्ष अगाडि सैनिक अदालतले सुनाएको फैसलाविरुद्ध उनीहरुले २०७६ जेठमै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए। तर, उनीहरुको पुनरावेदन निवेदनमाथि सुनुवाइ हुन सकेको थिए
मोरङ / मोरङमा पानीको खाल्डोमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनपालथान गाउँपालिका –७ कदमाहाका ३२ वर्षीय राम भरोस केबरत रहेका छन् । केबरतको आज दिउसो पौने ११ बजे पानी जमेको खाल्डोमा पटुवा धुने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ / मोरङको विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका –१८ खोक्साहाका २८ वर्षीय पप्पु कुमार मण्डल रहेका छन् । मण्डल आज दिउसो ११ बजे विराटनगर –१७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए । मण्डलको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
बिर्तामोड / झापाको कमल गाउँपालिका –५ आदीबासी रङ्गशाला अगाडि पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका –३ ईश्वरपुर घर भएका लोहरा कापरीको छोरा ४ वर्षीय मानव कापरी रहेका छन् । आज दिउसो साढे ११ बजे प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअपले बाटो क्रस गर्ने क्रममा कापरीलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करले बालकको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पिकअप र चालक मकवानपुर हेटौंडा नगरपालिका –११ का २४ वर्षीय अजय पाख्रिन इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
काठमाडौं / नेकपा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थीहरूले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । विद्यार्थीहरूले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा मोदीको पुत्ला जलाएका हुन् । उनीहरूले प्रदर्शनको क्रममा जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए ।गत साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका– २ का जयसिंह धामी महाकाली नदीमा खसेका थिए । सरकारले घटनाको छानबिन गर्न बनाएको समितिले समेत सो घटनामा भारतीय पक्षको संलग्नता रहेको
तनहुँ / तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन बिक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर बाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरक्षक युवराज तिमिल्सिनाले जानकारी दिएका छन्।
बागमती / हेटौँडा स्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडा तथा विभिन्न उपभोक्तावादी सङ्घसंस्थाको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनका क्रममा उक्त कम्पनीमा म्याद गुज्रिएको चिया फेला पारेपछि स्थानीय प्रशासनले युनिलिभरको चिया प्लान्ट सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिएका छन् । उनले भने, “विशेष सूचनाका आधारम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.