झापामा / एकीकृत विपद् व्यवस्थापनका लागि ‘क्याम्प’ निर्माण सुरु गरिएको छ । स्वीस विकास नियोग, प्रदेश र स्थानीय सरकारको सहयोग तथा सहकार्यमा अर्जुनधारा नगरपालिका–११ स्थित देउनियाटोल नजिकै क्याम्प निर्माण सुरु गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।जिल्लाका चार स्थानीय तह कनकाई नगरपालिका तथा अर्जुनधारा, बिर्तामोड र बुद्धशान्ति गाउँपालिकामा विपद् व्यवस्थापन गर्ने काम थालिएको उनले बताएका छन् । “चारवटै स्थानीय तहले अपनत्व लिने र एकीकृत विपद् व्यवस्थापन गर्ने गरी काम थालिएको छ”, उनले भने, “यसले विपद्का बेला नागरिकको उद्धार, राहत र विपद् व्यवस्थापनमा सहज हुनेछ ।”दुई
खोटाङ / दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा निर्माणाधीन मोटरवेल पक्की पुल समयमा सम्पन्न नहुँदा उदयपुरको राँकुलीखोलामा शुल्क तिरेर मोटरसाइकल तार्नुपर्ने बाध्यता छ । सगरमाथा राजमार्गअन्तर्गत पर्ने उक्त दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरवाहीले सम्पन्न नहुँदा जिल्लाबाट पूर्वी तराईका विभिन्न जिल्ला आवतजावत गर्न प्रयोग गरिने मोटरसाइकल उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुलीखोलामा शुल्क तिरेर तार्नुपर्ने बाध्य बनेको हो ।राँकुलीखोलामा हिउँदको समयमा पानी सुके पनि वर्षात्को समयमा भने भलबाढी उर्लिने गरेका कारण मोटरसाइकल तार्ने क्र
बिर्तामोड / अमेरिकाको न्यूयोर्क सहरमा आएको आँधिमा परी एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा आङ गेलु शेर्पा, उनकी श्रीमती मिङ्मा यङ्जी शेर्पा लामा र उनीहरूका १९ महिने छोरा लोप्साङ लामा रहेका छन् । आइडा नामक आँधीमा परी उनीहरूको मृत्यु भएको एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले जानकारी दिए । नेपालको सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका वडा नं. –२ जुनवेशी स्थायी घर भएका उनीहरु हाल न्युयोर्कमा बसोबास गर्दै आएका थिए ।यस प्राकृतिक विपत्तिले अमेरिकन नेपाली परिवारहरूलाई पनि प्रभावित पारेको बताउँदै शाहले कठिन परिस्थितिमा सुरक्षित रहन अनुरोध गर्दै विपत्तिमा
ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका –१० सिम्लेमा रहेको सानीमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका –१ का ४४ वर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउसो साढे १ बजे हाईड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथीबाट झरेको ढुंगाेले किचदा तामाङ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।तामाङ हाईड्रोपावरमा खाना पकाउने काम गर्ने गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ / चर्चित पत्रकार रवि लामिछाने व्यवसायीक साझेदार रहेको ग्यालेक्सी फोरके टेलिभिजन ठगी र करछलीको घटनामा मुछिएको छ । टेलीभिजनका संचालक गितेन्द्रबाबु राईको कम्पनीले हजारौं सर्वसाधारणलाई ठगेको र कर छली गरेको सार्वजनिक भएको हो ।नेपालमा गैरकानुनी मानिएको नेटवर्किङ धन्दा चलाएर सर्वसाधारणलाई ठगेको र राईको कम्पनीले चर्को मूल्य लिएर अकुत कमाउने क्रममा कर समेत छलेको पाइएपछि सरकारले कारवाही अघि बढाएको छ । राई मुख्य सञ्चालक रहेको नेचर हब्सले गैरकानुनी कारोबार गर्ने गरेको र ठगी गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेर कागजात जफत गरेको छ ।बस्तुको प्रत्यक्ष बिक्री
काठमाडौँ / नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज(बिहिवार) बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।लामो समयसम्म गृहसचिव रहेका उनी कुशल प्रशासकका रुपमा चिनिन्छन् । उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् । उनकी श्रीमती र दुई छोरा छन् । छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
बिर्तामोड / प्रहरीले प्रतिबन्धित औषधी सहित फरक फरक स्थानबाट ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ रातोहोलीका २७ वर्षीय अनिष श्रेष्ठ र २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।उनीहरुलाई बुधवार बेलुका प्रहरीले उनीहरूको कोठाबाट ट्रामाडोल १५८ क्याप्सुल र स्पास्पेन १४ ट्याबलेट सहित पक्राउ गरेको हो । त्यसैगरी प्रहरीले मोरङकै रतुवामाई नगरपालिका २ सिजुवाबाट उर्लाबारी १ का २१ वर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स डि एक्स १ बोतल लागूऔषध सहित पक्राउ गरेको छ । सिजुवाबाट नै प्रहरीले मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा प्रतिबन्धित औषधी स्पासपे
उदयपुर /उदयपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ८ देउरीका बिरेन्द्र प्रसाद चौधरीको १४ वर्षीय छोरा निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै रहेको चौरीबाट खेलेर बुधवार बेलुका ७ बजे घर फर्कने क्रममा अविरल वर्षात सँगै परेको चट्याङ लागी उनी अचेत अवस्थामा पुगेका थिए । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा बेलुका पौने ९ बजे मृत्यु प्रहरीले जनाएको छ ।
काठमाडौँ / घुस मागेको आरोपमा माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट घर भएका तिलक बहादुर उपाध्याय र रोल्पाका दत्त बूढा रहेका छन् । उनीहरूले महानगरीय प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका थुनुवालाई ‘छुटाउँछौँ’ भनेर घुस लिएको अनुसन्धानबाट खुलेको काठमाडौँ परिसरका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । पक्राउ परेका उपाध्याय माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हुन् भने दत्त पूर्व विद्यार्थी नेता हुन् । जुवा खालबाट पक्राउ परेकाहरूसँग उनीहरूले ३ लाख नगद लिएका थिए ।
ओखलढुङ्गा / ओखलढुङ्गा मानेभन्ज्याङ गाउपालिका-५ ताराबारी स्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० वर्षीया कर्ममाया मगर रहेकी छन् । बुधवार बेलुका पौने ५ बजे ओखलढुंगा सदरमुकामबाट हर्कपुर तर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भिर घाईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक सोही स्थानका २१ वर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.