समाचार

    Showing 23,971-23,980 of 25,286 items.
  • पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन घाइते

    अर्घाखाँची / पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पाणिती गाउँपालिका ७ अडगुरीमा आएको पहिरोले जीवनलाल सुनारकी नौ वर्षीय छोरी झरना सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको हो । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र  अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य  रहेको जनाइको छ ।

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 87 पटक पढिएको
  • ओखलढुंगामा आफ्नै शरीरमा आगो लगाएर आत्महत्या

    ओखलढुंगा  / ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० बर्षिया मीनाकुमारी श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् ।घरबाट करिब १ किलोमिटर टाढा रहेको टोड्के सामुदायिक वनपाखामा सोमबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । महिलाले आत्महत्या गरेको स्थान छेवैमा डिजेल प्रयोग गरिएको बोतल तथा सानो झोला समेत फेला परेको प्रहरीले जनाएको छ ।घटनापछि प्रहरीले शवको मुचुल्का उठाई शवलाई सोमबार पोस्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त महिला केही समयअघि कोभिड संक्रमित समेत थिइन् । मृतकक

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 81 पटक पढिएको
  • प्रहरी जवानको दीक्षान्त समारोह

    बिराटनगर / १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।मिति २०७७ साल मंसिर ३ गते देखी सञ्चालित प्रहरी जवान १३८ औ समुहको २ सय ३४ कार्यदिनको आधारभूत तालिम पश्चात आज प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।प्रहरी जवान १३८ औ समुहको आधारभुत तालिममा सहभागी १३३ जना महिला सहित ६७१ जना प्रहरी जवानहरू दीक्षित भएका हुन । १ नम्बर प्रदेश प्र

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 163 पटक पढिएको
  • ‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’

    विराटनगर  / प्रदेश  नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित  ‘प्रहरी जवान आधारभूत तालिममा एक सय ३३ महिला सहित ६ सय ७१   दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट सञ्चालित सय ३८ औँ समूहको सो तालिममा प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण र दङ्गा प्रहरी गण सुनसरी दुहबीबाट उनीहरु दीक्षित भएका हुन् । प्रशिक्षार्थीलाई प्रहरी सङ्गठनको परिचय, सुरक्षा प्रहरी कार्य, अपराध नियन्त्रण, अनुसन्धान, विद्यमान कानुन र प्रहरी नियुक्ति तथा कारबाही लगायत विषयवस्तुमा  दुई  सय ३४ दिन प्रशिक्षण दिइएको थियो ।तालिममा उत्तमकुमार मगर प्रथम, डम्बर सुन्दास द्वितीय, अध्ययनम

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 78 पटक पढिएको
  • घरमा आगलागी हुँदा दम्पत्तिको मृत्यु

    लमजुङ /  लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ मा एक घरमा आगलागी हुँदा एक दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताएका छन्। उनले भने, “आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।”  ढुङ्गामाटोका गाह्रो र जस्तापाताको छानो भएको धन्सार

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 91 पटक पढिएको
  • पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    तनहुँ / पहिरोले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिएका छन्। जेसीबीको प्रयोग गरी पूर्णरूपमा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 69 पटक पढिएको
  • काँकरभिट्टामा ३५ अर्ब व्यापार घाटा

    काँकरभिट्टा /  झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७/०७८ मा रू ३५ अर्ब ८५ करोड व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिएका छन्। उनका अनुसार यो नाकाबाट गत आवमा रू ४८ अर्ब ५ करोडको वस्तु आयात भएको छ भने रू १२ अर्ब ६५ करोडको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्या

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 125 पटक पढिएको
  • सामाजिक सुरक्षा प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

    काठमाडौँ / संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।जेटियुुसिसीका अध्यक्ष एवं अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटगरी श्रम ऐन, २०७४ र योगादनमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को कार्यान्वयन गर्न छ बुँदे ज्ञापनपत्र बुुझाएको हो । सार्वजनिक संस्थानमा रहेका करार कामदारलाई गत साउन १ गतेदेखि कोषमा सूचीकृत हुने व्यवस्था मिलाउन, १ प्रतिशत सामाजिक सुरक्षा करका रुपमा सङ्कलित रकम कोषमा उपलब्ध गराउन, श्रम कटौती बन्द गर्न

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 101 पटक पढिएको
  • डिजेल बोकेको ट्याङ्कर चोरीको प्रयास

    विराटनगर / नेपाल आयल निगमको विराटनगर स्थित पार्किङ स्थलबाट सोमबार बिहान करिव २ बजे डिजेल सहितको ट्याङ्कर चोरीको असफल प्रयास भएको खुलेको छ ।निगमको उत्तरतर्फ पार्किङ गरेर राखिएको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी भएको थियो । करिव २० लाख मूल्य बराबरको डिजेल बोकेको ट्याङ्कर चोरी भएको थाहा पाए लगत्तै परिचालित भएको प्रहरीले चोरीमा संलग्न सहित ट्याङ्कर नियन्त्रणमा लिएको हो ।ट्याङ्करको खोजीमा निस्किएको प्रहरीले बूढीगंगा–३ बाँसबारीबाट ट्यांकर सहित चालक विराटनगर–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको छ ।पक्राउ परेका यादव निगमका पूर्व चालक हुन् । उनले केही महिना अघि मात्रै जागिर छाडेका थिए ।ट्याङ्क

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 104 पटक पढिएको
  • फोहोरमा मोहरको चक्कर : बिर्तामोडमा फैलियो दुर्गन्ध

    बिर्तामोड / बिर्तामोड नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापन गर्न नसक्दा यतिबेला मुख्य बजार क्षेत्र दुर्गन्धित भएको छ । मुख्य सडक क्षेत्रमा थुप्रिएको फोहोरका कारण नगरक्षेत्र नै दुर्गन्धित बनेको हो ।ल्याण्डफिल्ड साइट नहुँदा फोहोर व्यवस्थापन गर्न कठिनाइ भएको नगरपालिकाले बताउँदै आएको छ । व्यवस्थापनको जिम्मेवारी बोकेको ठेकेदार कम्पनी पनि नगरपालिकाले सम्झौता अनुसार ल्याण्डफिल्ड साइड नदिएकाले फोहोर संकलन गर्न नसक्ने भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिएको छ ।  नगरपालिकाले फोहोर व्यवस्थापनका लागि नगरवासीसँग शुल्क लिन पाउने गरी गत वैशाख १५ गते काठमाण्डौको निराकार सरसफाइ सेवा प्रालिलाई जिम्मा दिएको

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.