समाचार

    Showing 23,981-23,990 of 25,286 items.
  • पर्यटन व्यवसायी खनालको निधन

    बिर्तामोड / झापाका पर्यटन व्यवसायी गोपाल खनालको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको छ । जिल्ला ट्राभल्स सङ्घ, झापाका उपाध्यक्ष तथा भद्रपुर नगरका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका(८ निवासी ५६ वर्षीय खनालको उपचारको क्रममा  सोमबार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो । भद्रपुर स्थित अनिमेष ट्राभल्स एन्ड टुर्सका सञ्चालक खनाल मङ्गल सेवा समिति भद्रपुर, झापा उद्योग वाणिज्य सङ्घ, मेची क्याम्पस बौद्धिक बाटिका निर्माण समिति र झापा नेत्रहीन संघलगायतका सङ्घसंस्थामा आबद्ध रहेका थिए । खनाललाई  साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 98 पटक पढिएको
  • सप्तकोसीकाे पानीको बहाव तीन सय मिटर फैलियो

    उदयपुर / निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोसी नदीको  बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको  नगरप्रमुख दुर्गाकुमार थापाले बताए । तटीय क्षेत्रमा  डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ । रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतबार राति १० बजेसम्म  पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले  बहाव थोरै घटेर

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 74 पटक पढिएको
  • मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

    धादिङ / धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । सोमबार बिहान ज्वालामुखी गाउँपालिका –५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको मिनी ट्रक ब्रेक फेल भई अनियन्त्रित हुँदा  दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।अध्यक्ष तिमल्सेनाका अनुसार घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको र ४ जनालाई गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । थप १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको अध्यक्ष तिमल्सेनाले जानकारी दिए  ।

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 76 पटक पढिएको
  • पहिरोका कारण मनाङका कर्मचारी कार्यालय फर्कन सकेनन्

    मनाङ / गत जेठ १४ र असार १ गते आएको बाढी पहिरोका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । बाढी पहिरोको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् ।  आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदा तथा काजमा जिल्ला बाहिर गएका कर्मचारी फर्किन नसकेका हुन् । बाढी पहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध छ ।घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । “बाढी पहिरो र आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदामा गएका कर्मचारी फर्किन सकेका छैनन् । सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । केही कर्मचार

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 85 पटक पढिएको
  • पहिरो खस्दा कालीपुलका आठ घरमा क्षति, तीन घाइते

    बेनी / बेनी नगरपालिका–८  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छाल सहितको बाढी आएको थियो । कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पु¥याएकोे जानकारी दिएका छन् । उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि बेनी अस्पताल पु¥याएका थिए । उनले अहिलेपनि पहिरो खस्ने क्रम नरोक

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 77 पटक पढिएको
  • मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

    सिन्धुपाल्चोक /  मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ । गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन्। “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो”, उनले भने।आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभ

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 75 पटक पढिएको
  • करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते

    धादिङ / धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका वडा नम्बर –५ बञ्चरे डाँडामा एनसेलको टावरमा तार जोड्ने क्रममा २ जना मजदुरको मृत्यु भएको हो । पोलमा सर्ट भएको बिजुलीका कारण करेन्ट लागेर उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी युवराज खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार घाइतेको स्थानीय अस्पतालमा राखेर उपचार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 86 पटक पढिएको
  • १३ सय किलो एसिडसहित तीन पक्राउ

     पोखरा//पोखरामा १३ सय किलो एसिडसहित तीन जनालाई प्रहरीले  पक्राउ गरेको छ। बाराको जितपुर सिमरा उप–महानगरपालिका- १५ घर भई हाल चितवन भरतपुर बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका -२ घर भई सोहि ठाउँमा बस्ने २९ वर्षीय केशव सिंह र बाग्लुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो। पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड समेत बरामद भएको  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकार

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 79 पटक पढिएको
  • तस्करले गरे प्रहरीमाथि आक्रमण

    विराटनगर// भारतदेखि अवैध रुपमा भित्रिएको कपडा  नियन्त्रणमा लिन खोज्दा तस्करले प्रहरीमाथि हातपात गरेका छन्।तस्करी गरेर ल्याएको ९ पोका कपडा प्रहरीले नियन्त्रणमा लिन खोज्दा विराटनगर १३ का ३२ वर्षिय नरेश यादवले डियुटिमा खटिएका प्रहरीमाथि हातहात गरेका हुन्। शनिबार राती तस्करीको कपडा आएको छ ,भन्ने सूचना पाएपछि विराटनगर १२ स्थित बखरी प्रहरी चौकीका असाइ भुवन श्रेष्ठको नेतृत्वमा  खटिएको  टोलीले यादवसहित तस्करीमा प्रयोग गरिएको को २ ह ६२२६ नम्बरको अटो र कपडा समेत बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी गराएका छन्। सादा पोसाकमा खटिएको प्रहरीले कपडा नियन्त्रणमा लिन खो

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 114 पटक पढिएको
  • नागरिकता विधेयक पारितको माग राख्दै संघर्ष समितिको सांकेतिक प्रर्दशन

    राकेश कर्णविराटनगर / संसद्‌मा विचाराधीन रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पीडित संघर्ष समिति मोरङले विराटनगरमा सांकेतिक प्रर्दशन गरेको छ ।आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेको हो । युवाहरूले नागरिकता विद्येयक पारित गर, हाम्रो पहिचान कायम गर र हामीलाई नागरिकता खोई त सरकार लगायतका प्लेकार्ड सहित प्रर्दशन गरेका थिए । उमेर पुगेका नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुपर्ने उनीहरूको माग छ । नेपालको संविधानमा नागरिकता सम्बन्धी व्यवस्था गरिएको भएपनि विभिन्न राजनीति

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 92 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.