समाचार

    Showing 23,991-24,000 of 25,286 items.
  • दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिन निर्देशन

    काठमाडौँ / राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठक पछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको जनाउँदै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी दिइन् । बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै तीन वटै तहसँग समन्वय गरी दिगो विकास लक्ष

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 99 पटक पढिएको
  • कछुवागतिमा बलेवा विमानस्थल

    – खेमराज गौतम काठमाडाैँ / गलकोट निर्माण व्यवसायीले सर्सर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन । धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै आएका छन् । एक वर्षमा नै सक्ने विमानस्थल दुई वर्ष बित्दासमेत निर्माणको काम कछुवा गतिमा छ । नागरिक उड्डयन प्राधिकरणले छ महिना म्याद थप्दासमेत निर्माणको काम नसकेर पुनः असारदेखि म्याद सकिएको छ । विमानस्थललाई बाह्

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 86 पटक पढिएको
  • घुस लिएको आरोपमा दुई प्रहरी पक्राउ

    बिर्तामोड / एक महिलासँग घुस लिएको आरोपमा दुई जना प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्का रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरको हो । केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । उनीहरूले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सूचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौ’ भनेर ९० हजार घुस लिएको प्रहरी प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवा

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 128 पटक पढिएको
  • महाकालीको पहुँच मार्गमा अनावश्यक हिँडडुल गर्न निषेध

    कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीको निर्माणाधिन पुल जोडने पहुँच मार्गमा अत्यावश्यक कार्यबाहेक आजदेखि हिँडडुल गर्न निषेध गरिएको छ ।कोरोनाको सङ्क्रमणलाई मध्यजनगर गर्दै जिल्ला प्रशासन कार्यालयले पुल निर्माणमा संलग्न कामदार बोक्ने सवारी साधन, ढुवानीका साधन र कामदारलाई मात्रै सडकमा जान अनुमति दिने भएको छ । अन्य सवारी साधन आवतजावत गर्न र अनावश्यक हिँडडुल गर्नमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि निषेध गरिएको छ । अनावश्यक रुपमा सडक क्षेत्रमा लाग्ने भिडका कारण सडक र पुलमा काम गर्ने मजदुरमा कोरोनाको सङ्क्रमण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै हिँडडुल गर्न निषेध गरिएको प

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 108 पटक पढिएको
  • इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चारगृह ब्लक

    विराटनगर / इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको विषयमा विराटनगरबाट सञ्चालित एक अनलाइन समाचार पोर्टलको सेवा अवरुद्ध गरी ब्लक गरेको छ ।नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्रप्रसाद अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह ‘आवर विराटनगर नेट’ले इन्टरनेट सेवा प्रदायक क्लासिक टेक नेटको ट्राफिक चोकमा रहेको शाखामा यही भदौ ११ गते सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रसारण गरेकामा उक्त अनलाइनलाई प्रतिबन्ध गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।विज्ञप्तिमा समाचारमा चित्त नबुझेमा सञ्चारगृहलाई प्रतिबन्ध लगाउनु नेपालको संविधानविपरीत भएको उल्लेख गरिएको छ । कान

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 128 पटक पढिएको
  • प्रतिबन्धित औषधी सहित उर्लाबारीबाट एक जना पक्राउ

    मोरङ  / मोरङको उर्लाबारी बाट प्रतिबन्धित औषधी सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका १ स्थित झारासादीका २० वर्षीय उमेश धिमाल रहेका छन् । शनिबार राति १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल - ५७५ ट्याब्लेट र स्पासपेन -५७० ट्याब्लेट बरामद गरेको हो । औषधी बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 95 पटक पढिएको
  • घर भत्किँदा बालिकाको मृत्यु

    पाल्पा / लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्गा र माटोले च्यापिएकी बालिकालाई तत्काल उपचारार्थ तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको थियो । गम्भीर घाइते बालिकाको अस्पतालमा  नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले बताएका छन्। 

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 81 पटक पढिएको
  • मानव बेचबिखनमा संलग्न दुई पक्राउ

    पर्सा / जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचविखनमा संलग्न दुई जनालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला पूर्वी चम्पारण –११ बस्ने २५ वर्षीय विकेश कुमार र धनुष जिल्ल लगराइन घर भएकी २५ वर्षीया अजिमा खातुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुलाई गोप्य सूचना र सुराकीकोे आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विभिन्न जिल्ला र ठाउँबाट ७ जना युवतीहरूलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो – ११ आदापुर बजार भन्ने स्थानमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भएपछि उनीहरूलाई पक्

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 73 पटक पढिएको
  • ढुवानीमा समस्या हुँदा माथिल्लो मनाङमा खाद्यान्न अभाव

    मनाङ / बाढी पहिरोका कारण ढुवानीमा समस्या हुँदा माथिल्लो मनाङमा खाद्यान्नको अभाव भएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण बेँसीशहर–चामे–मनाङ सडक खण्ड क्षतविक्षत भएकाले ढुवानीमा समस्या हुँदा माथिल्लो मनाङमा खाद्यान्नको अभाव भएको हो ।  खाद्यान्न आपूर्तिका लागि ढुवानी समस्या भएपछि खच्चडका माध्यमबाट खाद्यान्न ल्याइएको पर्यटन तथा होटल व्यवसायी विनोद गुरुङले जानकारी दिए । पोखरा देखि मुक्तिनाथसम्म खाद्यान्न गाडीमार्फत ल्याएको र मुक्तिनाथबाट पाँच हजार ४१६ मिटर उचाइको थोराङ्ला पास हुँदै माथिल्लो मनाङ सम्म खच्चडमार्फत ल्याएको गुरुङले बताए । अन्यत्र जिल्लाबाट आएर यहाँ काम गर्द

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 88 पटक पढिएको
  • अझै उत्पादन हुन सकेन माथिल्लो मर्स्याङ्दी ‘ए’ को विद्युत्

    लमजुङ / बाढी पहिराले क्षति पुर्‍याएको साढे दुई महिना हुँदासमेत ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो । आयोजनाका अनुसार दुईवटै टर्बाइन लगायतका संरचनामा क्षति पुगेको छ । अन्य संरचना निर्माण भइरहेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत् उत्पादन गर्न करिब तीन महिना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिक

    • प्रकाशित मितिः भदौ १२, २०७८
    • 82 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.