बिर्तामोड / झापाको बिर्तामोडको दुई फरक-फरक स्थानबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड– ५ जात्रुबारीका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरस चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिली ग्राम सहित पक्राउ गरेको हो ।त्यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले चारपानेबाट बिर्तामोड –१ कि देवी तामाङ र बिर्तामोड –५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरेको छ ।
बिर्तामोड (रासस) बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ। देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम अगाडि बढाउन लागिएको हो।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुलीसमेत राष्ट्रिय प्रणालीमा जोडिएपछि देशभित्र कूल जडित क्षमता दुई हजार मेगावाटको हाराहारीमा पुगेको छ। प्रणालीमा हाल एक हजार ५०० मेगावाट बराबरको बिजुली माग छ। बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको
झापा / नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिएका छन् । बिर्तामोड स्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताएका छन्।यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल
बिर्तामोड / प्रहरीले बिर्तामोड–५ स्थित मिलन चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङ रहेका छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकाको साथबाट ब्राउन सुगर २० ग्राम र उनीहरु सवार मे २ प ८६८६ नम्बरको मोटरसाइकल बरामद भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी गराएको छ ।पक्राउ परेकालाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी गराएको छ ।
विराटनगर / मोरङको विराटनगर स्थित एक उद्योगका प्रमुख कार्यकारी अधिकृतले महिला मजदुरमाथि दुर्व्यवहार गरेको भन्दै मजदुर आन्दोलनमा उत्रिएका छन् ।विराटनगर – १३ मा सञ्चालनमा रहेको ट्राइकोट इन्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय चाण्डोकले महिला मजदुरमाथि दुर्व्यवहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।आन्दोलनमा उत्रिएका उद्योगका मजदुरले चाण्डोक माथि कारवाही गर्न माग गरेका छन् । कारवाहीको माग गर्दै मजदुरले उद्योग परिसरमा नाराबाजी र प्रदर्शन गरेका छन् ।तयारी कपडा उत्पादन गरी विदेश निर्यात गर्दै आएको उद्योगमा हाल करिव ३ सय ५० मजदुर कार्यरत रहेका छन् । उद्योग प्रशासनले उद्योगम
सिन्धुपाल्चोक/ मेलम्ची नगरपालिकाका बालबालिकालाई सोमाबार आपत्कालीन सहयोग उपलब्ध गराइएको छ । विश्व शिक्षा, तेरी देश होम र महिला आत्मनिर्भरता केन्द्रको साझेदारी र वडा नं ८ को संयोजनमा उक्त वडाभित्रका १७ बालबालिकालाई घरघरमा पुगी सहयोग वितरण गरिएको वडाध्यक्ष ठङ्कराज गिरीले जानकारी दिएका छन् ।कोरोनाका कारण कतिपय अभिभावकले रोजगारी गुमाउनुपरेकाले समस्यामा परेका बालबालिकालाई शैक्षिक तथा खाद्यान्न सहयोग गरिएको केन्द्रका अनुगमन तथा मूल्याकङ्न अधिकृत ध्रुव सापकोटाले बताए । केन्द्रले गत जेठमा टोलटोलमा पुगी सर्भेक्षण गरेर पहिचान भएका बालबालिकालाई सहयोग गरिएको संस्थाका सामाजिक परिचालक सृष्टि नेपा
काठमाडौँ / तालिवानले कब्जा गरेपछि अफगानिस्तानबाट पछिल्ला १० दिनमा १६४ नेपाली कामदार स्वदेश फर्किएका छन् । एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक पनि नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले जानकारी दिएका छन् । अफगानिस्तान लाई तालिवानले कब्जा गरेसँगै थप नेपाली कामदारको उद्धार सुरु भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले उद्धार गरेको छ । ती मध्ये केही आज नेपाल आइपुग्ने छन् । संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायतका निकायमा कार्यरत चार सय ७० जना नेपाली उद्धारको पर्खाइमा र
झापा / झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताएका छन्।झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको खड्काले जानकारी दिएका छन् । आव २०७६/७७ मा दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २६७ जना घाइते भएका थिए । त्यस्तै आव २०७७/७८ मा सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एक हजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी
एजेन्सी //अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने भएका छन् । सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको बताएका छन्। अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको उनले जानकारी गराएका छन्। दूतावास उनीहरूसँग नियमित सम्पर्कमा भएकाले उनीहरू सुरक्षित रहेको प्रवक्ता हुआले बताएका छ्न। चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प
काठमाडौँ // नेपाली सुरक्षागार्डसहित विदेशी कामदारलाई काबुल छाड्न तालिवानले आदेश दिएको छ। झन्डै एक सय ५० जना नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार र कर्मचारीहरुलाई काबुल छाड्न तालिवानले आदेश दिएको हो । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएको बताइएको छ। तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएको सोहि होटलमा रहेका एक नेपाली सुरक्षा गार्डले बताएका छन्। सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।अमे
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.