काठमाडौँ // नेपाली सुरक्षागार्डसहित विदेशी कामदारलाई काबुल छाड्न तालिवानले आदेश दिएको छ। झन्डै एक सय ५० जना नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार र कर्मचारीहरुलाई काबुल छाड्न तालिवानले आदेश दिएको हो । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएको बताइएको छ। तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएको सोहि होटलमा रहेका एक नेपाली सुरक्षा गार्डले बताएका छन्। सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।अमे
काठमाडौँ //कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सरकारले आफुलाई अन्यायपूर्ण तरिकाले हटाएको भन्दै प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई ४ वर्षको लागि गरेको नियुक्ति बदर गर्न माग गरेका हुन्।उनले सो पदमा आफु ४ वर्षको लागि नियुक्त भएकोले आफुलाई निरन्तरता दिनको लागि अन्तरिम आदेशको माग गरेका छन्।शाक्यलाई उनकै आग्रहमा सम्मानजनक रुपमा जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गरेको थियो। खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने क
बिर्तामाेड / उदयपुरको त्रियुगा नगरपालिका –६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्यामा संलग्न दुइ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।कृशलाको हत्यामा संलग्न सप्तरी सुरुङ्गा नगरपालिका –१ का २७ वर्षीय उचित सदा र २३ वर्षीय विशे सदालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो । गत साउन १३ गतेबाट परिवारसँग सम्पर्क बिहिन भएकी कृशलाको शव १९ गते त्रियुगा नगरपालिका –६ स्थित रातमाटे खोलाको किनारमा फेला परेको थियो । प्रारम्भिक बयानमा दुवै अभियुक्तले कृशलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले
झापा / जिल्ला कोभिड व्यवस्थापन केन्द्र झापाको बैठकले भदौ १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म बजार र यातायात खुल्ला गर्ने निर्णय गरेको हो ।अत्याधिक भीड हुने खाद्यान्न लगायतका पसल भने बिहान ६ बजे देखि १० बजेसम्म मात्र खुल्ला गर्न दिने बैठकले निर्णय गरेको छ ।निषेधाज्ञा खुकुलो बनाउने निर्णय गर्दै बैठकले सर्वसाधारण तथा व्यवसायीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ अपनाउन आग्रह गरेको छ ।स्वास्थ्य मापदण्ड पालना नगर्ने र स्थानीय प्रशासनको नियम उल्लंघन गर्नेमाथि कडा कारवाही गर्ने बैठकले निर्णय पनि गरेको छ ।
रौतहट / प्रतिबन्धित भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह रहेका छन् ।साहलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले गौर नगरपालिका –५ मेन चौकबाट पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
इटहरी / सुनसरीको इटहरी नगरपालिका –१७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका –४ घर भएका र हाल इटहरीको लबिपुरमा बस्ने ४० वर्षीय राम कुमार लिम्बू रहेका छन् । आइतबार बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल इटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो ।
बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका –७ सिमल चौकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका घर भई हाल कन्काई नगरपालिका –८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगर रहेकी छिन् । आइतबार राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी स्कुटी चालक बाह्रदशी गाउँपालिका –७ की २८ वर्षीया प्रमिता कार्की र पछाडि सवार सरस्वती घाईते भएका थिए । उनीहरूलाई उपचारको लागी बीएन्डसी अस्पतालमा पुर्याउन सा
विराटनगर / डाका मुद्दाका फरार प्रतिवादी एक जनालाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर हो ।विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना आदेश गरेको थियो । यसैगरी धनकुटा जिल्ला अदालतले नै २०६२ असोज ११ गतेको फैसलाले ९ वर्ष कैद एक लाख ५५ हजार ५५० रुपैयाँ जरिवाना आदेश गरेको थियो ।उनी विरुद्ध दुई वटा डाका मुद्दामा कुल १५ वर्ष कैद र दुई लाख पाँच सय पचास जरिवाना ठहर भएपछि फरार भएका थिए । विश्वकर्मालाई १६ वर्षपछि प्रहरीले गत साउन २९ गते मोरङ मिक्लाजुङ टाँडीबाट पक्र
काठमाडौं//अफगानिस्तानमा नेपाली श्रमिक पठाउने मेनपावर कम्पनीलाई बैदेशिक रोजगार विभागले बोलाएको छ। रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि भोलि (सोमबार) मेनपावर कम्पनीहरुलाई बोलाएको हो ।अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरु छन् भन्ने बारेमा जानकारी लिन ,यकिन विवरण जानकारीमा राख्न तथा उद्दारका लागि पहल गर्न मेनपावर कम्पनीहरुलाई विवरणसहित बोलाएको बताइएको छ । यस्तो गर्दा उनीहरुको उद्दार गर्न सहज हुने जनाइएको छ। यता विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।विदेशी सैनिक फिर्ता हुन थालेपछि अफगानिस्तानमा विद्रोही संगठन तालिवानले विभिन्न
मोरङ//मोरङमा भएको ग्याङ फाइट हत्याका मुख्य अभियुक्त ११ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरी रहेका छन्।बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा ग्याङ फाइट हत्याको घटनापछि फरार भएका चौधरीलाई मोरङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले लामो समयपछि पक्राउ गरेको हो। उनि दुहबीमा बस्दै आएका थिए। सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीमा पक्राउ गरि उनलाई मोरङ अदालतमा पठाएको मोरङ प्रहरी प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी गराएका छन्। अदालतमा चौधरीको बयान र थुनछेक बहस सकिएपछि अदालतले आदेश गर्ने उनले बताएका छन्। गत भदौ १२ गते भएको ग्याङ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.