समाचार

    Showing 24,131-24,140 of 25,292 items.
  • बैकिङ कसुर मुद्दामा एक महिला पक्राउ

    बिर्तामोड / बैंकिङ कसुर मुद्दामा सजाय फैसला भएको एक महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत बिराटनगरको इलाम इजलासले कैद तथा जरिवाना फैसला गरेका बिर्तामोड नगरपालिका –९ की गायत्री भंगडलाई प्रहरीले पक्राउ गरेको हो ।२०७६ पुषमा भंगडबिरुद्ध अदालतले बैंकिङ कसुर मुद्दामा फैसला गर्दै ११ दिन कैद र ८ लाख जरिवाना असुल गर्न फैसला गरेको थियो । सोही समयमा पक्राउ परेकी भंगडले ११ दिन न्यायिक हिरासतमा बसेर ५० हजार रुपैयाँ धरौटीमा रिहा भएकी थिइन् ।कैद सजाय भुक्तान गरेको भएपनि उनले अदालत साउन २५ गते (आज) को आदेश बमोजिमको रकम बुझाउन नसकेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।कानुन अनुसार भंगडले अब जरिवाना

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 232 पटक पढिएको
  • गाँजा सहित सिटी सफारी चालक पक्राउ

    बेलबारी  / मोरङको सुन्दरहरैचा नगरपालिका –७ बाट गाँजा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा शहिद भूमि गाउँपालिका –५ घर भई हाल सुन्दरहरैचा नगरपालिका –५ मा डेरा गरेर बस्ने २४ वर्षीय ईमान राई रहेका छन् । आज (सोमबार) दिउँसो साढे ३ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जाँदै गरेको  को १ ह ७९८५ नम्बरको सिटी सफारी चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो । प्रहरीले राईको साथबाट ७ केजी ९८४ ग्राम गाजा बरामद गरिएको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 256 पटक पढिएको
  • नेपाल टेलिकमको एसइई अफर सार्वजनिक

    काठमाडौँ / नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई एसइई अफर सार्वजनिक गरेको छ । टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो ।टेलिकमले पुरानो तथा नयाँ सिममा ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल ३० जीबी), १० मिनेट कल (टेलिकम–टेलिकम कुरा गर्न कूल ३०० मिनेट) र १० एसएमएस (कूल ३०० एसएमएस) प्राप्त हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिएका छन् ।उनका अनुसार अफर भएको नयाँ सिममा ‘बोनस अन रिचार्ज प्याकेज’ समेत उपलब्ध हुनेछ । उक्त अफरमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउ

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 183 पटक पढिएको
  • घर बनाउने क्रममा लडेर एकको मृत्यु, एक घाईते

    धरान / सुनसरीमा घर बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा इनरुवा नगरपालिका –१० जल्पापुरका ३७ वर्षीय इशादिल अंसारी रहेका छन् ।  अंसारीको सोमबार दिउँसो १ बजे कोशी गाउपालिका –५ कुम्याईका मलसुहुदिन मियाको घर बनाउने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो । सोही घटनामा देवानगन्ज गाउपालिका –३ का २४ वर्षीय सतार अंसारी घाईते भएका छन् । घाइते सतारको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 184 पटक पढिएको
  • विद्युत् प्राधिकरणमा कुलमानलाई ल्याउने प्रस्ताव मन्त्रिपरिषद्‍मा

    काठमाडौँ / सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: ल्याउने तयारी गरेको छ ।आज बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जा मन्त्रालयले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउने प्रस्ताव लैजाने तयारी भएको हो । स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी रहेको छ ।शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको, लोडसेडिङ बढ्दै गएको र प्राधिकरणको व्यवस्थापकीय क्षमता पनि कमजोर भएको भन्दै ऊर्जामन्त्री भुसालले उनलाई राजीनामा दिन अप्रत्यक्ष रूपमा अनुरोध गरेकी थिइन् ।  

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 118 पटक पढिएको
  • बिरिङ खोलाको किनारमा शव फेला

    शरणामती / झापा गाउँपालिका-५ पन्थापाडा स्थित बिरिङ खोलाको किनारमा बेवारिसे शव फेला परेको छ ।आइतबार राती ८.३० बजे अन्दाजी ३५ वर्षीय युवाको शव फेला परेको र शवको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय कुमरखोदले जानकारी गराएको छ।प्रहरीका अनुसार शवको डिएनए परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। पहिचान खुल्न नसकेकाले आवश्यक थप अनुसन्धानका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 3,826 पटक पढिएको
  • महासङ्घले एक करोडको कल्याण कोष बनाउने

    विराटनगर / नेपाल पत्रकार महासङ्घ १ नं प्रदेशले एक करोड रुपैयाँको अक्षयकोष राखेर पत्रकार कल्याणकोष स्थापना गर्ने निर्णय गरेको छ ।आइतबार बसेको महासङ्घ १ नं प्रदेश समितिको बैठकले कुनै पनि महामारी, अन्य विपद् र पत्रकारका समस्यामा परिचालन गर्ने गरी एक करोड रुपैयाँको ‘पत्रकार कल्याण कोष’ बनाउने निर्णय गरेको छ ।    प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरेको अध्यक्षता र महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा बैठकले सो निर्णय गरेको हो । कोरोनाका कारण प्रदेशमा चार पत्रकारको मृत्यु भएको र एक सय २५ जना सङ्क्रमित भएको विवरण महासङ्घमा रहेको जानकारी गराइएको छ ।बैठकल

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 95 पटक पढिएको
  • अपडेट : अस्पतालमा बन्धक बनेका शिशुको उद्धार

    झापा / उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बनेका मेचीनगर १० खयरडाँगीका चार महिने शिशु सुहाना चौधरीलाई उद्धार गरीएको छ । चौधरीको आन्द्रा दोब्रिएर पेट फुलेका कारण साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पताल लगिएको थियो । अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ । बिर्तामोडका केही निजी अस्पतालले बच्चालाई राख्ने आइसियु कक्षा नभएको भन्दै शिशुलाई फर्काइदिएपछि बिएन्डसी अस्पताल लगिएको थियो ।सिलिगुडीको अस्पतालले उपचारमा लागेको रु छ लाख ८०० भुक्तानी नगरेसम्म बच्चा लैजान न

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 160 पटक पढिएको
  • बिर्तामोडमा एक युवकको शंकास्पद मृत्यु

    बिर्तामोड / झापाको बिर्तामोडमा एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका –५ घर भइ हाल बिर्तामोड नगरपालिका –४ बस्ने अन्दाजी २५ वर्षीय रोहित लिम्बू रहेका छन् । बिर्तामोडस्थित पश्चिम बस स्टेन्ड छेउमा कोठाभाडा लिएर बस्दै आएका लिम्बू सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । लिम्बुको शरीर रगतले पोतिएको र घटना स्थलमा हम्मर भेटिएकाले घटना शंकास्पद रहेको स्थानीयको भनाइ छ ।लिम्बुको सव पोस्टमार्टमका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 1,959 पटक पढिएको
  • तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

    दार्चुला / महाकाली नदीमा साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको शव ड्रोन क्यामरा मार्फत खोजी गर्ने तयारी भएको छ । सरकारद्वारा गठित छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन मार्फत धामीको शव खोजी गरिने जानकारी दिएका छन् ।धामी बेपत्ता भएको दिनदेखि नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका छन् ।सशस्त्र प्रहरीले बाइनाकुलर लगायतका सामग्रीको प्रयोग गर्दै नदी छेउछाउमा शव खोज्ने काम गरिरहेको सशस्त्र प्रहरी बल नम्बर ४४ का गणपति प्रहरी उपरीक्षक नरेन्द्र बमले जानकारी दिएका छन् ।गत शुक्रबार पीडितक

    • प्रकाशित मितिः साउन २५, २०७८
    • 109 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.